-->
विकास बोर्डलाई लिएर चलिरहेको किचलो समाप्त गर्दै राई सङ्गठन एउटै मञ्चमा

विकास बोर्डलाई लिएर चलिरहेको किचलो समाप्त गर्दै राई सङ्गठन एउटै मञ्चमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 सितम्बर। पश्चिम बङ्गाल सरकारले राई समुदायको सर्वाङ्गिन विकासका निम्ति खम्बु राई विकास बोर्ड गठनको घोषणा गरेपछि अभिभावक सङ्गठन किरातीँ खम्बु राई सांस्कृतिक संस्थान अनि खम्बु राईट्स मुभमेन्ट माझ चलिरहेको विवाद अंतत: साम्य भएको छ। 
राई विकास बोर्डको माग गर्दै यसको निम्ति सडकमा ओर्लिएर धेरै समयसम्म आन्दोलन गर्ने खम्बु राईट्स मुभमेन्टले विकास बोर्ड गठन पछि वोर्डको सञ्चालनको दाबी गरेपनि उक्त बोर्ड सञ्चालनको पदभार भने किराती खम्बु राई सांस्कृतिक संस्थानको हातमा पुगेको थियो। त्यसै समयदेखि खम्बु राईट्स मुभमेन्टले बोर्ड सञ्चालनको दाबी गर्दै कालेबुङको त्रिकोण पार्कमा अनशन समेत बसेको थियो। आखिरमा आएर आजदेखि राई सङ्गठन माझ चलिरहेको विवाद साम्य भएको हो। 
दुई सङ्गठनका प्रतिनिधीवर्गले आज कालेबुङ रिपोटर्सको मिट द प्रेस कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त विवाद साम्य भएको जानकारी दिएका छन्। दुवै सङ्गठनका प्रतिनिधीवर्गको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा खम्बु राईट्स मुभमेन्टले अबउसो किरातीँ खम्बु राई सांस्कृति संस्थानको अधिनस्थ रहेर नै काम गर्ने घोषणा गरेको छ। 
उनीहरूले पत्रकारहरूलाई सम्बोधन गर्दै अबउसो एकत्रित भएर काम गर्ने सहमति भएको जनाए। यसक्रममा खम्बु राइट्स मुभमेन्टका मुख्य संयोजक रूपेन्द्र राईले विगतका दुरिहरूलाई भुलेर अहिले हामी एक भएका छौँ भन्दै हामी सम्पूर्ण खम्बुहरूको एकिकरण चाहन्छौँ भनि बताएका छन्। उनले जनाए अनुसार आईतबार मुभमेन्ट अनि संस्थानका प्रतिनिधिहरूमाझ एक बैठक सम्पन्न भएको थियो। 
बैठकमा संस्थानका प्रतिनिधिहरू अरूण प्रकाश राई, अध्यक्ष अरूण ताम्कुले राई, मेघराज राई, बोर्डका उपाध्यक्ष शङ्खमणि राई, महेन्द्र राई, निशानदास राई, टेकेन्द्र राई एवं खम्बु राईट्स मुभमेन्टबाट अध्यक्ष एकेराई, रुपेन्द्र राई, सुदास राई, मदन राई आदिको उपस्थिति रहेको उनले बताए। उनले अब केआरएम संस्थानकै अधिनस्थ बस्ने अनि संस्थानकै व्यानरमा अघि बढ्ने बताए। 
अर्कोतिर संस्थानको पक्षमा महकुमा समितका सचिव अरूण प्रकाश राईले पनि आफूहरूले पनि मुभमेन्टसितको सम्झौताको उलङ्घन नगर्ने बताउँदै सङ्गठन बनिनुभन्दा सङ्गठित हुनु महत्त्वपूर्ण कुरा हो भने। विगतमा राई समुदायमाझ जुन बादल छाएको थियो त्यो आझदेखि उघ्रिएको छ। जातिको विकासको निम्ति हामी एकवद्ध भएका छौँ अरूण प्रकाश राईले भने।
यता खरामुले एउट विज्ञप्ति प्रेषित गर्दै भनेको छ कि किराती खम्बु राईहरुको विभिन्न मुद्दाहरु अघि बडाउन अब उसो सम्पूर्ण खम्बुहरु एक भएर काम गर्ने निधो भएकोछ। किराती खम्बु राई सांस्कृतिक् संस्थान (किखरासास) अनि खम्बु राइट्स मुभमेंट (खरामु)को छुट्टा छुट्टै सभा बसेर एकै मंचमा एक भएर काम गर्ने प्रस्तावना लिएको थियो। यसै परिप्रेक्ष्यमा दुवै संस्थाको एक सन्युक्त सभा बसेर आम सहमतिमा आआफ्नो निर्णय अनुरुप यस एकिकरणको प्रस्तावनालाई बिनाशर्त दुवै पक्षले स्वीकार गर्दै खम्बुहरुको हितार्थ एकै भएर काम गर्ने निर्णय लिइयो।
यसमा भनिएको छ कि किखरासास अनि खरामुका पदाधिकारीहरु एव प्रतिनिधिहरुको सन्युक्त सभामा खम्बुहरुको हितको निम्ति एकै मंचमा मिलेर एक भइ किखरासासको सांगठनिक अनि खम्बुहरुको विकाश र संरक्षण् कार्यमा हातमा हात मिलाइ काम गर्ने निर्णय उक्त सभामा लिइयो। यस एकिकरणको प्रस्तावनालाई किखरासास अनि खरामुले सहृदय स्वागत जनाउदै नँया रुपले काम गर्ने अनि कार्य प्रणाली अदिमा नवीकरण गर्ने कुरोमा दुवैले सहमती जनाएका छन।
किखरासासको पक्षमा महकुमा समितिका अध्यक्ष अरुण तामकुले राई, उपाध्यक्ष मेघराज राई, निशानदास राई, टेकेन्द्र राई, गोरुबथान खण्ड उपसभापति महेन्द्र राई, खम्बुराई डेभलपमेंट बोर्डका भाइस चेयरम्यान शंखमणी राई अनि महासचिव अरुण प्रकाश राई सभामा उपस्थित थिए । यता खरामुलाई सभापति एके राई, कार्यकारिणी सदस्यवर्ग मदन रोयन राई, सुदास राई अनि कार्यकारी मुख्य सन्योजक रुपेन्द्र राईको सहभागीता थियो भनि यसमा थप जनाइएकोछ।
खम्बुहरुको अनुसुचित जनजातिको मुद्दा, भाषा, संस्कृति आदिको संरक्षण अनि विकाश लगायत सम्बन्धित कार्यक्रमहरुलाई सबैको सहभागितामा सुचारुरुपले संचालन गर्न किखरासास कै अधिनस्थ मिलेर रचनात्मक कार्य गर्दै जाने पनि सभाले निर्णय लिएको विज्ञप्तिमा जनाइएकोछ।

Related Posts

0 Response to "विकास बोर्डलाई लिएर चलिरहेको किचलो समाप्त गर्दै राई सङ्गठन एउटै मञ्चमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.