कालेबुङ बजारदेखि प्रारम्भ गरयो तृणमूल कङ्ग्रेसले प्रचार प्रसार्
16 Sept 2016
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 सितम्बर। दार्जिलिङ हिल तृणमूल कङ्ग्रेसले आज यहाँको हाटबजारमा एउटा पथ सभाको आयोजना गरेर कालेबुङ नगरपालिका चुनावको निम्ति अघोषित प्रचार सुरू गरेको छ। यस अवसरमा जन आन्दोलन पार्टी अनि गोर्खा जनमुक्ति मोर्चाका समर्थकहरूलाई पनि हिल तृणमूल कङ्ग्रेसमा सामेल गराएको छ।
दार्जिलिङ हिल तृणमूल कङ्ग्रेसका प्रवक्ता बिन्नी शर्मा मुख्य वक्ताका रूपमा उपस्थित रहेको उक्त पथसभामा वक्ताहरूले सत्तासिन गोजमुमो पार्टीको जोडदार आलोचना गरेका थिए। यस अवसरमा हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष छेवाङ भोटिया, प्रणय राई, सी.पी खतिवडा, शिखा राई आदिले पनि सम्बोधन गरेका थिए।
‘जब पहाडमा चुनाव आउँछ तब-तब गोजमुमो अध्यक्ष विमल गुरूङले आन्दोलन गर्छु भन्छ। विद्यार्थीवर्ग अनि युवाहरूलाई सडकमा निकाल्छ। हतियारको आन्दोलन गर्छु भन्छ। अब पहाडमा आन्दोलन हुन्छ भने विकासको आन्दोलन हुनेछ। शान्तिको आन्दोलन हुनेछ। ढाँटको राजनीति गरेर जनतालाई आन्दोलनको नाउँमा लुट्ने आन्दोलन अब पाहाडमा हुनेछैन’ विन्नी शर्माले भने।
उनले आजसम्म पहाडमा गोजमुमो पार्टीले केवल ढाँटको राजनीति मात्र गरिरहेको आरोप लगाउँदै अब तृणमूल कङ्ग्रेस नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीको दिशा निर्देशनमा कालेबुङ जिल्लालाई नमुना जिल्ला बनाउने पनि बताएका छन्। पहाडमा विकासको सम्भावनाहरू धेरै भए पनि गोजमुमो पार्टीले विकासका कार्यहरू नगरेको आरोप लगाएका छन्। यसक्रममा उनले गोर्खा जातिका एघारवटा जात गोष्ठिलाई जनजातिको मान्यता दिनका निम्ति केन्द्र सरकारले गठन गरेको कमिटिको आदेश पत्र पश्चिम बङ्गाल सरकारलाई पठाएको बताउँदै मोर्चाले एघार जनजातिको मुद्दामा पनि केवल जनतालाई ढाँट्ने कार्य गरेको आरोप लगाए।
‘गोजमुमो पार्टीले एघार जातिलाई जनजातिको मान्यता दिलाउन सक्दैन। केन्द्र सरकारले पनि जनजातिको मान्यता दिलाउनका निम्ति आजसम्म जीटीएबाट कुनै विचार मागेको छैन। केन्द्रले राज्यलाई आदेश पत्र पठाएर यसबारे विचार मागेको छ। यसैबाट जनजातिको निम्ति जीटीएले केहि गर्न सक्दैन भन्ने स्पष्ट भएको छ’ बिन्नी शर्माले भने।
यसक्रममा शर्माले मुख्यमन्त्री ममता ब्यानर्जीले मात्र पहाडमा विकास गर्न सक्ने दाबी गर्दै मोर्चाले आजसम्म आन्दोलन र विकासको नाउँमा केवल पर्सन्टेज खाने र ठेकादारहरूबाट पैसा वसुली गर्ने गरेको आरोप लगाएका छन्। उनले आफ्नो सम्बोधनको क्रममा आफु कालेबुङ आउँदा मोर्चामा व्यापक खुलदुली मच्चिएको बताउँदै अब पहाडमा राजनैतिक पैह्रो गएर गोजमुमो पार्टीको अन्त हुने दाबी गरे।
यसरीनै उनले जन आद्नोल पार्टी अनि दलका अध्यक्ष डा. छेत्रीको नाउँ नलिई कटाक्ष गर्दै ‘एक्लै कुदेर फस्ट हुनेहरूले पनि पहाडमा केहि गर्न सक्दैन। यसकारण एक्लै कुदेर फस्ट हुनेहरूलाई जनताले विश्वास गर्नुहुँदैन’ विन्नी शर्माले अझ भने। पहाडको विकासको निम्ति मुख्यमन्त्री इच्छुक रहेको दाबी गर्दै जनताले उनको योजनालाई पुरा गर्नका निम्ति साथ दिनुपर्ने आह्वान गरे।
अर्कोतर्फ अहिलेसम्म गोजमुमो पार्टी त्यागेर स्वतन्त्र बसेका पासाङ तामाङले पनि तृणमूल कङ्ग्रेसको पथसभाम मञ्च साझा गरेका थिए। यसक्रममा उनले पथसभालाई सम्बोधन गर्दै आफू अहिलेसम्म तृणमूल कङ्ग्रेसमा सामेल नभए पनि आगमी 20 सितम्बरका दिन मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ भ्रमणमा आफ्नो दलबल सहित तृणमूल कङ्ग्रेसमा सामेल हुने घोषणा गरेका छन्।
‘पासाङ तामाङको कालेबुङमा 54 हजार जनता छन्। यो हामीले वितेको विधानसभा चुनावमा प्रमाणित गरिसकेका छौँ। आगामी 20 सितम्बरको दिन म आफ्ना 10 हजार समर्थकहरूको साथमा समावेश हुनेछु’ पासाङ तामाङले भने। यसक्रममा उनले गोजमुमो पार्टीको आलोचना गर्दै मोर्चाले गोर्खाल्याण्डको नाउँमा केवल जनतालाई ढाट्ने कार्य मात्रै गरेको आरोप लगाए। मोर्चाले गरेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफूले पूर्ण सहयोग पुर्याउनुको साथै पुलिसको पक्राऊ समेत परेको दाबी गर्दै गोजमुमो नेताहरू भने आन्दोलन प्रति इमान्दार नभएको आरोप लगाए।
0 Response to "कालेबुङ बजारदेखि प्रारम्भ गरयो तृणमूल कङ्ग्रेसले प्रचार प्रसार्"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.