
ईसाईहरुको निम्ति राज्य स्तरिय छुट्टै कल्याण बोर्ड बनिने
![]() |
ACMA delegation with Prof. Maria Fernandez, Vice Chairperson WB Minority Commission |
कालिमन्युज, कालेबुङ, 23 दिसम्बर 2016: पहाड अनि मधेशका ईसाईहरुको कल्याण अनि विकाशको निम्ति राज्य सरकारले छुट्टै राज्य स्तरिय कल्याण बोर्ड गठन गर्ने शुभ सन्देशलाई ईसाईहरुले स्वागत जनाउँदै राज्य सरकारप्रति कृतज्ञता प्रकट् गरेका छन। भर्खरै पहाड भ्रमणको समय कालेबुङ आएकी राज्य माइनरिटी कमिशनका उपाध्यक्ष प्रो मरिया फर्नान्डेजले उक्त जानकारी नवगठित अल क्रिश्चियन माइनरिटी एसोसिएशन (एसीएमए)लाई दिएकी थिइन।
एसीएमएको एक् टोलीले यसको कोअर्डिनेटर ज्योतिमा सुब्बाको नेतृत्वमा माइनरिटी कमिशनका उपाध्यक्ष प्रो मरिया फर्नान्डेजलाई भेटेर् नव गठित समितिको नामबारे जानकारी दिदै अब उसो राज्य सरकार अनि कमिशनसंग यसै समितिमार्फत सम्पर्क गर्ने अनि आवश्यक कार्यक्रम राख्दै जानेबारे बतायो।
स्मरणीय छ, वृहत्तर र अझ मजबुत एकिकृत संगठन गठन गर्ने उद्धेश्य लिएर यसै हप्ता एक सभा युसीएमएसका अध्यक्ष रेभ जेम्स पावल सादा लेप्चाको सभापतित्वमा कालेबुंगको केकेवाइएस हलमा आयोजन गरिएको थियो।
दार्जीलिंग पहाड र तराईमा संगठित विभिन्न सम्प्रदाय मण्डलीका प्रतिनिधिहरुको सहमतिमा महकुमा र जिल्ला स्तरिय ईसाई माइनरिटी संगठनहरु क्रमैले दार्जीलिंग युनाइटेड क्रिश्चियन माइनरिटी एसोसिएसन (डीयुसीएमएस), युनाइटेड क्रिश्चियन माइनरिटी एसोसिएसन (युसीएमएस), युनाइटेड क्रिश्चियन माइनरिटी अर्गनाइजेशन (युसीएमओ) अनि अल क्रिश्चियन हिल माइनरिटी एसोसिएसन (एसीएचएम्ए) जस्ता संगठनहरु एकै मंचमा आएर एकिकृत एपेक्स बडी गठन गरिएको थियो ।
डीयुसीएमएस, युसीएमएस, युसीएमओ, अनि एसीएचएम्एद्वारा गठन गरिएको एकिकृत बडीलाई यस दिनको सभाले अल क्रिश्चियन माइनरिटी एसोसिएशन नामाकरण गर्यो। उक्त समितिमा को-अर्डिनेटर ज्योतिमा सुब्बा तथा सदस्यहरुमा रमेश नेचाली र् दिपक लेप्चा (डीसीयुएमएस), के के राई (युसीएमएस), सचिन राई (युसीएमओ), अतेन्द्र सुब्बा अनि लाजिका फनिङ (एसीएचएमए) रहेका छन।
फरवरी 2017 सम्म कार्यकालरहेको यो तदर्थ समितिमा थप सदस्यहरु अनि अन्य ईसाई संगठनहरुलाई यसै मुनि गाभेर मजबुत स्ंगठन गठन गर्ने प्रस्तावना पारित भएकोछ। स्मरण गराइन्छ फरवरी 2017 सम्म कार्यकाल रहेको यो तदर्थ समितिले यही समय भित्रनै वृहत्तर अनि स्थायी समिति पनि बनाउने निर्णय लिएकोछ।
सभामा राज्यको माइनरिटी कमिशन अंतर्गत रहने उक्त प्रस्तावित कल्याण बोर्डको निम्ति कसैलाई पनि आजसम्म मनोनित नगरिएको र केहि अघि यस्तै आशयको प्रकाशित खबर निराधार रहेकोबारे समबन्धित व्यक्ति र संस्थाहरुले स्पष्टिकरण दिए।
पहाड अनि तराइका विभिन्न ईसाई सम्प्रदायका मण्डलीहरुद्वारा गठन गरिएको आ आफ्नो माइनरिटी संस्थाहरुलाई यथावत राख्दै वृहत्तर महासंघ अल क्रिश्चियन माइनरिटी एसोसिएशन गठन गरिसकेको अनि राज्य सरकारले यससंग सम्पर्क गरिसकेको कोअर्डिनेटर सुब्बाले सभामा जनाइन । सभामा उपस्थित अन्य पास्टरहरुमा पा शाकोम लेप्चा, पा सलोमोन लेप्चा अनि सोनादा र टिस्टाका पास्टरहरु तथा अन्य सदस्यहरु थिए।
यसै महासंघ मार्फत ईसाई कल्याण्, अधिकार, सुरक्षाको निम्ति कार्य गर्दै एउटै मंच मार्फत देश र समाजको निम्ति पनि उल्लेखनिय भूमिका निभाउन सबै संगठनहरु सहमत भएका छन। ईसाईहरुले यसलाई राज्य सरकारद्वारा दिइएको ख्रीष्टमसको उपहार सम्झेका छन अनि सरकारप्रति कृतज्ञता प्रकट गरेका छन।
0 Response to "ईसाईहरुको निम्ति राज्य स्तरिय छुट्टै कल्याण बोर्ड बनिने "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.