-->
जनताको विचार बुझ्न गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङमा

जनताको विचार बुझ्न गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 14 सितम्बर 2016। धेरै लामो समय पछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ आज कालेबुङ आइपुगेका छन्। पार्टीलाई बलियो बनाउँन उनी कालेबुङका जनताहरूसित भलाकुसारी गर्न आज कालेबुङ आइपुगेका हुन्।
यसरी लामो समय पछि कालेबुङ आइपुगेका गोरामुमो अध्यक्ष मन घिसिङलाई आज यहाँको थाना डाँडामा गोरामुमो कार्यकर्ताहरूले भव्य स्वागत जनाएको थिए। यस अवसरमा उनीहरूले शहरमा जुलुस पनि निकालेका थिए।
आज अचानक यसरी कालेबुङ आइपुगेका गोरामुमो अध्यक्ष मन घिसिङलाई पत्रकारहरूले कालेबुङ आगमनबारे पश्न गर्दा वर्तमान राजनैतिक स्थितिबारे जनताको मनमा के छ भन्नेकुरा बुझ्नु अनि सोही कुराहरूलाई लिएर पार्टीगत् पहल गर्नु कालेबुङ आइपुगेको जानकारी गराए।
आफूले यसअघि दार्जीलिङ अनि खरसाङका जनताहरूको घरदैलोसम्म पुगेर उनीहरूको विचार बुझ्ने कार्य अघिबाटै गरिसकेको अनि सोही क्रमलाई जारी राख्दै आजदेखि कालेबुङमा पनि जनताको विचार बुझ्ने कार्य गर्ने बताए।
‘वर्तमान राजनैतिक स्थिति र जनताको विचार बुझ्न नै कालेबुङ आएको हूँ। यसको निम्ति म जनतालाई बजारमा ल्याउने होइन तर जनताको घर-दैलोसम्म पुग्ने कार्य गर्नेछु’ मेनेजर घिसिङले भने। हालमा गोरामुमोको मूल मुद्दा छैटौँ अनसूचिलाई पार लगाउनु नै रहेको बताउने घिसिङले गोजमुमोको आन्दोलन अनि कतिपय दावीहरूमाथि टिप्पणी पनि गरे।
गोजमुमोले पहाडका 11 वटा जातगोष्ठीलाई जनजाति बनाउने प्रक्रिया धेरै माथि पुगिसकेको दावी गरे पनि यथार्थमा आधिकारिक रूपमा यस विषयमा केही नगरेको उनले आरोप लगाएका छन्। आज थानाडाँडामा उनलाई स्वागत जनाउनका निम्ति कालेबुङ ब्रान्च कमिटीका अध्यक्ष मौरिस कालिकोटे, पूर्व नगरपालिका अध्यक्ष सीके कुमाई लगायत पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टी सूत्रले जानकारी दिए अनुसार आज घिसिङले पार्टी कार्यकर्ताहरूलाई लिएर कालेबुङ वरिपरिका क्षेत्रहरूको दौडाहा गर्दै सुरूकसम्म पुगेर त्यहाँबाट कफेरमा रात बिताउनेछन्। बिहिबार त्यहाँबाट उनी निम्बोङ जानेछन्। जहाँ पार्टी कार्यकर्ताहरूलाई लिएर आयोजित पथसभालाई उनले सम्बोधन गर्नेछन्।

0 Response to "जनताको विचार बुझ्न गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.