-->
भगवान वुद्धको अस्तु दर्शन गर्नेहरूको भीड

भगवान वुद्धको अस्तु दर्शन गर्नेहरूको भीड

डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 नोभेम्बर। थाइल्याण्डबाट ल्याइपुर्याकएको भगवान् वुद्धको अस्तु आज कालेबुङको पेदोङमा स्थित साङ्गछेन् दोर्जी साक्योङ गुम्बामा जनसाधारणको निम्ति दर्शनार्थ राखिएको थियो। यस अवसरमा सिक्किम, दार्जिलिङ, कालेबुङ, भोटाङ आदि क्षेत्रबाट दर्शनार्थीहरू उक्त भगवान् बुद्धको अस्तु दर्शन गर्न धेरै मात्रामा भेला भएका थिए। 
गत शनिबार ल्याइपुर्याोएको उक्त अस्तु आज जनसाधरणका निम्ति दर्शन गर्न खुल्ला राखिएको थियो भने शनिबार भने केवल धर्मगुरू अनि म्हाणीपा संघका निम्ति खुल्ला राखिएका थिए। अल इण्डिया मोनास्ट्री एवम् बुद्ध रेलिक्स संरक्षण कनफेडेरेसनको आयोजनामा थाइल्याण्डबाट बाघडोग्रा हुँदै कालेबुङ ल्याइपुर्या्एको उक्त भगवान बुद्धको अस्तु आगामी दिनहरूमा विभिन्न स्थानहरूमा दर्शनार्थीहरूका निम्ति राखिने भएको छ। शनिबार कालेबुङ ल्याइपुर्यारएको उक्त अस्तुलाई वौद्ध मन्त्रोच्चारण सँगै विभिन्न जातिगत बाजा बजाएर भव्यताको साथ स्वागत गर्दै साङ्गछेन दोर्जी साक्योङ गुम्बामा पुर्यारइएको थियो। 
यसक्रममा अल इण्डिया मोनास्ट्री एवम् बुद्ध रेलिक्स संरक्षण कनफेडेरेसनका महासचिव आकाश लामाले भगवान् वुद्धको अस्तु अब भारतमा सधैँका निम्ति राख्नलाई ल्याइएको जानकारी दिएका छन्। कालेबुङ ल्याइपुर्याअइएको भगवान वुद्धको अस्तुलाई यहाँको अलगडाबाट भव्यताको साथमा स्वागत गर्दै साङ्गछेन दोर्जी साक्योङ गुम्बा पुर्यावइएको थियो भने गुम्बा प्रवेश पछि निर्वाण प्रापक साब्दोङ रिम्पोर्छेको स्मरण गरिएको थियो। यसक्रममा कन्फेडेरेशनका मुख्य सल्लाहकार पासाङ भोटियाले कार्यक्रमबारे जानकारी गराएका थिए। बुद्ध रत्न अवार्ड प्रापक पासाङ थेन्डुप यल्मोलाई सम्वर्द्धना पनि जनाइएको थियो। 
महासचिव आकाश लामाले महासंघको उद्देश्यबारे जानकारी गराउँदै भगवान बुद्धको अस्तु भारतमा स्थायी रूपले राख्नका निम्ति प्राप्त भएको अनि यो सम्पूर्ण वौद्ध धर्म अनुयायीहरूका निम्ति खुशीको क्षण रहेको बताए। नेपालको लुम्बीनीमा जन्मेका भगवान बुद्धले भारतमा ज्ञान प्राप्ति सङ्गै निर्वाण प्राप्त गरेको बताउँदै भारतमा नै भगवानको अस्तु भने थाइल्याण्डबाट ल्याउनु परिरहेको बताए। 
यसक्रममा उपसभापति रतन बम्जनले 2480 वर्षपछि भारतमा भगवान वुद्धको अस्तुको साक्षात दर्शन गर्ने सौभाग्य प्राप्त भएको बताए। यसबारे कन्फेडेरेशनका प्रचार प्रसार सचिव सुरेन पाख्रिनले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्।

Related Posts

0 Response to "भगवान वुद्धको अस्तु दर्शन गर्नेहरूको भीड "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.