विरक्तिएका दिल्लीमा रहेका गोर्खाहरु
राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 12 अगस्त । गोजमुमोले अब बंगालसंग होइन दिल्लीसंग गोर्खाल्याण्ड मागनु पर्छ भनि भन्नु अनि प्रधान मंत्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना हो भनि घोषणा भन्नुले पहाड़देखि दिल्ली सम्मका गोर्खे सन्तानहरु आशै आशमा अझै पनि छन । तर दुवै यस कुरोमा सिरीयस नभएको देखिएको मन्व्य केवल राजनैतिक दलहरुले मात्रै होइन साधारण जनताले पनि गर्न लागेको पाइन्दैछ।
यता राजनैतिक प्रबुद्ध व्यक्तिहरुबाट मन्व्य बुझ्न चाह्दा गोर्खाल्याण्डको ल्याण्ड शब्दलाई नरुचाएको एउटा तथ्य सुन्नमा आयो भने अनि केन्द्रिय नेताहरुमा कतिपय नेताहरुले आजसम्म गोर्खाल्याण्डको बारेमा राम्रोसंग बुझ्न नसकेको अनि बुझ्न नचाहेको पनि थाहा लाग्यो। यति मात्रै होइन यो मागको धर्ना प्रदर्शन कुनैले पनि कुनै असर
नपारेको तथ्य पनि बुझ्न पाइएकोछ।
यता पहाड़देखी रोजी रोटीको निम्ति घर छोडेर अन्य राज्यमा काम गरिरहेका मध्ये दिलीका विभिन्न स्थानमा खटिखाने गोर्खे सन्तानहरुलाई प्रश्न गर्दा आजसम्म कोही पनि नेता भरपर्दो र विश्वासी नरहेको तथा जुनै जोगि आए पनि कानै चिरेको भन्ने बताए।
मणी खवास भन्छन -सुभाष घिसिङले हामी माथी सिआरपीको गोली खुवायो अनि गोजमुमोले अलग राज्यको निम्ति आन्दोलनको नाममा जन्तर मंत्रमा सैकड़ो बार धर्ना अनि नारा गर्नु लगायो तर कसैले केही नापेन। हामी दिल्लीमा कामगरि खटिखाने गोर्खा हौ, जब जब आन्दोलन गर्नू पर्ने हो भनि नेताहरु आएर दौड धुप गर्छन हामीले साथ नदिएको होइनौ । परदेशमा पनि जोखिम उठाउदै साथ दिन भनि हामी भोक-भोकै जन्तर मन्तरमा पुगने गर्थ्यौ कतिचोटि बेसी छुट्टी लिदा हाम्रो वेतन काटिंन्थ्यो तर हाता लाग्यो शुन्य। हामी नत पहाडमा न त परदेशमा नै सुरक्षित छौ।
घरि जाति घरि जनजातिको माग माग्ने हाम्रो गोर्खा नाम जोडिएको राजनैतिक दलहरुले गोर्खाको भावनासंग जोडेर पार्टि बराबर जाति बनाउने कोशिष गरिरहेको छ, रुपा मंगरले भनिन। तिनले अझ थपिन अब आन्दोलन होइन काम पो गर्नू पर्छ यो हामी सबै यँहाको दाज्यु भाईहरुको पनि विचार हो ।
यता गोजमुमो प्रमुख बिमल गुरुङले 1986 को जस्तो आन्दोलनको इसारा गरेको भोलिपल्टै अर्कोतिर महासचिव रोसन गिरिले पहाड़मा बौध्दक पद्धतिले आन्दोलन् हुने घोषणा हुनुले गोजमुमो पार्टी भित्रै आजसम्म सर सल्लाह नभै मनमा जे आयो त्यही निर्णय लिइदो रहेछ रपो कुनै काम फत्ते नभएको रहेछ भन्ने बुझ्यौ भनि अर्का गोजमुमो समर्थकले नाम नबताउने शर्तमा आफ्नो विचार पोखे। यस्तो समय हामीले भोगीरहेको सुरक्षाको निम्ति हामी आफै हाम्रो समस्याको निम्ति दौड धुप गर्न वाध्य भएका छौ,, तिनले अझै थपे।
अर्का एक जना गोजमुमो नेताले भने कि हामीले आन्दोलन त गर्न जानेनौ नै तर दंग्याएर माग्न धरि जानेनौ, यही हो हाम्रो विडम्बना । यतिका धेर वर्ष सम्म्मा पनि कुनै मन बुझाउने कुरो पनि भएको छैन । अब यस्तोमा विरक्त नभएर के हुनु तिनले भने।

0 Response to "विरक्तिएका दिल्लीमा रहेका गोर्खाहरु "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.