काश्मिरमा भारतीय सेना र विद्रोहीबीच १२ घण्टादेखि भिडन्त जारी
श्रीनगरको सेम्पोराको पम्पोरस्थित स्वावलम्बी विकास संस्थाको होस्टलमा छिरेका विद्रोहीलाई लक्षित गरी भारतीय सेनाले गरेको कारबाही अझैसम्म रोकिएको छैन । सो भिडन्तमा सेनाका एक जवान घाइते भएको जनाइएको छ भने अन्य घाइते, मृतक वा धनजनको क्षतिको विवरण अझैसम्म आउन सकेको छैन ।
जम्मू–श्रीनगर राजमार्गमा बनेको सो इन्स्टिच्युटको आसपास अहिले कर्फ्यु लगाइएको छ । सोमबार बिहान होस्टलको छतबाट धुँवा निस्किएको देखेपछि चौकीदारले पुलिसलाई खबर गरेका थिए । आगो निभाउन सुरक्षाकर्मी त्यसतर्फ प्रस्थान गरेपछि होस्टल भित्रबाट गोलीबारी भएको प्रहरीले जनाएको छ । त्यसको केही समयपछि सुरक्षा बल, अर्धसैनिक बल र पुलिसले सो होस्टललाई घेराबन्दी गरी सन्दिग्ध चरमपन्थीहरुलाई खेद्ने प्रयास गरेका थिए । तर 24 घण्टा बितिसक्दा पनि सफल हुन सकेका छैनन् ।
अबेर रातीसम्म सेनाले टाडैबाट आक्रमण गरेर गोलीबारी बम्बारी अनि रकेटले हिर्काउँदा सम्म आतँकवादीहरुको पत्तो फाँट लाग्न सकेको छैन। यस सात तल्ले भवनमा 70 कमरा छन जसमध्ये कँहा आश्रय लिएर आतँकवादी बसेका छन सो पत्तो लगाउन सकिएकोछैन। भोली बिहानैदेखि पुन सैनिक कार्यवाही गर्न आज सिज फायर गरिएको सेना सुत्रले जनाएकोछ।
अबेर रातीसम्म सेनाले टाडैबाट आक्रमण गरेर गोलीबारी बम्बारी अनि रकेटले हिर्काउँदा सम्म आतँकवादीहरुको पत्तो फाँट लाग्न सकेको छैन। यस सात तल्ले भवनमा 70 कमरा छन जसमध्ये कँहा आश्रय लिएर आतँकवादी बसेका छन सो पत्तो लगाउन सकिएकोछैन। भोली बिहानैदेखि पुन सैनिक कार्यवाही गर्न आज सिज फायर गरिएको सेना सुत्रले जनाएकोछ।
सेप्टेम्बर १८ तारिखमा काश्मिरको उरी स्थित भारतीय सेनालाई लक्षित गरी चरमपन्थीहरुले गरेको आक्रमणमा १९ सैनिकको ज्यान गएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच निक्कै तनाव बढेको छ ।
0 Response to "काश्मिरमा भारतीय सेना र विद्रोहीबीच १२ घण्टादेखि भिडन्त जारी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.