-->
चिनको म्याराथन दौडमा एक गोर्खा अनि दुइ नेपाली धावक

चिनको म्याराथन दौडमा एक गोर्खा अनि दुइ नेपाली धावक

रोशनी राई
कालिमन्युज, कालेबुङ, 23 सेप्टेम्बर 2016:  चिनको सिंगिमा भैरहेको अंतर्राष्ट्रिय पर्वत म्याराथन दौडमा भारतबाट
गोर्खे चेली अंतर्राष्ट्रिय म्याराथन धावीका रोशनी राईले भाग लिए भने नेपालबाट दुइजना धावकले भाग लिइरहेकाछन। 
चिनको सिंगि अंतर्राष्ट्रिय पर्वत म्याराथन दौडमा भारतवर्षको निम्ति रोशनी राईले गुडवील एम्बासेडर अव एभरेस्ट म्याराथनको रुपमा आजको दौड दौडिन। रोशनी राईको यो छैटौ अंतर्राष्ट्रिय म्याराथन दौड हो। यसै वर्ष विश्वको सबैभन्दा अल्गो उँचाइमा आयोजित तेंजिग हिल्लरी एभरेस्ट म्याराथन दौडमा रोशनी राईले दौडमा भाग लिएर हाफ म्याराथनमा तेस्रो भएकी थिइन अनि त्यसै समय तिनलाई भारतको निम्ति गुडवील एम्बासेडरको उपाधि दिइएको थियो। 
रोशनी चिनिया  दोभाषे संग
नेपालको तेंजिग हिल्लरी एभरेस्ट म्याराथनका संस्थापक अनि अध्यक्ष विक्रम पाँडे काजीको सक्रियतामा नेपालका पूर्ण तामाङ अनि बेद सुनुवार अनि भारतका रोशनी राईले चिनको सिंगिमा आज 23 सेप्टेम्बरको दिनदेखि आयोजन भैरहेको अंतर्राष्ट्रिय पर्वत म्याराथन दौडमा भाग लिने मौका पाएका हुन। तेंजिङ हिल्लरी एभरेस्ट म्याराथन अनि यसको समबन्धित संस्था चाइना माउंटेनियरिंग एसोसिएसन इन चाइनाको निमंत्रणामा नै तिनै धावकले भाग लिइरहेका छन।
पूर्ण तामाङ्
आज आयोजित 42 किमिको म्याराथन दौडमा रोशनी राई संगै नेपालको पूर्ण तामाङले भाग लिए। पूर्ण तामाङ यसै साल भएको 60किमिको एभरेस्ट म्याराथन दौडमा दोस्रो भएका थिए । आगामी 25 सेप्टेम्बरमा हुने सिंगि अंतर्राष्ट्रिय पर्वत म्याराथनको 50 किमि दौडमा गत वर्ष यसै दौडमा प्रथम भएका बेद सुनुवार दौडिरहेका छन। बेद सुनुवार यसै वर्ष भएको 42किमिको एभरेस्ट म्याराथन दौडमा प्रथम भएका थिए ।
आजको 42 किमिको दौड पूर्ण तामाङ्ले 2.43 घण्टामा दौडेर दोस्रो स्थान हासिल गरे भने रोशनी राईले  5.59 घण्टामा सिध्याइन।

0 Response to "चिनको म्याराथन दौडमा एक गोर्खा अनि दुइ नेपाली धावक"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.