-->
राजधानीमा पनि छैटो अनुसूची दिवस पालन

राजधानीमा पनि छैटो अनुसूची दिवस पालन

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली, 7 दिसम्बर । स्व घिसिंङको सपनालाई साकार बनाउनको निम्ति दिल्लीका गोरामुमो समर्थकहरुले गत मंगलबार बेलुकी छैटौ अनुसूची दिवस पालन गर्दै दिल्लीको बसन्त गाँउमा पहाड़लाई छैटो अनुसूचि अंतर्गत गाभ्ने माग गर्दै एउटा सभाको आयोजन गरे। छैटौ अनुसूचिले मात्र पहाड़का जनताको हित हुने समर्थनमा उक्त सभाको आयोजन गरिएको थियो । 
उक्त सभामा दिल्लीका गोरामुमो पार्टी अध्यक्ष प्रणय प्रधानले भने कि पहाड़मा छैटौ अनुसूचि लागु गर्न 2005मा एक त्रिपक्षिय हस्ताक्षर गरिएको थियो त्यसलाई चाँड़ो भन्दा चाँड़ो लागु गराउनू पर्छ। आजको सभामा दिल्लीको गुड़गाँउ, निजामुद्दिन, हरियाणा, कोटला, मुनिरका लगायत दिल्लीको एनसिआरदेखी गोरामुमो समर्थकहरु छैटौ अनूसुचिको समर्थनमा उपस्थित भएका थिए । 
सभामा प्रणय प्रधान, बिसाल लामा, राम लामा, अमरदिप राई, जिएनडब्लुओका अनु तामंग, मन्जु राई, निसा तामंग, लगायत गोरामुमो समर्थकहरु उपस्थित थिए। गोरामुमो दिल्ली शाखाले यही मागमा केन्द्र सरकारलाई एक् ज्ञापन टक्राउने भएको अध्यक्ष प्रणय प्रधानले सभामा जनाए।
गोर्खाहरूको उनमुक्ति र विकाशको निम्ति गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सुभाष घिसिङले 6 दिसम्बर 2005को दिन दिल्लीमा गोर्खा जातिलाई जन जातिको दर्जा दिन छैटौ अनुसूचीको मागमा भारत सरकारस्ंग एक सम्झौता अनुसार हस्ताक्षर गरेका थिए।। तर दार्जीलिंगको भू भाग छैटौ अनुसूची अंतर्गत पर्नुहुदैन, गोर्खाहरु जनजाति हुदै होइनन भन्ने राजनैतक विरोध गोरामुमोले त्यसचोटि सामना गर्नुपर्यो। 
एकातिर सरकारले त्यसलाई कार्यान्वयन गर्न ढिल्याइरहेको समय अर्कोतिर पहाड़ छैटौ अनुसूची अंतर्गत पर्नुहुदैन, गोर्खाहरु जनजाति हुदै होइनन भन्ने राजनैतक विरोध गोरामुमोले त्यसचोटि सामना गर्नुपर्यो। 
छैटौ अनुसूची अनि गोरामुमोको विरोधितामा पहाडका राजनैतिक नेताहरु एक भएको प्रतिफलनै पहाड़मा गोजमुमोको जन्म 7 अक्टुबर 2007 मा भएको हो। 
समयकालमा छैटौ अनुसुचिलाई नै रद्ध गर्न पहाड़ एकजुट भएर गोरामुमोका अध्यक्ष अनि दागोपापका प्राशासक सुभाष घिसिङलाई गोरामुमोसंगै पहाड़देखी लखेटेर मधेस पठाएका थिए। तराई क्षेत्रमा रहदा रहदै स्व घिसीङ् बितेका थिए । त्यसपछि तिनका पूत्र मन घिसीङ्को नेतृत्वमा गोरामुमोको पुनजागरण भयो। वर्तमानमा गोरामुमो समर्थकहरुले पहिले विरोध गरिएको छैटो अनुसूचिलाई पून स्थापन गर्ने माग गरिरहेका छन। 

Related Posts

0 Response to "राजधानीमा पनि छैटो अनुसूची दिवस पालन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.