“वैध रूपमा कमाइएको पैसा निर्धक्क जमा गर्नसकिनेछ| जमामाथि कुनै सीमा तोकिएको छैन ः आयकर अधिकारीगण.
पीआइबी, कालिमन्युज, गान्तोक, १७ नोभेम्बर, २०१६| वैध रूपमा कमाइएको तथा सबै हिसाब-किताब ठीक राखिएको पैसा ब्याङ्कहरूमा निर्धक्क जमा गर्न सकिने आयकर विभागले स्पष्ट पारेको छ| यसका साथै जमाको माथिल्लो सीमा पनि नतोकिएको बताएको छ|
आयकर ऐन र आयकर नियमहरूको संशोधन विषयमा आयोजित एकदिने सम्मेलनमा बोल्दै प्रत्येक ब्याङ्कले ठूलो रकमको प्रत्येक लेनदेनबारे आयकर विभागलाई जानकारी गराउनुपर्ने आयकर निर्देशक (सतर्कता एवं आपराधिक अन्वेषण), कोलकाताका विक्रम सहायले बताए| यसै गरी वाहन बिक्रेता, सराफी वा गहना बनाउनेहरू आदिले आफ्नो वार्षिक सूचना विवरण वा वित्तीय लेनदेनको विवरणमा त्यस्तो सबै लेनदेन उल्लेख गर्नुपर्ने उनले बताए| तथापि, ग्राहकहरू विरुद्ध यसको परिणामस्वरूप कार्वाही हुन्छ भन्ने अर्थ्याउनु अनुचित ठहरिने उनले बताए| मुख्य कुरा लेनदेनको रकम ती सम्बन्धित व्यक्तिको आमदानीको स्रोतसँग मेल खानुपर्ने उनले स्पष्ट पारे|
प्रत्येक व्यक्तिको स्थायी लेखा सङ्ख्या अथवा पीएएन हुन आवश्यक रहेको कुरा रेखाङ्कित गर्दै पीएएन हुनु र त्यसको उल्लेख गर्नु सबैको निम्ति फाइदाकारी रहेको बताए| कारोबारी लेनदेन जस्तै ब्याङ्क खाता खोल्न र गाडी, गर-गहना, परिसम्पत्ति आदिको लेदेनमा पीएएन आवश्यक रहेको बताए| यसका साथै ५० हजार रुपियॉंभन्दा बढी रकमको लेनदेनमा पीएनएन उल्लेख गर्नु अनिवार्य रहेको पनि उनले जानकारी गराए| पीएएन उल्लेख गर्दा आयकर विभागको कार्वाहीबाट जोगिने भए तापनि ठूलो रकमको लेनदेनमा यसको उल्लेख नगर्दा विभागीय कार्वाही हुनसक्ने उनले बताए| कुनै कारण पीएएन नभए, कसैले पनि नहुनुको कारण उल्लेख गर्दै ब्याङ्क, गाडी, आभूषण अथवा परिसम्पत्तिलगायत अन्य बिक्रेताहरूसँग उपलब्ध रहेको फारम ६० भर्नसकिने सहायले अवगत गराए| नयॉं नियमअनुसार तथापि आयकर विवरण बुझाउन नपर्ने व्यक्तिहरूसँग पनि स्थायी लेखा सङ्ख्या वा पीएएन हुन आवश्यक रहेको जानकारी उनले दिए|
आयकर ऐन अनि आयकर नियमहरूमा ल्याइएको नयॉं संशोधनहरूबारे बोल्दै भारत सरकारको वित्त मन्त्रालय अन्तर्गत केन्द्रिय प्रत्यक्ष कर बोर्डद्वारा १५ नोभेम्बर, २०१६ को दिन अधिसूचित आयकर नियम, १९६२ को ताजा संशोधनअनुसार एक दिनमा ५० हजार रुपियॉंभन्दा बढी तथा ९ नोभेम्बरदेखि ३० जुलाई २०१६ सम्म २.५ लाख रुपियॉंभन्दा बढी गरिएको जमाको विवरण वित्तीय लेनदेन विवरणमा उल्लेख गर्न आवश्यक रहेको अतिरिक्त आयकर निर्देशक (सतर्कता एवं आपराधिक अन्वेषण), कोलकाता पीबी प्रमाणिकले जानकारी दिए| यसै गरी ९ नोभेम्बरदेखि ३० दिसम्बर २०१६ सम्म कुनै पनि व्यक्ति वा व्यक्तिहरूको एक वा धेरै चालू खातामा १२.५ लाख रुपियॉं अथवा एकजना व्यक्तिको एक वा धेरै ब्याङ्क खातामा (चालू खाताबाहेक) २.५ लाख रुपियाभन्दा बढी गरिएको जमा ब्याङ्कहरूका साथै डाक घरहरूले पनि आफ्नो वित्तीय लेनदेन विवरणीमा उल्लेख गर्नुपर्ने अवगत गराए|
उक्त अवधिमा गरिएको लेनदेनसम्बन्धी वित्तीय विवरण ३१ जनवरी, २०१७ सम्म पेश गरिसक्नुपर्ने पनि प्रमाणिकले जानकारी गराए| तथापि, चालू वित्त वर्षमा ९ नोभेम्बरभन्दा अघि र ३० दिसम्बर, २०१६ भन्दा पछि गरिएको वित्तीय लेनदेनको विवरण भने ३१ मई, २०१७ सम्म पेश गरिसक्नुपर्ने उनले स्पष्ट पारे|
पछि उपस्थित भद्रगणसँग अन्तरक्रिया गर्दै सहाय अनि प्रमाणिकले होटल धनी, रेस्तुरॉं धनी, वाहन बिक्रेता, गर-गहना निर्माता अनि टूर अपरेटरहरूलाई ५०० र १००० को पुरानो नोट वैध नरहेको हुँदा अबोउपरान्त स्वीकार नगर्न सुझाउ दिए| यसको साटो नगद लेनदेनको साटो धेरैभन्दा धेरै अनलाइन लेनदेनमाथि बल दिन पनि सुझाउ दिए|
0 Response to "“वैध रूपमा कमाइएको पैसा निर्धक्क जमा गर्नसकिनेछ| जमामाथि कुनै सीमा तोकिएको छैन ः आयकर अधिकारीगण."
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.