14 वर्ष बितीसक्दा पनि सीके प्रधान हत्याकाण्ड सुल्झेको छैन.... न्यायालयले न्याय दिने कुरामा विश्वास छैन – शिला प्रधान
‘हत्या भएको 14 वर्ष भयो आजसम्म हत्याराको पत्तो लाग्न सकेको छैन। हत्या भएको यतिका वर्षसम्म न्याय नपाउँदा अब न्यायालयबाट न्याय हुन्छ भन्ने कुरामा विश्वास पनि हराएको छ। न्यायालयले न्याय नदिए पनि भगवानले एकदिन न्याय दिनेछन् भन्ने आशा साँचेर बसेकी छु’ सीके प्रधानकी पत्नी शिला प्रधानले दुखेसो पोख्दै भनिन्। स्व. प्रधानको आज 14औं पुण्यतीथिको अवसरमा यहाँको सी.के चौक अनि इण्डस्ट्रियल पार्कमा अवस्थित सालिगमा परिवार पक्षले सामान्य प्रकारले श्रद्धाञ्जली अर्पण गरेका थिए। साधारण रुपमा स्व. प्रधानको 14औं पुण्यततीथि पालन गरेपछि स्व. प्रधानकी श्रीमतीले न्यायपालिकामाथि आफ्नो विश्वास पूर्ण रुपमा उठिसकेको निराशा खुला रुपमा प्रकट गरिन्। केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले हत्याकाण्डको जाँच गर्न थालेपछि सुरूका दिनमा चाँढै न्याय पाउने अपेक्षा साँचे पनि हत्या भएको यतिका वर्ष बितेर जाँदा समेत केहि पत्तो नलाग्दा उनीहरू निराश बनेका छन्। न्याय पालिका प्रतिको विश्वास नै प्राय: हटिसकेको बताउँने शिला प्रधानले अब ‘ईश्वर माथि मात्रै विश्वास छ’ भन्ने बताउदै आफ्नो नैराश्य खुल्ला प्रकट गरिन्।
‘घरमा नाता-नातिनीहरूले मलाई अजा कता जानु भयो? भन्दै सोधिरहन्छन्। उनीहरूलाई म केहि भन्न सक्दिन। अब अजा फर्केर आउँदैन भन्न पनि सक्दिन’ स्व सीके प्रधानकी पत्नि शिला प्रधानले अझ भनिन्।
स्व सीके प्रधानको हत्या पछि निरे प्रधान र दया राईको नाउँ चर्चामा आए पनि उनीहरूको समेत कुनै पत्तो फाँट लाग्न सकेको छैन। सीबीआईले जलपाईगडी न्यायलयमा पाँचवर्षसम्म छान बिन गरेर चार्जसिट समेत दर्ता गरिसकेको भए पनि आजसम्म न्यायालयबाट अन्तिम निर्णय आउन सकेको छैन। जसको कारण परिवार पक्ष आजसम्म न्यायको प्रतिक्षामा तड्पिनु परिरहेको छ। जुन कारणले गर्दा साधारण मानिसहरूको पनि न्यायालय प्रतिको विश्वास हराउनु स्वाभाविक नै हो। पहाडको राजनैतिक हत्याकण्डहरू मध्ये चर्चित सीके प्रधान हत्याकाण्डको हत्याराबारे आजसम्म पत्तो लाग्न नसकेपछि परिवार पक्षलाई समेत न्यायालयले न्याय दिन सक्छ भन्ने कुरामा विश्वास नरहेको हो। ‘अब त न्याय पाउँछु भन्ने कुरामा विश्वास पनि छैन अनि न्याय नपाएको खण्डमा कतैपनि गुहार पनि लगाउँदिन’ शिला प्रधानले नैराश्य प्रकट गर्दै भनिन्।
Archive news:
स्व सीके प्रधानको हत्या पछि निरे प्रधान र दया राईको नाउँ चर्चामा आए पनि उनीहरूको समेत कुनै पत्तो फाँट लाग्न सकेको छैन। सीबीआईले जलपाईगडी न्यायलयमा पाँचवर्षसम्म छान बिन गरेर चार्जसिट समेत दर्ता गरिसकेको भए पनि आजसम्म न्यायालयबाट अन्तिम निर्णय आउन सकेको छैन। जसको कारण परिवार पक्ष आजसम्म न्यायको प्रतिक्षामा तड्पिनु परिरहेको छ। जुन कारणले गर्दा साधारण मानिसहरूको पनि न्यायालय प्रतिको विश्वास हराउनु स्वाभाविक नै हो। पहाडको राजनैतिक हत्याकण्डहरू मध्ये चर्चित सीके प्रधान हत्याकाण्डको हत्याराबारे आजसम्म पत्तो लाग्न नसकेपछि परिवार पक्षलाई समेत न्यायालयले न्याय दिन सक्छ भन्ने कुरामा विश्वास नरहेको हो। ‘अब त न्याय पाउँछु भन्ने कुरामा विश्वास पनि छैन अनि न्याय नपाएको खण्डमा कतैपनि गुहार पनि लगाउँदिन’ शिला प्रधानले नैराश्य प्रकट गर्दै भनिन्।
Archive news:
TT, Kalimpong, Oct. 3,2002 : The brutal murder of dissident GNLF leader Chandra Kumar Pradhan, popularly known as CK, has again brought to the fore the violence that has characterised the Gorkha National Liberation Front.
Pradhan was catapulted into the limelight in the early days of the 28-month-long violent Gorkhaland agitation of the mid-eighties as a dreaded militant leader who held fort in the Kalimpong sub-division.
Between the jailed Gorkha Liberation Organisation (GLO) chief Chhatray Subba and Pradhan the two of them had a stranglehold on Kalimpong, with even security forces unwilling to take the risk and venture into areas controlled by the Gorkha Volunteers’ Cell (GVC), the militant arm of the GNLF controlled by the duo.
Pradhan was “unceremoniously” removed as chief of the party’s Kalimpong unit in May 2001, after an influential section of his detractors within the GNLF accused him of having a hand in the February 10, 2001, assassination attempt on Subash Ghising.
Pradhan was subsequently sacked from the prestigious post of councillor-in-charge of forests, only to be handed the not-so-sought-after portfolio of the Scheduled Castes and Scheduled Tribes welfare department.
For a long time, Pradhan had been at loggerheads with his mentor Ghising though at one time, the two shared a father-son relationship. Party insiders said that over the years, the GNLF boss had grown wary of the “ambitious” CK.
On several occasions, Pradhan had “revolted” for not being allotted prime portfolios in the GNLF-run Darjeeling Gorkha Hill Council (DGHC).
GNLF insiders maintained that Pradhan had, over the years, treaded on too many toes and made enemies of powerful people.
“He may have antagonised a lot of people during and after the Gorkhaland agitation. Pradhan’s death could be the handiwork of a killer out to seek revenge,” a senior GNLF leader said on condition of anonymity.
Political observers said Pradhan’s murder could create a void in hill politics. “It was rumoured that Pradhan was on the verge of floating a new party comprising dissident GNLF members. The party was to be formally announced in a couple of days. Pradhan enjoyed popular support among a large section of the hill residents in Kalimpong. Unlike other senior GNLF leaders, Pradhan could be easily approached. He was a flamboyant leader.”
“CK was ambitious and outspoken to the hilt. Probably that is why he had fallen out with his mentor and party chief Ghising. Though, there may not be any immediately backlash in the hills, the GNLF support could erode. Though CK was removed from the party post, he still had a fairly strong support base within Kalimpong subdivision. But that dissent in the hills is not taken kindly is quite evident from CK’s killing,” said a supporter of Pradhan from Kalimpong.
0 Response to "14 वर्ष बितीसक्दा पनि सीके प्रधान हत्याकाण्ड सुल्झेको छैन.... न्यायालयले न्याय दिने कुरामा विश्वास छैन – शिला प्रधान"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.