-->
1950 सन्धि संंसोधन साथै सिमा सुरक्षाको निम्ति नेपालको पहल- राजदुत- दिप कुमार उपाध्याय

1950 सन्धि संंसोधन साथै सिमा सुरक्षाको निम्ति नेपालको पहल- राजदुत- दिप कुमार उपाध्याय

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 25 दिसम्बर । भारत भरि छरिएर बसेका गोर्खाहरुको सुरक्षा र तमा भारत सरकारले आहिले घडी भारत सरकारले कस्तो पहल गरि रहेको छ भन्ने प्रश्नको जवाफमा नेपालका राजदुत दिप कुमार उपाध्यायले दुई देशको आपसी सम्बन्धमा सुधार ल्याउन दुवै देश माझ वार्ता चलिरहेको बताए । 
तिनलाई भारत नेपाल दुई देश माझको 1950 सन्धिलाई रुपांंतरण गर्नू पर्नेबारे प्रश्न गर्दा तिनले भने यस सन्धिमा ल्याइनु पर्ने आवश्यक परिवर्तनको निम्ति दुवै देशका चार–चार प्रतिनिधिहरु माझ वार्ता चलिरहेको छ । अब आउदो दिनमा पोखरामा वार्ता हुनेभएकोछ त्यसपछि यो वार्ता भारतमा हुनेछ । यस वार्ताले भारतमा बस्ने नेपाली नागरीकहरुलाई एउटा नयाँ मोड़ दिन सक्षम हुनेछ । यस वार्तामा कस्ता कस्ता बिषयलाई परिवर्तन गर्नु पर्ने त्यसको निम्ति सुझाउ आउन पर्ने बारे तिनले जनाए। 
तिनले यसै क्रममा भने कि भारत सरकारले गत 8 दिसम्बर देखी 500-1000 नोट चलन बन्द गरेको घोषणाले नेपालको ब्यापारीहरुलाई धेरै असर परेको जनाए । तिनले भने कि नेपालमा धेरै भारतीय नागरिकहरु व्यापारमा संलग्न छन् । नेपालमा 500 अनि 1000 को नोट धेरै भएको र सो बद्ली गर्नु पर्ने भएको कारण भारत सरकारले सो गर्न सहायता गरिदिने आशवासन दिएको र यसको निम्ति दुवै देशमाझ बातचित भैरहेको पनि तिनले बताए । दुई देशको आपसी सम्बन्ध विषयमा नेपालको आर्थिक स्थिति बड़ोत्तरी गर्ने यस बिषय लिएर दुवै देशमाझ योजना पूर्वक कार्य भइरहेको तिनले जनाए। तिनले भने कि भारतमा बस्ने नेपाली नागरिकहरुको सुरक्षा अनि सहायताको निम्ति भारत सरकारले काम गरिरहेको छ, दिल्लीमा बसो बासो गर्ने नेपाली नागरिकहरुको सुरक्षाको निम्ति नेपाल सरकारले भारत समक्ष सहायता मागेको कारण भारत सरकारले मदत पुर्याइरहेको छ भनि जानकारी गराए । 
नेपालमा अहिले घरि सविधान संसोधन माथी धेरै चर्चा भइ रहेको छ भने अर्कोतिर नेपालमा शान्ति बहालिको निम्ति पनि बातचित भैरहेको छ । अर्कोतिर भारत सरकारले नेपालसंग मिलेर नेपालसम्मको रेल मार्ग स्थापित गर्ने योजनाबारे पनि बातचित बातचित भैरहेकोछ । नेपाली यूवतीहरु कुतत्वहरुको हातमा परेर मानव तशकरीको शिकार भएको माथी पनि नेपाल सरकारले बात चित गरिरहेको छ भनि राजदुत श्री उपाध्यायले जनाएका छन् । यस्तै प्रकारले नेपालको सिमा क्षेत्रको बिषयलाई लिएर पनि नेपाल सरकारले भारत सरकार समक्ष बातचित गरि रहेको छ अनि नेपालको दार्जीलिंग, रकसोल, उत्तर प्रदेश क्षेत्रको नेपाल सिमा क्षेत्रको बिषयमा दुवै देशको माझ आहिले बातचित चलिरहेको छ।

Related Posts

0 Response to "1950 सन्धि संंसोधन साथै सिमा सुरक्षाको निम्ति नेपालको पहल- राजदुत- दिप कुमार उपाध्याय"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.