-->
नोटबन्दिको कारण कृषकवर्गले ब्यांकको ऋण भुक्तान गर्न नसकेको गुनासो

नोटबन्दिको कारण कृषकवर्गले ब्यांकको ऋण भुक्तान गर्न नसकेको गुनासो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 नोभेम्बर। भारत सरकारले गरेको नोटबन्दीले ग्रामीण क्षेत्रका कृषकवर्गलाई सबैभन्दा धेर समस्या सिर्जना भएको दार्जीलिङ जिल्ला सहकारी ब्यांकले दाबी गरेको छ। दार्जीलिङ जिल्ला केन्दिय सहकारी ब्यांकका उपाध्यक्ष बिनोद छेत्रीले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर नोटबन्दीको कारण खेती गर्नका निम्ति दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्यांकद्वारा वितरण गरिएको ऋणको पैसा भुक्तान गर्नका निम्ति ग्रामीण कृषकवर्ग समम्यामा पर्न गएको बताएका छन्।
सहकारी ब्यांकले खेतीका निम्ति कृषकवर्गलाई करोडौँ रूपियाँको ऋण दिए पनि हाल कृषकवर्गले नोटबन्दीको कारण ऋण फिर्ता गर्न असमर्थ बनिरहेको बताएका हुन्। 
‘दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्यांकले ग्रामीण क्षेत्रका कृषकवर्गलाई अदुवाको ऋण प्रदान गरेको छ जुन ऋण भुक्तान गर्न चाहेर पनि कृषकवर्ग असमर्थ बनेका छन्। उनीहरूसित बन्द भएको पाँच सय अनि एक हजार रूपियाँको नोट भएको कारण ऋण तिर्न नसकेका हुन्। भारतीय रिजर्भ ब्यांकले सहकारी ब्यांकलाई पाँच सय अनि एकहजार रूपियाँको नोट नलिनु भनि निर्देश दिएको कारण कृषकवर्ग समस्यामा परेका हुन्’ दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी ब्यांकका उपाध्यक्ष बिनोद छेत्रीले भने। 
उक्त समस्याबारे ब्यांकको पक्षबाट क्षेत्रिय सांसद तथा केन्द्रिय राज्यमन्त्री एस.एस आहलुवालीयालाई पनि पत्राचार गरेर जानकारी गराएको बताउँदै यसबारे सम्बन्धित सरकारी अधिकारीवर्गले उचित पदक्षेप ग्रहण गर्नुपर्ने बिनोद छेत्रीले माग गरेका छन्। 
‘ग्रामीण कृषकवर्गले सहकारी ब्यांकबाट खेतीको ऋण लिने गर्छन्। उनीहरूको ब्यांक खाता पनि सहकारी ब्यांकहरूको शाखाहरूमा छ। यद्यपी सहकारी ब्यांककै खातामा पनि बन्द भएको नोट जमा गर्न नसकेपछि समस्या निकै जटिल बन्दै गएको हो। यदी यो समस्या समाधान नभए कृषकवर्ग सडकमा उत्रनुपर्ने स्थिति सिर्जना हुनेछ’ बिनोद छेत्रीले अझ भने।

Related Posts

0 Response to "नोटबन्दिको कारण कृषकवर्गले ब्यांकको ऋण भुक्तान गर्न नसकेको गुनासो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.