-->
दिल्लीमा गोजमुमोको पाँचदिने धरना  आरम्भ

दिल्लीमा गोजमुमोको पाँचदिने धरना आरम्भ

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली, 12 दिसम्बर । भारतीय संसदको संसद सत्रको समय् गोजमुमोले 5 दिने धरना प्रदशन जन्तर मन्तरको प्रांगणमा आजदेखि प्रारम्भ गरेकोछ। । देशको राजधानीमा आयोजन भैरहेको धरनामा अंश ग्रहण गर्नगोजमुमो महासचिव रोसन गिरी, प्रचार प्रसार अनि सुचना विभागका सभासद बिनय तांमाग, डेपुटी चेयरम्यान लोपसांग लामा, जिटिए सल्लाहकार् स्वराज थापा आदिको उपस्थिति थियो । 
आजको यस धरनामा अंशग्रहण गर्न पहाड़का बिभिन्न प्रान्तदेखी गोजमुमो पार्टी समर्थकहरु उपस्थित् थिए। गोजमुमो महासचिव रोशन गिरीले पत्रकारहरुसंग कुराकानी गर्दै भने कि दिल्लीमा यसपाली भइ रहेको धरनाले कुनै राम्रो कार्य हुने संकेत देखीएको छ जसको निम्ति पहाड़का सांसदले गोर्खाको हितमा काम गरिरहेका छन। प्रत्येक वर्षनै गोजमुमोले दिल्लीमा गोर्खाल्याण्ड्को मागमा आवाज उठाउने प्रदर्शन गर्ने गरिरहेको छ । यस सालको धरनाले पहाड़को जनताको हितमा कुनै नँया बाटो स्थापना हुने सम्भावना रहेको अनि केन्द्र सरकारले गोर्खाको आवाजलाई सुनवाइ गर्ने आशा रहेको छ । 
तिनले भने आज यस समयमा गोर्खाहरु एक भएर आवाज उठाउन परेकोछ । जापले दिल्लीमा आएर गोर्खाको आवाज बिथोलने काम गोर्खाको आवाजलाई दवाउने प्रयास जापले गर्न लागिरहेको छ ।
असमको अल बोरो स्टुडेन्ट युनियन एवं नेशनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड (पी)का अध्यक्ष प्रमोद बोरोले आफ्नो भाषणमा भने कि भाजपाले गोर्खा अनि बोड़ोजातिको आवाजलाई कुनै महत्व दिएको छैन जसको उत्तर आउँदो 2019को चुनाउमा दिने समय आएको छ । यसको निम्ति गोर्खाको जनसमर्थनको प्रदर्शन दिल्लीमा गरिरहेको छ । पहाड़देखी दिल्लीमा आएर गोर्खाहरुले जुन माग गरिरहेका छन त्यो केन्द्र सरकारले अब सुन्नु पर्छ अनि कुनै कदम उठाउनुनै पर्छ भनि जोड़ दिए । 
बोडोल्याण्डको माग गर्दै अल बोरो स्टुडेन्ट युनियन एवं नेशनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड (पी)का समर्थकहरूले पनि आजैदेखि जन्तर- मन्तरमा 3 दिने धरना कार्यक्रम शुरू गरेका छन् । 
 आजको सभामा सभासद डा आरबी भूजेले भने कि कालेबुङ जिल्लाको माग गर्यो अनि कालेबुङ जिल्ला भयो भने अलग राज्यको मांगको निम्ति ठूलो थपबल पुगने छ भनि आजको पहिलो धरनाको दिनको आफ्नो प्रतिक्रया दिए । आजको धरनामा सभासदहरु, नगरपालिकाका नगर पार्षद/ पार्षदिका, विधायक, नारी मोर्चा, विध्यार्थी मोर्चाका प्रतिनिधीहरुले भाग लिए।, अधरनामाल असम गोरखा स्टुडेन्ट, दिल्ली, हरीयाणा, उत्तरखण्ड, आदि स्थानका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए।

Related Posts

0 Response to "दिल्लीमा गोजमुमोको पाँचदिने धरना आरम्भ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.