-->
घर भाड़ामा दिनेहरुको निम्ति  अनलाइन वेबसाइट प्रारम्भ

घर भाड़ामा दिनेहरुको निम्ति अनलाइन वेबसाइट प्रारम्भ

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 30 सेप्टेम्बर । अलिपूरद्वार पुलिसले अन्तराष्ट्रिय सिमा सुरक्षाको निम्ति भारत भोटाङ् सिमा क्षेत्रमा घर भाड़ामा लिनेहरुको पुर्ण जानकारी पुलिसलाई गराउनको निम्ति आज देखी अनलाईन सेवा जारि गऱ्यो । 
आज यस अनलाईन सुविधाको उदघाटनको निम्ति जयगाँउ स्थित भारत भोटाङ् सिमाको प्रमुखद्वारको ठिक अघितिर एउटा मंचमा स्थानिय जनतालाई अनलाईन वेबसाइटको जानकारी पुलिसले गरायो। 
यस अवसरमा अलिपूरद्वारको जिल्ला सभाधिपति मोहन शर्मा, कालचिनिका विधायक विलसन चम्प्रमारी लगायत स्थानिय पंचायत प्रधानहरु अनि व्यापारि संगठनहरुका प्रतिनिधिहरुको उपस्थिति थियो । 
कार्यक्रममा अलिपूरद्वारका पुलिस एसपि आभारु रबिन्द्रनाथले भने अनलाईन सेवा यो क्षेत्रमा हुन अनिवार्य छ किनभने विभिन्न क्षेत्रको मानिसहरु यँहा आएर भाड़ामा बसने गर्छन् तर उक्त भाड़ामा बसने मानिसहरुको विवरण भने पुलिसलाई प्राप्त हुदैन। अब यस अनलाईन सेवाको सहायताले घरै बसेर यो जानकारी पुलिसलाई दिएर कुनै अप्रिय घटनाबाट सतर्कता लिन सकिंन्छ । अनलाइन वेबसाइट् www.wbtenantreg.in मा भाडामा बस्ने व्यक्तिको फोटो अनि कुनै प्रमाण या भोटर कार्ड आदि अपलोड् गर्न सकिंंन्छ । यो जानकारी दिए कुनै पनि मामीला भए त्यसको समाधान या सुरक्षाको निम्ति ठूलो मदत पुगने अलिपूरद्वारको पुलिसका एसपिले जनाए ।

0 Response to "घर भाड़ामा दिनेहरुको निम्ति अनलाइन वेबसाइट प्रारम्भ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.