-->
कामी विकास बोर्डमा डुवर्सका प्रतिनिधीवर्ग हुनपर्ने माग

कामी विकास बोर्डमा डुवर्सका प्रतिनिधीवर्ग हुनपर्ने माग

डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 जुलाई। जलपाईगडी डुवर्स विश्वकर्म समाजले पश्चिम बङ्गाल सरकारद्वारा गठन गर्ने भने घोषणा गरेको कामी विकास बोर्डमा डुवर्सका प्रतिनिधीवर्ग हुनपर्ने माग गरेको छ। सोहि माग सरकार समक्ष राखिदिने अनुरोध गर्दै आज जलपाईगडी डुवर्स विश्वकर्म समाजका प्रतिनिधीवर्गले उत्तर बङ्गाल विकास परिषदका उपाध्यक्ष डा. हर्कबहादुर छेत्रीलाई भेट गरेर ज्ञापन सुम्पिएको छ। 
समाजका सल्लाहकार दिनेश रसाईलीको नेतृत्वमा रहेको प्रतिनिधी टोलिले डा. छेत्रीलाई भेट गरेर तराई डुवर्सका विश्वकर्म (कामी) समुदायका मानिसहरूको सर्वाङ्गीन विकासका निम्ति त्यहाँबाट प्रतिनिधी हुनपर्ने माग सरकार समक्ष पुर्‍याइदिने अनुरोध गरेका थिए। 
यसक्रममा डा. छेत्रीले उनीहरूको माग सरकार समक्ष पुर्‍याइदिने आश्वासन दिएको धिरज रसाईलीले बताएका छन्। उनले बिकास बोर्ड गठनको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिँदै बोर्ड गठनको मागमा विश्वकर्म युथ एसोसिएसन कालेबुङलाई आफुहरूले पुर्‍याएको सहयोगबारे बताउँदै डुवर्समा धेरै विश्वकर्म समुदायका मानिसहरू समस्यामा रहेको अनि उनीहरूको उत्थानका निम्ति त्यहाँबाट बिकास बोर्डमा प्रतिनिधी आवश्यक रहेको बताए। 
यसबारे बोर्ड प्राप्त गर्ने कालेबुङ विश्वकर्म युथ एसोसिएसनका प्रतिनिधीवर्गलाई पनि भेट गरेर ज्ञापन चढाइसकेको उनले अझ जानकारी गराए। डुवर्स क्षेत्रको मोठ सातवटा खण्डबाट उनीहरूले प्रतिनिधीवर्ग चयनित गरेको अनि उक्त सदस्यहरू सँगै एकजना उपसभापतिको पदमा पनि डुवर्सका प्रतिनिधीलाई समावेश गर्नुपर्ने जलपाईगडी डुवर्स विश्वकर्म समाजले माग गरेको छ। 
यसबारे उनीहरूले अघिबाटै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि खण्ड बिकास अधिकारी अनि जिल्लापाल मार्फत ज्ञापन बुझाएको धिरज रसाईलीले अझ जानकारी दिएका छन्।

0 Response to "कामी विकास बोर्डमा डुवर्सका प्रतिनिधीवर्ग हुनपर्ने माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.