-->
पञ्चायत चुनावको श्रेय लियो कृषक कल्याण सङ्गठनले ......मोर्चाले विरोधको निम्ति मात्र विरोध गर्न हुँदैन – विष्णु छेत्री

पञ्चायत चुनावको श्रेय लियो कृषक कल्याण सङ्गठनले ......मोर्चाले विरोधको निम्ति मात्र विरोध गर्न हुँदैन – विष्णु छेत्री

डी.के.वाइबा, कालिमन्यूज, कालेबुङ, 8 नोभेम्बर। ग्राम पञ्चायत अनि पञ्चायत समितिको चुनावलाई लिएर दार्जिलिङ जिल्लापालले आधिकारिक प्रक्रिया सुरू गरेको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मिरिकको जनसभाबाट दार्जिलिङ पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव बाहेक दुई स्तरीय पञ्चायत चुनाव गर्न नदिने चेतावनी दिएको हप्ता दिन समेत बित्न नपाई राज्य सरकारले दुई स्तरीय पञ्चायत चुनावको आधिकारिक प्रक्रिया जिल्लापाल मार्फत सुरु गरेको छ। 
दार्जिलिङ जिल्लापालले पहाडमा डावाडोल अवस्थामा रहेको पञ्चायत चुनाव गराउनका निम्ति पहल सुरु गर्दै आधिकारिक प्रक्रिया आरम्भ गरेर सोमबार निर्देश जारी गरेको छ। दुई स्तरीय पञ्चायत चुनाव गराउनका निम्ति दार्जिलिङ जिल्लापालले निर्देश जारी गरेपछि आज कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले पत्रकार सम्मेलन आयोजना गरेर उक्त दुई स्तरीय पञ्चायत चुनाव कालेबुङ कृषक कल्याण सङ्गठनको पहलमा हुन लागेको दाबी गरेका छन्। 
सङ्गठनले पञ्चायत चुनाव गराउने माग गर्दै कोलकोता उच्च न्यायलयमा मुद्दा दर्ता गरेको कारण नै सरकारले पहाडमा दुई स्तरीय पञ्चायत चुनाव गराउने आधिकारिक प्रक्रिया आरम्भ गरेको दाबी गरेका छन्। ‘कालेबुङ कृषक कल्याण सङ्गठनले पञ्चायत चुनाव गराउनुपर्ने मागमा कोलकोता उच्च न्यायलयमा जनहित याचिका दर्ता गरेका थियौँ। त्यहीँ जनहित याचिका माथि सुनवाई गर्दै न्यायलयले पहाडमा पञ्चायत चुनाव मार्च महिना भित्रमा गराउनुपर्ने निर्देश दिएको छ। त्यसैको आधारमा सरकराले पहल गरेर पञ्चायत चुनाव गराउनलाई आदेश जारी गरेको हो’ विष्णु छेत्रीले भने। 
अर्कोतर्फ जीटीए प्रमुख एवम् गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव बाहेक दुई स्तरीय पञ्चायत चुनाव गराउँन दिनेछुइन भन्ने मिरिकको जनसभाबाट दिएको बयानबारे कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले प्रतिक्रिया व्यक्त गर्दै अहिलेको परिस्थितिमा पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव सम्भव नरहेको दाबी गरेका छन्। 
‘पहाडमा अहिले दुई स्तरीय पञ्चायत मात्रै सम्भव छ। यदि पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव गरे सिलगडी महकुमा दार्जिलिङ जिल्लाबाट सधैँलाई चुडिएर जानेछ। हामी सिलगडी महकुमा सँगै मिलाएर त्रीस्तरीय पञ्चायत चुनाव गराउँछ भने स्वागत गर्छौँ नत्र पहाडमा मात्रै त्रीस्तरीय पञ्चायत चुनाव गराउनका निम्ति विरोध गर्छ भने हामी पनि विरोध गर्न सडकमा उत्रनेछौँ’ विष्णु छेत्रीले भने। ‘विरोधको निम्ति मात्रै विरोध हामी सहन गर्दैनौँ’ छेत्रीले अझ भने। 
यसैक्रममा उनले केहि महिना अघि जीटीएलाई राज्य सरकारले दिएको चार हजार करोड रूपियाको विवादलाई लिएर कालेबुङ कृषक कल्याण सङ्गठनले राज्य सरकार अनि जिटिएले हिसाब सार्बजनिक गर्नुपर्ने माग गरेको छ। उक्त विवाद पैसाको हिसाबबारे सरकारले आगामी 15 दिनभित्र एउटा न्यायिक जाँच कमिटि गठन गरेर जाँच गर्नु पर्ने माग गर्दै यदि हिसाब सार्वजनिक नगरे कालेबुङ कृषक कल्याण सङ्गठनले सर्वोच्च न्यायलयमा जनहित याचिका मुद्दा दर्ता गर्ने चेतावनी विष्णु छेत्रीले दिएका छन् ।

Related Posts

0 Response to "पञ्चायत चुनावको श्रेय लियो कृषक कल्याण सङ्गठनले ......मोर्चाले विरोधको निम्ति मात्र विरोध गर्न हुँदैन – विष्णु छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.