-->
एनो छ्योडुप पनलुकको पाष्टरी अभिषेक सम्पन्न

एनो छ्योडुप पनलुकको पाष्टरी अभिषेक सम्पन्न


कालिमन्युज, कालेबुङ, 1 अक्टोबर 2016: यहाँको मेकफारलेन स्मारक गिर्जाघरमा पाष्टरको रुपमा एनो छ्योडुप पनलुकलाई युसीएनआईको पूर्विय हिमाली मण्ड्ली परिषदका मोडरेटर रेभरेण्ड् उदय दान पल तामाङ्ले युसीएनआई र इएचसीसीको विधि अनुसार शपथ ग्रहण गराउदै पास्टरी सेवाको निम्ति अभिषेक गराए।
मेकफार्लेन मण्ड्ली र कालेबुङको कर्क सेसनका मोडरेटर तथा युसीएनआईका भूतपूर्व मोडरेटर रेभरेण्ड एच डी सुब्बाले संचालन गरेको कार्यक्रममा डाक्टर एल्डर योहन टी टासोले स्वागत सम्बोधन गरे भने अभिषेक गरिने उम्मेद्वारलाई इएचसीसीका महासचिव एकेराईले प्रस्तुत गर्दै पनलूकको परिचय दिए। 
कार्यक्रममा बाइबल पठन क्रमैले रेभरेण्ड सिल्भानस लेप्चा, रेभरेण्ड विजय राई अनि रेभरेण्ड शिशिर रोंगोंगले गरे तथा नाइसीन विश्वासको सार पठनमा रेभरेण्ड टी एस मलमूले अगुवाइ गरे। रेभरेण्ड डी के खालिङको प्रार्थना साथ प्रारम्भ भएको अभिषेक कार्यक्रममा स्थानिय क्वायर अनि एल्डर जोहन डीक खवासले विशिष्ट गानहरु प्रस्तुत गरे। 
अभिषेक समारोहमा बिशेष प्रार्थना रेभरेण्ड इंगदेन सिमिकले गरे भने गाउन बाइबल आदिका निम्ति प्रार्थना रेभरेण्ड जेम्स पावल लेप्चाले गरे। अभिषिक्त रेभरेण्ड एनो पनलूकलाई स्थानिय मोडरेटर रेभरेण्ड सुब्बाले गाउन लगाइदिए तथा रेभरेण्ड सुदान छिरीङ लेप्चाले बाइबल सेवाको विधि, ब्लू बुक आदि दिए पश्चात मोडरेटर तामाङ्ले पाष्टर नियुक्त गरिएको घोषणा गरे। 
गांतोक सिक्किमबाट आएका इपी सीएस तथा इएचसीसीका भूतपूर्व मोडरेटर रेभरेण्ड् पी एस तिङ्बोले यस विशेष दिनको प्रवचन दिदै नँया पाष्टरलाई उत्साहको वचन दिए। अंतिम प्रार्थना इपीसीएसका मोडरेटर रेभरेण्ड रमोम मलमूले अनि धन्यवाद ज्ञापन डा टासोले गरे। 
नव अभिषिक्त मिनिष्टर रेभरेण्ड पनलूकले आफ्नो कृतज्ञता ज्ञापन गर्दै परमेश्वरले आफ्नो समयमा सबै कुरो पुरो गर्नुनै हुन्छ भन्ने बताए। 
यस अभिषेक समारोहमा दार्जीलिङ जिल्लाको तिनै महकुमा अनि तराइ, डुवर्स अनि सिक्किमबाट आएका विभिन्न ईसाई समप्रदायका मण्ड्लीहरु लगायत इएचसीसी अनि इपीसीएसका पाष्टर, फादर, एल्डर, सिस्टर् प्रतिनिधि अनि विशिष्ट महानुभावहरु, विध्यालयहरुका प्राचार्य लगायत शुभचिंतकहरु भेला भएका थिए। उनीहरुले नौ माइल स्थित वर्सीप सेंटरमा दोस्रो चरणमा आयोजित कार्यक्रममा अभिषिक्त मिनिस्टर रेभरेण्ड एनो पनलूकलाई वधाइ साथ् शुभकामना ट्क्राँउदै समवर्धना जनाए।

Related Posts

0 Response to "एनो छ्योडुप पनलुकको पाष्टरी अभिषेक सम्पन्न"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.