-->
जन आन्दोलन पार्टीद्वारा दशवटा कार्यक्रमको घोषणा

जन आन्दोलन पार्टीद्वारा दशवटा कार्यक्रमको घोषणा

कालिमन्युज, कालेबुङ, 23 अक्टोबर 2016: जन आन्दोलन पार्टी अब सर्वभारतिय जन आन्दोलन पार्टी भएको छ भन्ने जनाउदै जन आन्दोलन पार्टीले आज आफ्नो दशवटा आगामी कार्यक्रमको सुची सार्वजनिक गर्दै सो घोषणा गरेकोछ। जापले दार्जीलिङको मोटर स्ट्याण्ड्मा पहिलो चोटि आयोजन गरेको वृहत जनसभामा उक्त घोषणा जापका अध्यक्ष डा हर्क बहादुर छेत्रीले गरे। 
कार्यक्रमहरू यस प्रकार रहेका छन- 1. दार्जीलिङ पहाड़मा हालसम्म 9 वटा प्रमुख राजनैतिक हत्या भएको छ। राजनैतिक हत्याको विरूद्धमा नोभेम्बरसम्म न्याय नभए हाईकोर्टमा धरना दिने। 2. दिसम्बरको पहिलो साता सिलगड़ीमा जनसभा हुने।
3. चिया, सिन्कोना र बनबस्तीको निम्ति पर्चापट्टाको मागमा विधानसभामा धरना दिने।
4. पार्लेमेन्टको विन्टेर सेसनमा अलग राज्यको बिल पेश गर्न र दवाब दिनको निम्ति संसदमा धरना दिने।
5. दार्जीलिङलाई हेरिटेज टाउन घोषणा गरिनुपर्ने माग। दार्जीलिङलाई म्यूनिसिपल कर्पोरेसन बनाउनुपर्ने।
6. 15 दिसम्बरभित्र जीटीएमा अडिटर जेनेरल लगाएर हिसाब किताब नदेखाए, कलकत्तामा प्रतिनिधि पठाउनेछौं। त्यसपछि लालकोठी घेराउ गराउनेछौं।
7. ससंद धरनाको समयमा एनएच 10 र 55 को समस्याबारे कुरा गर्न दिल्लीमा नितिन गड़करीलाई भेट्ने। पैसा आएर पनि 80 करोड़को काम नमिल्दा नभएको कुरा खुलाउने।
8. अलग राज्य नभइञ्जेलसम्मको निम्ति संविधानको 371-मा समावेश गरेर सुरक्षित र संवैधानिक व्यावस्था लागू गरिनुपर्ने।
9. अब दार्जीलिङको कुनै पनि राजनैतिक दलले आफ्नो स्वार्थको निम्ति बन्द डाके पर्यटन र शैक्षिक संस्थानहरूलाई खुलाउने जिम्मा जापले लिने। यसलाई कुनै पनि हालतमा भत्कीन नदिने। 10. आगामी 15 दिसम्बर 2016 वर्ल्ड टी डे-मा चिया विशेषज्ञहरूलाई बोलाएर चिया चर्चा गर्ने।
जाप अध्यक्ष डा हर्क बहादुर छेत्रीले आफ्नो सम्बोधनमा भने "हाम्रो पार्टीले अध्यक्षको पदमा फेबिकल हालेर बस्दैन। चुनाउ मार्फत प्रत्येक समयमा बदली हुनेछ। दोस्रो र्याङ्किङका नेताहरू आएको हुनेछ। " "गोर्खाल्याण्ड नफल्ने होइन तर फल्ने बनतरूल हो तर ठाउँमा खन्नु पर्यो नि। दिल्लीको संसदमा पाउने गोर्खाल्याण्डको निम्ति सिन्देबुङमा झ्याम्पल लिएर जान्छ हाम्रो नेता जीटीएको ठाउँमा यो नभएर म चै एमएलए मात्रै भएको भए पनि म दार्जीलिङमा यसको दोब्बर काम गरेर देखाइदिनेथे।"
"जीटीएको ठाउँमा यो नभएर म चै एमएलए मात्रै भएको भए पनि म दार्जीलिङमा यसको दोब्बर काम गरेर देखाइदिनेथे।" जिल्ला गठनको श्रेय मुख्य मंत्री ममता ब्यानर्जीलाई नै दिदै तिनले भने " "जिल्ला ममताले नै ता दिएको हो, ठीकै ता हो। दिने अधिकार उसैलाई छ, मैले ता केवल मागेको मात्र हुँ। तर 2011 देखेको मागेको हुँ, साथीहरूले आएको देख्छ र मागेको देख्दैन।" तिनले यसरी अझै थपे।
आजको सभामा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै डा. हर्कले बिमल गुरुङ्लाई सोझै आक्रमण गर्न पनि पछि परेनन। तिनले भने "विमल गुरूङले आफैलाई बाघ नभनोस, विमल होइन बाघ ता दार्जीलिङका जनता हुन् जसले आन्दोलनको निम्ति सबथोक गरे"।"बाघ ठाउँमा आए रे, तै पनि भनि राख्छु बाघले आफ्नो कुखुरा चै राम्रो जोगाएर राखोस" यहाँका नारीहरूको सहासलाई म सलाम गर्छु। युवाहरूको जोशलाई सम्मान गर्छु।"
"आहलुवालियाले गोर्खाल्याण्डको बिल ल्यायो भने मात्रै पनि उसलाई पार्टीबाट निकाल्नेछ। भाजपासंग जनताले आशा नगरे पनि हुन्छ। अब फेरि जनतालाई सचेत बनाउन 6 नोभेम्बरदेखि मोर्चाले गोर्खाल्याण्ड आन्दोलन गर्छ रे। अब गोजमुमोले जनतालाई होइन नेतालाई सचेत गरोस", तिनले अझै भने।
अमर लामाले आफ्नो सम्बोधनमा भने "मेरो पनि दाजु आन्दोलनमा मरेको हो भन्नेहरूलाई भन्न चाहन्छु, मदन तामाङ कसैको कुखुरा चोर्नु जाँदा मरेको होइन। उसले ता बीरको मृत्यु मरेको छ, अब न्यायलयको सुनवाइमा वाधा दिने काम नगरोस" ।"चिया बगानका हजारौ कर्मचारीहरूलाई हामी भोकै मर्न दिँदैनौं। यहाँ चिया बगानको किनबेच यहाँ सत्ताको सम्झौतामा हुँदैछ।"
अर्कोतिर जाप नेता अनमोल प्रसादले भने "तृणमूल कंग्रेसले छुट्टै राज्य दिन्छ भने त्यति जानुहोस्। गोजमुमोभित्र बस्दा पाउनु हुन्छ ? पत्याउनु हुन्छ भने त्यतै जानुहोस्। तर म भन्छु, अब हामीले गुड गभर्नेन्सको बाटो अप्नाउनु पर्छ। यसको निम्ति इमान्दार मान्छेलाई अघि ल्याउनुपर्छ"। "बाटो,पानी, अस्पताल, सड़क जहाँ जौ, त्यही देख्छौ भ्रष्टचारको प्रमाण। जीटीए चलाउन नसक्नेले के छुट्टै राज्य चलाउन सक्छ। भारतभित्रै बस्नको निम्ति छुट्टै राज्य मागेका हौ भने सरकार विरूद्ध हतियार उठाएर कसरी राज्य सम्भव हुन सक्छ"।
यता युसुफ सिमीक्ले भने "पहाड़को शैक्षिक व्यावस्था भत्काउने, पर्यटन भत्काउने र आम जनतालाई दुःख दिने काम जापले गर्दैन"।
नयन प्रधानले भने "जमीनको कुरा गर्छ तर पर्चापट्टा छैन। जनतालाई सपना देखाउँछ तर पञ्चायत चुनाउ गराउन सक्दैन। दार्जीलिङमा आन्दोलनको नाममा दादागिरी बन्द गर्नुपर्छ। किनकि दार्जीलिङ हाम्रो शिर हो र परिचय पनि हो।"
युवा महासचिव अमीर बस्नेतले आफ्नो सम्बोधनमा संविधानको धारा 371-को कुरा उल्लेख गर्दै भने दार्जीलिङमा संवैधानिक व्यवस्था लागू हुनुपर्छ। दुवैवटा व्यवस्थाले दार्जीलिङको आकांक्षा पूरे गर्न सकेन भन्ने बताए।
विशाल राईले भने, "गोर्खाको प्रशासनिक क्षमता देखाउँछु भन्नेले हिसाब माग्दा बन्द गर्छ।यो भीड़ भनेको मोर्चाको नीति विरूद्ध खुलेर आएको जनताको भीड़ हो। हामीले पाँच सय रूपियाँमा आफ्नो स्वाभिमान बेच्नु हुँदैन। मसीहा आकाशबाट खसेर भूईमा आउँदैन। अब दार्जीलिङ, खरसाङ र मिरिकबाट पनि युवाहरू अघि आउनुपर्छ। हाम्रो यात्रा उज्यालोको यात्रा हो।" (Photo & Source JAP FB)

Related Posts

0 Response to "जन आन्दोलन पार्टीद्वारा दशवटा कार्यक्रमको घोषणा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.