-->
विमल गुरुङको दिल्ली यात्रा आँखामा धुलो हाल्ने कार्य मात्र हो – विपक्षी

विमल गुरुङको दिल्ली यात्रा आँखामा धुलो हाल्ने कार्य मात्र हो – विपक्षी

डी.के.वाइबा, कालिमन्यूज, कालेबुङ 23 नोभेम्बर। गोजमुमो अध्यक्ष विमल गुरुङको दिल्ली यात्रा गोर्खाल्याण्डको नाउँमा जनताको आँखामा धुलो हाल्ने कार्य मात्रै हो भनि क्रामाकपा अनि अभागोलिले आरोप लगाएको छ ।
अभागोलि महासचिव प्रताप खाती अनि क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले गोजमुमो अध्यक्ष विमल गुरुङको दिल्ली यात्रा फलप्रद नरहेको दाबी गरेका छन्। उनीहरूको विमल गुरुङको दिल्ली यात्रा केवल जनताको आँखामा धुलो हाल्ने कार्य मात्र रहेको आरोप लगाउँदै जनतालाई ढाँट्नका निम्ति छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गर्दै दिल्ली यात्रा गरेको उनीहरूले आरोप लगाएका छन्।
अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले ‘विमल गुरुङ दिल्ली गएर गोर्खाल्याण्ड राज्य गठनको निम्ति कमिटि बनाइ माग्नु केवल आखाँमा धुलो हाल्ने काम मात्रै हो’ भने। उनको दिल्ली यात्राबाट पहाडका जनताले केहि सकारात्मक उपलब्धिको अपेक्षा राख्नु मूर्खता हुने दाबी गर्दै जनतालाई ढाँट्ने नेताहरूको व्यवहारबाट जनता परिचित रहेको पनि उनले दाबी गरेका छन्।
यसक्रममा उनले गोर्खा जनमुक्ति मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा प्रति इमान्दार नरहेको आरोप पनि लगाएका छन्। ‘केन्द्रिय राज्यमन्त्री एवम् सांसद एस.एस आहलुवालीयाले शितकालिन सत्रमा गोर्खाल्याण्डको बील संसदमा आउनेछ भनेर सरकारले स्पष्ट पारेको छैन भनि बयान दिइसकेका छन्। उनले गोर्खाल्याण्ड गठन सम्बन्धिमा सरकारले कमिटि बनाउने तय नगरेको पनि बताएपछि मोर्चा नेताहरूको बयानमा जनताले विश्वास गर्नु हुँदैन। मोर्चा नेताहरू आफै पनि इमान्दार छैन अनि मुद्दा प्रति झनै इमान्दार छैन’ प्रताप खातीले भने।
उनले दिल्ली यात्रा केवल जनतामा भ्रम सिर्जना गर्नका निम्ति रहेको दाबी गर्दै जनता सचेत बन्ने आह्वान पनि गरेका छन्।
यता क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले पनि गोजमुमो अध्यक्ष विमल गुरुङ अनि रोशन गिरीको दिल्ली यात्रा जनताको आँखामा धुलो हाल्ने कार्य हो भनि आरोप लगाए। ‘कालेबुङको मेला ग्राउण्डबाट दिल्ली मुखी आन्दोलनको घोषणा गर्नु अनि सुटुक्कै दिल्ली पुगेर गृहमन्त्रीलाई भेटेर फर्कनुको अर्थ के हुन्छ? आमरण अनशन बस्छु भन्ने विमल गुरुङले दिल्लीमा गृहमन्त्रीलाई भेटेर आमरण अन्शन बस्दिन भनेर फर्केका हुन्’ किशोर प्रधानले प्रश्न गरे।
यसक्रममा उनले गोजमुमो नेताहरूको दिल्ली यात्रा फलप्रद नरहेको दाबी गर्दै ‘मोर्चा नेताहरूले अब जनतालाई गोर्खाल्याण्डको नाउँमा ढाँट्ने कार्य गर्नुहुँदैन’ भने। उनले मोर्चा नेताहरू छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा प्रति इमान्दार नरहेको कारण नै केन्द्रमा उनीहरूको घटक दल भाजपा हुँदा हुँदै पनि संसदमा गोर्खाल्याण्डको बील ल्याउन नसक्नुले स्पष्ट बनेको बताए।

Related Posts

0 Response to "विमल गुरुङको दिल्ली यात्रा आँखामा धुलो हाल्ने कार्य मात्र हो – विपक्षी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.