-->
जनताले बन्द पालन गरेर सरकारलाई गतिलो जवाब दिएको छ – मोर्चा

जनताले बन्द पालन गरेर सरकारलाई गतिलो जवाब दिएको छ – मोर्चा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 सितम्बर 2016। गोजमुमो पार्टीले डाकेको 12 घण्टाव्यापी बन्द पूर्णरूपले सफल भएपछि आज मोर्चाले एक पत्रकार सम्मेलन डाकेर जनतालाई धन्यवाद दिएको छ। गोजमुमो कालेबुङ महकुमा समितिका सचिव कुमार चामलिङले सरकारले बन्द खोल्नका निम्ति पुलिस प्रशासनको सहयोग लिए पनि जनताले बन्द पालन गरेर गतिलो जवाब दिएको चामलिङले दाबी गरे। 
राज्य सरकारले बन्दलाई असफल बनाउन मन्त्री लगायत सीआरपीएफ, पुलिस बल आदि खन्याएर पहाडलाई सैनिक छावनी जस्तै बनाए तापनि बन्दलाई रोक्न भने नसकेको उनले बताए। बन्दलाई सफल बनाउन पार्टीका कार्यकर्ताहरूदेखि लिएर अन्य राजनैतिक दल, शैक्षिक संस्थान, व्यापारीक संस्थान, सङ्घ-संस्था, कलाकार, बुध्दिजीवीवर्ग लगायत मीडियाको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै चामलिङले सबैप्रति आभार पनि प्रकट गरे। 
यसक्रममा चामलिङले जन आन्दोलन पार्टीलाई पनि विशेष धन्यवाद दिएका छन्। जापले बन्दको समय मौन जुलुस निकालेर पहाडमा शान्तिको कामना गर्दै सरकारलाई गतिलो जवाब दिएको उनले दाबी गरे। 
“बन्द अवधि जाप कार्यकर्ताहरूले मौन जुलुस निकालेर पहाडमा शान्ति कायम राख्नुपर्ने जुन सन्देश दिए त्यसले राज्य सरकारको दमन नीतिमाथि मुङ्ग्रो हिर्काउने कार्य गरेको छ’ कुमार चामलिङले भने। चालक महासङ्घले पनि बन्दलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिएको उनले बताए। विगतको भन्दा बैग्लै महत्त्व बोकेको यस बन्दको सफलताले राज्य सरकार आफै पहाड चडे पनि असफल बनाइदिएको दाबी पनि उनले गरे। 
यसक्रममा उनले महकुमा अधिकारी निर्मल्य घरामीले महकुमा भरिका सरकारी कार्यालयहरूमा 97 प्रतिशत कर्मचारीहरू उपस्थित रहेको दाबी प्रति कटाक्ष गर्दै बन्दको कारण वाहनहरूको चलाचल ठप्प रहेको कार्ण कर्मचारीवर्ग आफ्नो कार्यमा उपस्थित बन्न नसकेको उनले दाबी गरे।

Related Posts

0 Response to "जनताले बन्द पालन गरेर सरकारलाई गतिलो जवाब दिएको छ – मोर्चा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.