-->
शीतकालीन सत्रमा गोर्खाल्याण्ड्को मुद्दाको उठान हुन नसक्ने- आहलुवालिया

शीतकालीन सत्रमा गोर्खाल्याण्ड्को मुद्दाको उठान हुन नसक्ने- आहलुवालिया

CPRM team with MP S.S. Ahluwalia
प्रेवि, कालिमन्युज, कालेबुङ, 21 नोभेम्बर: संसदको शीतकालीन सत्रमा गोर्खाल्याण्ड्को मुद्दाको उठान हुन नसक्ने दार्जीलिंगका लोकसभा सांसद अनि वर्तमान राज्य मन्त्री एस एस आहलुवालियाले बताएको क्रांतिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले एक प्रेस विज्ञप्ति मार्फत जनाएकोछ। 
हिजो क्रामाकपा दिल्ली अनि हरियाणा शाखाको एक सयुंक्त टोलिले दार्जीलिंगका लोकसभा सांसद अनि वर्तमान राज्य मन्त्री एस एस आहलुवालियालाई संसदमा नै भेट गरेर संसदको शीतकालीन सत्रमा गोर्खाल्याण्ड्को मुद्दाको उठान हुन सक्ने नसक्नेबारे प्रश्न गर्दा सांसदले हुन नसक्ने उत्तर दिएको जनाएकोछ।
गोर्खाल्याण्ड् गठनबारे के कस्तो प्रगतिको अपेक्षा गर्न सकिन्छ भन्ने बुझ्न अनि जनताले पनि सहि कुरो बुझ्न पावोस भन्ने उद्धेश्य लिएर् सांसदसंग उक्त भेटघाट गरेको ज्ञापनमा जनाएकोछ ।
सांसदलाई यसबारे प्रश्न गर्दा उनले उत्तर दिए कि गृह मन्त्रीले गोर्खाल्याण्ड् बिषय एक्जामिन कमिटि बनाउने कुरा गरेका छन् । उक्त एक्जामिन कमिटि कहिले सम्म बनिन्छ भन्ने प्रश्न गर्दा यसको कुनै निर्धारित समय नभएको अनि अहिले सम्म केवल मात्र एउटा फोन आएको र यसबारे अरु सठिक रुपमा केहि नभएको बताए। कहिलेसम्म उक्त कमिटीको आशा गर्न सकिन्छ भन्दा उनले भने कि यो सत्र भरि धेरै ब्यस्त रहने अनि यो सत्रको पछि मात्रै यसमाथि कुरा हुने बताए। 
के यो सत्रमा गोर्खाल्याण्ड्को बील ल्याउनुहुन्छ भन्दा उनले स्पष्ट रुपमा यो सत्रमा गोर्खाल्याण्ड्को बील नआउने बताएकोले गोर्खाल्याण्ड् बिषय लिएर यो सत्रबाट जनताले केहि आशा नगर्दा हुने बुझिएको ज्ञापनमा बताइएकोछ।
अब एक्जामिन कमिटि बनिए पछि मात्रै गोर्खाल्याण्ड् बिषय बात हुने तर उक्त एक्जामिन कमिटि कहिले बनिने अनि यसमा को को हुने कुरा पनि अनिश्चित नै देखिएको क्रामाकपाले मनतव्य पोखेको छ। सांसद आहलुवालियाले अझै बताए कि पूर्व सांसद आर बी राई ज्यु मेरा मित्र हुन् र भाषा आन्दोलनको समय मिलेर धेरै राम्रो काम गरिएको थियो अनि अब गोर्खाल्याण्ड्को लागि पनि मिलेर काम गर्नुपर्छ अनि अघिल्लो दार्जीलिंग भ्रमण अवधि आर बी राई ज्यु सितनै भेटेर यो कुरा गर्नेछु । 
पहाडमा पहिला दागोपाप फेल भएको थियो अनि अहिले जीटीए पनि पूर्ण रुपले फेल भएको छ यस बिषयमा तपाई के भन्नु हुन्छ भन्ने प्रश्न क्रामाकपा टोलीले गर्दा सांसदले भने कि ज़ीटीए फेल् भएको होइन तर बङ्गालको हस्तक्षेपले गर्दा सुचारु रुपमा चलाउन नसकिएको हो। बङ्गालले षड्यन्त्र गरेर गोर्खाहरुलाई टुक्राएको पनि तिनले टिप्पणी गरे।
टोलिमा क्रामाकपा हरियाणा राज्यसमिति अध्यक्ष किरण बि0 के0, दिल्ली राज्य समिति अध्यक्ष उत्तम कुमार छेत्री, सचिव, टेक लाल श्रेष्ठ,  के0 पी0 शर्मा अनि राकेश कुमार थिए।


Related Posts

0 Response to "शीतकालीन सत्रमा गोर्खाल्याण्ड्को मुद्दाको उठान हुन नसक्ने- आहलुवालिया"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.