
४८ घण्टाभित्र दिल्लीमा ठूलो हमला हुन सक्ने, जवाफी कारबाहीका लागि एयरफोर्स तयार
खबर डबली, काठमाडौं, १४ असोज ।भारतको कश्मिरमा भएको हमलापछि भारत–पाकिस्तानबीचको द्वन्द्व बढिरहेको बेला भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै एयर फोर्स तयारी अवस्थामा राखिएको छ ।
आगामी ४८ घण्टाभित्र ठूलो आतंकवादी हमला हुनसक्ने भन्दै भारतले ५ मिनमै जवाफ दिन एयरफोर्स तयारी अवस्थामा राखेको भारतीय चर्चित मिडियाआजतकले जनाएको छ । भारतको महत्वपूर्ण क्षेत्रमा आगामी ४८ घण्टाभित्रै हमला हुन सक्ने आशंका गरिएको छ । उक्त सूचनापछि दिल्ली सरकारले ती क्षेत्रहरुमा सुरक्षा सतर्कता बढाएको छ । केन्द्रीय प्रहरी तथा दिल्ली प्रहरीले कुनै पनि हमला रोक्नका लागि लगातार काम गरिरहेको छ ।
लडाकु विमान एयरफोर्स समेत तयारी अवस्थामा राखिएको छ । कुनै पनि आपतकालिन स्थिति अन्त्य गर्न सफल हुने गरी एयरफोर्स तयारी अवस्थामा राखिएको भारतीय मिडियाहरुले जनाएका छन् । सबै प्रहरी बललाई ठूलो आतंकवादी हमला हुन सक्ने भन्दै तयारीमा रहनका लागि यसबारे म्यासेज गरिएको छ । प्रहरीलाई बुलेट प्रुफ ज्याकेट लगाउनसमेत निर्देशन दिइएको छ । ‘क्विक रेस्पोन्स टिम’लाई पनि उच्च तयारीमा राखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पछिल्लो स्थितको समीक्षा गर्न क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बोलाएका छन् । तनाव बढेमा स्थिति सम्हाल्नेबारे पनि वैठकमा छलफल हुन सक्नेछ । भारतको सर्जिकल स्ट्राइक तथा पाकिस्तानसँग बढ्दै गएको तनावकाबीच केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पनि शुक्रबार सुरक्षा बैठक बोलाएका छन । उक्त बैठकमा आईबी तथा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखका साथै एनएसए अजित डोबल पनि सहभागी हुनेछन् ।
0 Response to "४८ घण्टाभित्र दिल्लीमा ठूलो हमला हुन सक्ने, जवाफी कारबाहीका लागि एयरफोर्स तयार"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.