-->
दार्जीलिङ एउटा मिनी भारत हो-राष्ट्रपति

दार्जीलिङ एउटा मिनी भारत हो-राष्ट्रपति

पीआइबी, दार्जीलिङ, 12 जुलाई। भारतका राष्ट्रपति प्रणब मुखर्जीले आज अनेकतामा एकता नै भारतीय गणतन्त्रको सौन्दर्य हो भन्ने कुरामा जोर दिएका छन्। उनले भने, यदि कसैले देशको सम्पूर्ण खण्डलाई हेर्छ त्यहाँ ऊ विविध जाति, संस्कृति, धर्म र भाषिक समूहमा विविधता देखेर मन्त्रमुग्ध हुन्छ। राष्ट्रपति श्री मुखर्जी आज पश्‍चिम बङ्गाल सरकारद्वारा राष्ट्रपतिको स्वागतमा चौरास्तामा आयोजित एउटा समारोहलाई सम्बोधन गर्दै थिए। 
उनले भने, देशको बृहत क्षेत्र र धेरै विविधता भए तापनि देशको संसदमा सबै कुनाले प्रतिनिधित्व गरेको छ। दार्जीलिङका सन्दर्भमा बोल्दै राष्ट्रपतिले दार्जीलिङ केवल एउटा हिलस्टेशन अथवा भौगोलिक निकाय मात्र नभएर यो एउटा मिनी भारत हो भने। 
यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल केशरीनाथ त्रिपाठीले राष्ट्रपति श्री प्रणब मुखर्जीलाई हाम्रो देश भारतका अतिनै अनुभवी र बुद्धिमानी राष्ट्रपति हुन् भनेर परिचय गराए। उनले भने, राष्ट्रपति श्री प्रणब मुखर्जीलाई नै आरटीआइ, आरटीई, खाद्य सुरक्षा आदि विभिन्न प्रशासनिक विस्तारको श्रेय जाँदछ। यसरी नै मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सम्बोधनमा राष्ट्रपति श्री प्रणब मुखर्जीले सही अर्थमा देशलाई चिन्छन् भनिन्। उनको अनुभवबाट देशलाई दिशा प्राप्त भइरहको बताइन्। 
उनले अझ भनिन्, राष्ट्रपति श्री प्रणव मुखर्जीको लामो अनुभव र क्षमताका कारण नै सबै राजनैतिक पार्टीले राष्ट्रपतिको कार्यालयमा निर्वाचित गर्न हातमा हात मिलाएका थिए। मुख्यमन्त्री ब्यानर्जीले पश्‍चिम बङ्गाल र दार्जीलिङ पहाडको निम्ति श्री मुखर्जीको धेरै माया भएको पनि बताइन्। 
कार्यक्रमको अवसरमा पहाडको विविध जातीय सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण भएको थियो। यस अवसरमा विभिन्न सामाजिक सङ्गठनहरूले राष्ट्रपतिलाई सम्मान जनाए।

0 Response to "दार्जीलिङ एउटा मिनी भारत हो-राष्ट्रपति"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.