-->
लिखुभीरमा पैह्रो झर्दा राष्ट्रिय राजमार्ग बन्द- अबेर रातीदेखि वान वे शुरु

लिखुभीरमा पैह्रो झर्दा राष्ट्रिय राजमार्ग बन्द- अबेर रातीदेखि वान वे शुरु

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 22 अगस्त। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत लिखुभिरमा पैह्रो गएको कारण सिक्किम, कालेबुङ अनि सिलगडीको सोझो सम्पर्क विच्छिन्न भएको छ। आइतबार राती परेको अविरल वर्षाको कारण माथीबाट झरेको पैह्रोले राष्ट्रिय राजमार्ग बाधित बन्न पुगेको हो। जसको कारण आज सिक्किम अनि कालेबुङका वाहनहरू सोझै सिलगडी जान नसकेपछि लप्चु पेशोक हुँदै मङ्पू अनि लाभा गोरुबथान भएर सिलगडी जान परेको थियो।
आइतबार बेलुकी एकाएक हात्तिसुँडे वर्षा आएपछि लिखुभिरमा राती 11 बजे पैह्रो गएको थियो जसलाई रातीनै विभागले मसिन लगाएर सफा गर्ने कार्य गरेपनि पुन: विहानीपख 4 बजे माथिबाट भित्तानै झरेर बाटो पुरै छोपेपछि बाटो पूर्णरूपले बन्द भएको हो। माथिबाट झरेको पैह्रोले लिखुभिरमा लगभग 100 मिटर लामो बाटो पूर्णरूपले पुरेको छ जसको उचाईँ लगभग 25 मिटर रहेको पीडब्ल्युडी विभाग एन.एच 10 डिभिजनका सह अभियन्ता उत्तम प्रधानले जानकारी दिएका छन्।
अबेर राति प्राप्त जानकारी अनुसार बाटो सफा गर्ने काम आँशिक पुरा भएकोले एकतर्फी बाटो खोलाउन सम्भव भयो जसको कारण वान वे गर्दै वाहनहरुको चलाचल प्रारम्भ गरिएकोछ अनि बिस्तारै लाम लश्कर कम हुन थालेको छ।
अत्याधिक पैह्रो गएर राजमार्ग बाधित बनेपछि आज विहानै देखि राजमार्गमा वाहनहरूको लामो ताँती लागेको थियो। पैह्रोले राजमार्ग बाधित भएपछि रम्बि पुलिसले सिलगडीबाट सिक्किम जाने वाहनहरूलाई मङ्पू भएर पठाइरहेको छ भने राजमार्गमा पैह्रोको कारण ठूलो मालवाहक वाहनहरू भने लाम लश्कर लागेर बस्न परेको थियो। पैह्रोको कारण राजमार्गको दुवैपट्टि मालवाहक वाहनहरूको जाम एक किलोमिटर भन्दा धेर भैसकेको थियो भने माहलवाहक वाहनका चालकवर्गले आज राती सडकमा नै विताउनुपर्ने स्थिति देखा परेको थियो। 
पैह्रोले राजमार्ग बाधित बनेपछि आज पीडब्ल्युडी हाइवे डिभिजनका अभियन्ताले पैह्रो स्थलमा मोठ छवटा एस्काभेटर तैनाथ गरेर पैह्रोलाई सफा गर्ने कार्य जारी राखेको छ। यद्यपी उक्त एस्काभेटरहरूले पनि पैह्रोलाई सफा गरेर यातायात सुचारू गर्नमा आज रातभरी लाग्न सक्ने अभियन्ता उत्तम प्रधानले जानकारी दिएका छन्।
अर्कोतर्फ रातीको अविरल वर्षाको कारण लिखुभीर सँगै सताईस माइल, 29 माइल, टिस्टा आदि स्थानहरूमा पनि माथीबाट पैह्रो झरेर यातायात बाधित बन्न पुगेको थियो भने उक्त पैह्रोहरूलाई भने विभागले मसिन लगाएर सोहर्ने कार्य गरेको अभियन्ता उत्तम प्रधानले जानकारी दिएका छन्।
उनले बताए अनुसार राष्ट्रिय राजमार्ग 10 को विभिन्न स्थानहरूमा मोठ 10 भन्दा अधिक पैह्रोहरू झरेको थियो। यद्यपि उक्त पैह्रोहरूलाई सफा गर्ने कार्य भएको छ। अविरल वर्षाको कारण माथिबाट पैह्रो सोह्रिएर आएपछि आज राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा नजिक दुईवटा वाहनहरूलाई पार्किङ गरेर राखेको ठाउँमा नै पुरेको थियो। पछिबाट उक्त पह्रोलाई सोह्रेर वाहनलाई निकालिएको छ।
यता लिखुभिरमा पैह्रो झरेको सन्दर्भमा बोल्दै अभियन्ता उत्तम प्रधानले विभागले पैह्रोलाई पूर्णरूपले सफा गर्नका निम्ति अझ एक दिन समय लाग्न सक्नेछ। यद्यपी आज रातभरी सफा गरेर एकतर्फी बाटो भने विहानदेखि खोलाउने उनले बताएका छन्। माथिबाट सोह्रोरिएर आएको पैह्रोको कारण लिखुभिरमा बाटोको तल्लो भाग पनि झरेको छ। जसले गर्दा अझ वर्षा भए बाटो चुँडिन सक्ने खत्रा समेत सिर्जना भएको उनले बताएका छन्।
अर्कोतर्फ रातीको अविरल वर्षाको कारण 29 माइल स्थित अमित छेत्रीको घर क्षतिग्रस्त भएको छ। राती अचानक माथीबाट पैह्रो आएपछि उनको घरलाई क्षति भएको हो। जसको कारण उनको छोरालाई चोट लागेको छ भने हाल कालेबुङ महकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको जानकारी प्राप्त भएको छ।

0 Response to "लिखुभीरमा पैह्रो झर्दा राष्ट्रिय राजमार्ग बन्द- अबेर रातीदेखि वान वे शुरु"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.