-->
जलढक्का विध्युत प्रकल्प विरुद्ध विध्यार्थी अनि अभिभावकहरुको धरना अनि प्रदर्शन

जलढक्का विध्युत प्रकल्प विरुद्ध विध्यार्थी अनि अभिभावकहरुको धरना अनि प्रदर्शन

कालिमन्युज, जलढक्का, 4 अक्टोबर 2016। जलढ्क्कामा मोड्ल स्कूल निर्माण लिएर जलढक्का उच्चतर माध्यमिक विध्यालय अनि पश्चिम बँग राज्य विध्युत वितरण कम्पनि लिमिटेड अधिनस्थ रहेको जलढक्का विध्युत प्रकल्प माझ विवाद उत्पन्न भएको छ । आज यसै परिप्रेक्ष्यमा विध्यार्थी अनि अभिभावकहरुले जलढक्का हाइडेल प्रोजेक्ट्को मुख्य कार्यालयमा धरना र प्रदर्शन गरे। 
कालेबुङ महकुमाको सुदुर्वर्ती भारत भोटाङ सिमानामा अवस्थित 45 नम्बर समष्टी अंतर्गत जलढक्का भेकको जलढक्का उच्चतर माध्यमिक विध्यालयको मोडल स्कूल भवन निर्माण कार्य 50 प्रतिशत पूरा हुँदा हुँदै बन्द हुने स्थितिमा आएकोछ। भवन निर्माणको निम्ति चाहिएको जमिन विध्युत प्रकल्पको खालि रहेको जमिनले नपुगेर त्यँहा नजिकैमा अवस्थित मेडिकल सेंटर अन्यत्र सार्नु पर्ने अनि त्यो भवन भत्काउनु पर्ने भएको अनि प्रकल्पले त्यो गर्न नचाहेकोले विवाद उत्पन्न भएको हो।
प्राप्त जानकारी अनुसार गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले मोडल स्कूल भवन निर्माण र अन्यको निम्ति प्राय रु साडे आठ करोड अनुमोदन गरेकोछ अनि भवन निर्माण कार्य प्राय आधा सिद्धिएको छ। तर जति ठुलो क्षेत्रभित्र भवन बनाउनुपर्ने त्यो जमिनमा मेडिकल सेंटर नामक एउटा सानो चिकित्सा क्लिनिक रहेको र त्यो नभत्काइंजेल सो क्षेत्रमा बनिने कक्षहरु बनाउने काम रोकिएकोछ।
यसैको प्रतिवादमा आज जलढ्क्का उच्चतर माध्यमिक विध्यालयका विध्यार्थीहरु अनि उनिहरुका अभिभावकहरुले जलढक्काको परेङमा जुलुस निकाले। जुलुसले जलढक्का विध्युत प्रकल्पको प्रोजेक्ट म्यानेजरको कार्यालय अघि आएर प्रदर्शन साथ नाराबाजी गर्यो  अनि विध्यार्थी तथा अभिभावकहरुले बेग्ला बेग्लै ज्ञापन पत्र विध्युत प्रकल्पका एसिस्टेंट म्यानेजर एस के हिल्लोल बाबुलाई टक्राए। तिनलाई दिएको ज्ञापन पत्रमा 18 अक्टोबरसम्म कुनै निर्णय नभए 19 अक्टोबरदेखि अनिश्चितकालिन विध्युत प्रकल्पसंगै जलढक्का बन्द गर्ने अंतिमेथ्यम दिएको छ।
जलढक्का भेकमा भएको विकाशको काम मध्ये मोडल स्कूल भवन निर्माणलाई सबैभन्दा ठुलो काम मात्रै होइन तर क्षेत्रको वृहतम शिक्षाभवनको निर्माण पनि क्षेत्रबासी मान्छन। यस्तोमा 'यो काम रोकिनु भनेको समाज विरोधी काम हुनु हो' मान्द्छ्न यँहाका जनता, अभिभावक गुंजे सुब्बाले यसरी बताए। विध्यालयका भार प्राप्त प्रधान अध्यापक प्रकाश चन्द्र राईले बताए कि "यसले शैक्षिक विकाशमा धेरै सुविधा दिनेछ भने यो एउटा इतिहास हुनेछ अनि पुस्तौको निम्ति सम्पद बनेर जानेछ"।
जलढक्कामा त्यस समयको प ब राज्य विध्युत बोर्ड्ले जलढक्का विध्युत प्रकल्प यँहा स्थापित गरेपछि यस क्षेत्रको विकाशको निम्ति 1971-72 तिर निम्न उच्च विध्यालयको स्थापना गरेको थियो जसलाई राज्य शिक्षा विभागले बढोत्तरी गर्दै जलढक्का उच्चतर माध्यमिक विध्यालय हुन सकेको हो।
वेतन बाहेक् यस विध्यालयको मरम्मत फण्ड आदि पनि विध्युत विभागले नै 1980को दशक सम्म बहन गर्नेगर्द्थ्यो। विभागलेनै निर्माण गरिदिएको भवनमा विध्यालयको मुख्य कार्यालय अझ पनि चलिरहेको छ । विध्युत विभागको प्रशस्त र प्रयोग नगरिएको जमिन भएको कारण विध्यालयको विभागले दिएको जमिनमा त्यससमयको दागोपापले ठुलो भवन 1996 मा निर्माण गरेको थियो। त्यसपछि सर्व शिक्षा अभियान अंतर्गत अतिरिक्त श्रेणी कक्ष विभागले दिएको अर्को स्थानमा निर्माण गरियो त्यसैमा अर्को तल्लामा सी आर सी भवन शिक्षा बिभाग र विध्यालयको फण्ड्बाट खर्च गरेर बनाइएको हो। त्यसपछि बोर्डर एरिया प्रोजेक्टद्वारा पहिलो फेजको चार कक्षको एउटा भवन बिभागको जमिनमा बनिएको छ।
वर्तमान मुख्य कार्यालय भवनमा नै मोड्ल स्कूल भवनको निर्माण गर्ने लक्ष्य राखेर यसको शिल्यानाश 17 फरवरी 2014 मा गरिएपछि नापजोख गरेर सर्वेक्षण गर्दा सो जमिन अभियन्ताहरुले उपयुक्त नठहराँउदा नँया जमिनको निम्ति विध्युत बिभागलाई सोधेर जमिनको खोजि भएको थियो जसमा जलढक्का विध्युत प्रकल्पका अभियन्ताहरु पनि उपस्थित थिए। धेरै ठाँउ खोजि गरेर अन्तमा कुनै विकल्प नपाउँदा वर्तमान स्थानमा निर्माण कार्य 7 दिसम्बर 2015 देखि प्रारम्भ गरिएको थियो। विध्यालयका संचालन समितिका सदस्य अनि बडाबाबु संतोष रणपहेलीले विध्यालयबारे सविस्तार बताँउदै भने "मोडल स्कूल भवन निर्माणको निम्ति विध्यालयको आफ्नो जमिन नभएको कारण नै जलढक्का विध्युत प्रकल्पमा भर पर्नु परेको हो अनि विध्युत प्रकल्पले यति जमिन दिनु यसको उत्तरदायित्व मात्रै नभएर सार्वजनिक समाज सेवा पनि हो" ।
वर्तमान विध्यालय भवनका श्रेणीकक्षहरु छेउ छेउमै भए पनि चारवटा स्थानमा छरिएर बनिएकोले धेरै समस्या झेल्नु परिरहेको समय मोडल विध्यालय भवन निर्माणले एउटै स्थानमा सबै काम प्राय हुन सक्ने भएकोले धेरै समाधान हुनेछ भन्ने विध्यालय प्रशासनले ठानेको शिक्षक सुरेन्द्र कुमाइले बताए। सबै कक्ष एउटै स्थानमा भए वरिपरिको घेरो लगाएर अनुशासन कायम राख्न तथा कतिपय असामाजिक क्रियाहरु रोक्न सजिलो हुने थियो जुन समस्या विध्यालयले वर्तमानमा झेल्नु परिरहेको प्रधान अध्यापक राईले बताए।
भवन निर्माण गर्नको निम्ति ठेकादार श्रीनिवास अग्रवाल कम्पनिले निर्माण कार्य अगि बडाउन जति सक्दो समस्या समयमै समाधान गरिए असल हुने नत्र अधकल्चो हुने मन्तव्य गरेकोले नै धरना प्रदर्शन गर्न जरुरी भएको गुंजे सुब्बाले बताए।
भर्खरै प्राप्त जानकारी अनुसार भोलि समस्या समाधान हेतु एक त्रिपक्षिय सन्युक्त बैठक जलढक्का विध्युत प्रकल्प, ज़ीटीएको सम्बन्धित् विभाग अनि विध्यालयका अधिकारी अनि प्रतिनिधिहरुमाझ जलढक्कामा नै राखिने भएको छ।

Related Posts

0 Response to "जलढक्का विध्युत प्रकल्प विरुद्ध विध्यार्थी अनि अभिभावकहरुको धरना अनि प्रदर्शन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.