-->
नोटबन्दीको बिरोधमा तृणमूलको प्रतिवाद जुलुस

नोटबन्दीको बिरोधमा तृणमूलको प्रतिवाद जुलुस

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 2 दिसम्बर। ‘नोटबन्दीले अम्बानी, अडानीलाई फरक परेको छैन। यसले समस्या भएको छ भने देशको गरीब जनतालाई भएको छ’ उक्त कुरा दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसका सचिव बिन्नी शर्माले भनेका हुन्। 
दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसले दोस्रोचोटी कालेबुङ शहरमा जुलुस निकालेर नोटबन्दीको जोडदार विरोध गर्दै पथसभाको आयोजना गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको पनि जोडदार आलोचना गरेको थियो। यसक्रममा दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसका समर्थहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले 5 सय अनि एक हजारको नोटबन्दीले साधारण जनतालाई समस्या सिर्जना भएको भन्दै नाराबाजी गरेर विरोध गरेका थिए। कालेबुङको थानाडाँडाबाट नोटबन्धीको विरोधमा निस्केको उक्त जुलुसले शहर परिक्रमा गरेपछि डम्बर चौकमा आइपुगेर पथसभामा परिणत भएको थियो। 
जुलुसपछि सम्पन्न भएको पथसभालाई दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसका महासचिव बिन्नी शर्मा, कार्यकारी अध्यक्ष छेवाङ भोटिया, शिखा राई आदिले सम्बोधन गर्दै नोटबन्दीको जोडदार विरोध गर्नका साथै सरकारको नीतिले साधारण जनता समस्यामा परेको दाबी गर्दै केन्द्र सरकारको जोडदार आलोचना गरिएको थियो। 
यसक्रममा दार्जीलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसका सचिव बिन्नी शर्माले नोटबन्दीले धनाढ्य मानिसहरूलाई होइन तर गरीब जनतालाई समस्या सिर्जना भएको आरोप लगाएका छन्। पथसभालाई सम्बोधन गर्ने क्रममा बिन्नी शर्माले कालेबुङ जिल्ला गठनको निम्ति कोलकोता उच्च न्यायलयले स्वीकृती दिएको बताउँदै मुख्यमन्त्री ममता ब्यानर्जीलाई आभार प्रकट गर्दै कालेबुङका जनतालाई बधाई दिएका थिए। 
‘मुख्यमन्त्री ममता ब्यानर्जीले जे भन्नुहुन्छ त्यहीँ गर्छिन्। कालेबुङ जिल्ला दिने भन्नु भयो अनि गठन गरिदिइन्। गोजमुमो नेताहरूले जस्तो जनतालाई एकपछि अर्को तारिक मुख्यमन्त्रीले तोकेर धोका दिनुहुन्न’ बिन्नी शर्माले भने। उनले प्रधानमन्त्री मोदीले कालोधन र आतङ्कबादलाई समाप्त गर्न नोटबन्दी गरेको बताए पनि आजसम्म धनाढ्य व्याक्ति र आतङ्ककारीहरूले बैंकमा पैसा जमा नगरेको दाबी गर्दै यो केन्द्र सरकारको गरीब मार्ने नीति हो भने। ‘आज चियाकमानका श्रमिकहरूले आफ्नो वेतन पाएका छैनन्। यो समस्याबारे विदेश मात्र घुम्ने प्रधानमन्त्रीले बुझ्नपर्छ’ बिन्नी शर्माले भने।

Related Posts

0 Response to "नोटबन्दीको बिरोधमा तृणमूलको प्रतिवाद जुलुस"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.