
जाप बङ्गालको कुनै पनि राजनैतिक दलसित मिसिन्दैन – डा. हर्कबहादुर छेत्री
![]() |
H.B.Chhetri Photo: Source & Courtesy Sunil Prasad |
आफ्नो सम्बोधनको क्रममा उनले गोजमुमो अध्यक्ष विमल गुरुङको तिब्र आलोचना गरे पनि आफु अनि विमल गुरुङ माझ केवर राजनैतिक दुश्मनी मात्रै रहेको स्पष्ट पारे।
‘विमल गुरुङसँग हाम्रो कुनै व्यक्तिगत दुश्मनी होइन केवल राजनैतिक दुश्मनी मात्रै हो’ डा. छेत्रीले भने। यसैक्रममा उनले केहि दिन अघि तृणमुल पार्टीका मन्त्री अरूप विश्वासले ‘पहाडका जनताले विमल गुरुङलाई खेद्नेछ’ भनि दिएको बयानको जोडदार विरोध गर्दै ‘पहाडबाट हाम्रो दाजु भाइलाई कसैले पनि खेद्ने कुरा गर्छ भने हामी सहन गर्दैनौँ। यसकारण हामी मन्त्रीको बयानको पनि बिरोध गर्छौँ’ भने।
जापले राजनैतिक संस्कारमा सुधार ल्याउन चाहेको बताउँदै खेद्ने र खेदाउने भाषण दिनेहरूलाई प्रशासनले कानुनी कार्वाही गर्नुपर्ने माग गरे। आफ्नो सम्बोधनको क्रममा उनले गोजमुमो पार्टी अनि विमल गुरुङको तिब्र आलोचना गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन अहिलेघरी बन्दुक उठाउँछु भन्ने वयान दिनु ठिक होइन भने। उनले विमल गुरूङले छुट्टै राज्य गोर्खाल्याण्डको मागप्रति इमान्दार नरहेको आरोप लगाए।
‘गोजमुमो यदि इमान्दर छ भने छुट्टै राज्यको बील संसदमा ल्याउन सक्नुपर्छ। जापले तयार पारेको गोर्खाल्याण्डको बीललाई गोजमुमोले सांसद एस.एस आहलुवालीयालाई संसदमा पेश गर्नका निम्ति दबाव बनाउनुपर्ने हो। जुन कार्य आजसम्म गर्न सकेको छैन। उनीहरू इमान्दार नभएको प्रमाण नै यसले दिँदछ’ डा. छेत्रीले भने।
यसक्रममा उनले मोर्चा अध्यक्ष विमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्छ भने जीटीएको सम्पूर्ण सभासद, पहाडका तीनजना विधायक अनि सांसद समेतलाई राजीनामा दिन लगाउनुपर्ने माग गरे। ‘गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्छ भने विमल गुरुङले सर्वप्रथम सांसद, विधायक अनि सम्पूर्ण सभासदहरूलाई आफ्नो पदबाट राजीनामा दिन लगाउनुपर्छ। यदि उनीहरूले सम्पूर्ण त्यागेर आन्दोलन गर्छ भने जन आन्दोलन पार्टीले पूर्ण सहयोग गर्नेछ’ डा. छेत्रीले स्पष्ट भने। यदि आन्दोलनका निम्ति विमल गुरुङ आफैले सबै पदहरू त्यागेर अन्य राजनैतिक दलका साथीहरूलाई समेत अघि ल्याएर एकबद्धरूपले काम गर्न चाहेको खण्डमा समेत जाप तयार रहेको डा. छेत्रीले बताएका छन्। यद्यपी उक्त आन्दोलनका निम्ति विमल गुरुङलाई भने नेतृत्व सुम्पनुको साटो समानन्तर रूपले अघि बड्ने पनि स्पष्ट पारेका छन्।
आफ्नो सम्बोधनको क्रममा उनले कालेबुङ नगरपालिकाको वर्तमान अवस्था प्रति नगरप्रशासनको जोडदार आलोचना गरे। कालेबुङ नगरपालिकाको अवस्था वेहाल अवस्थामा रहेको बताउँदै नगरवासीलाई राम्रो सुविधा दिनको साटो नगरपार्षदहरूले विभिन्न योजनाहरूमा आएको पैसाको दुरूप्रयोग गरेको आरोप लगाए। जापले नगरपालिकामा भएको भ्रष्टचारको रिपोर्ट पूर्णरूपले फेला पारेको अनि यसलाई समय आएपछि जनताको अघि सार्बजनिक गर्नको साथै भ्रष्टचार गर्ने नगरपार्षदहरूको विरुद्ध मुद्दा समेत दर्ता गर्ने चेतावनी दिएका छन्।
अर्कोतर्फ यता जनजाति मन्त्री जोएल ओरामको कालेबुङ भ्रमण अवधी एघार गोर्खा समुदायका जात गोष्ठिले जनजातिको मान्यता पाउने कुरामा आशावादी छौँ भनि जिटिए सल्लाहकार स्वारज थापाले दिएको वयान प्रति पनि डा. छेत्रीले टिप्पणी गरेका छन्।
‘जनजाति मन्त्री आउँदैमा जनजाति हुँदैन। जनजातिको निम्ति हामी पनि बिरोधमा छैनौँ तर, प्रधानमन्त्रीले भन्दा नभएको जनजाति जोएल ओराम आउँदा हुने कुरा आउँदैन’ डा. छेत्रीले भने। उनले केन्द्रिय जनजाति मन्त्री जोएल ओरामको कालेबुङ भ्रमणलाई केन्द्र गर्दै गोजमुमोले गरिरहेको जनजातिको प्रचार झूटो रहेको दावी गरेका हुन्। जनजातिको मान्यता प्रदान गर्नका निम्ति केन्द्रद्वारा गठन गरिएको कमिटीको मियाद 9 जुलाईको दिन सकिएको भएपनि आजसम्म कमिटीले रिपोर्ट नबुझाएको छेत्रीले बताउँदै यहाँ मोर्चाले ढाँटको राजनीति गरिरहेको आरोप लगाएका हुन्।
यसै क्रममा उनले आगामी 20सितम्बरदेखिको राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको भ्रमणअवधि कालेबुङ जिल्लाका नयाँ जिल्लापाल र पुलिस अधिक्षकको नाम पनि घोषणा हुनसक्ने बताउँदै जापको उपलब्धीहरूबारे चर्चा गरे। उनले जनाए अनुसार आगामी केही दिनभित्रमा नै राज्यका सिचाईँ एवं जेल मन्त्री प्रभारी राजीव व्यानर्जीको कालेबु आउने कार्यक्रम रहेको छ। मुख्य गरी जिल्ला संसोधनगृहको निम्ति जमीन हेर्न मन्त्री आउने भएको अनि जिल्ला कलेक्टोरेटको निम्ति पनि जीमन हेर्ने काम पनि भइरहेको बताए।
after eating 100 rat, cat has gone to Haj,lol
ReplyDelete