-->
मदन तामाङ हत्याकाण्ड र गोर्खाल्याण्डको मुद्दाबारे गोर्खालिग टोलि दिल्ली जाने न्यायको प्रतिक्षामा धैर्य टुटिसकेको छ – भारती तामाङ

मदन तामाङ हत्याकाण्ड र गोर्खाल्याण्डको मुद्दाबारे गोर्खालिग टोलि दिल्ली जाने न्यायको प्रतिक्षामा धैर्य टुटिसकेको छ – भारती तामाङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 जुलाई। ‘न्यायको निम्ति प्रतिक्षा गरेर बसेको छ वर्ष नाघिसक्यो। आजसम्म न्याय पाएका छैनौँ। न्यायको प्रतिक्षामा बस्दा बस्दा अब त धैर्य पनि टुटिसकेको छ। तै पनि न्याय पाउँछौँ कि! भन्ने आशा भने छ’ – उक्त कुरा अखिल भारतीय गोर्खालिग पार्टीका पूर्व अध्यक्ष स्वर्गीय मदन तामाङकी पत्नि एवम् वर्तमान अभागोलि अध्यक्षा भारती तामङले भनेकि हुन्। उनी आज कालेबुङमा पार्टीको केन्द्रिय समितिको सभामा सहभागी बन्न आइपुगेकी थिइन्। 
यसक्रममा उनले आफ्नो पतिको हत्याराहरूलाई पक्राऊ गरेर सजाय दिन नसकेकोमा नैराश्य प्रकट गरिन्। न्यायको निम्ति उनले न्यायपालिका प्रति आशा साँचेर आजसम्म प्रतिक्षा गरेर बसे पनि न्याय दिनका निम्ति जाँच कार्य गर्ने सीबीआईले मुद्दालाई सही प्रकारले अघि बडाउने कार्य नगरेकोमा आश्चर्य प्रकट पनि गरिन्। उनी पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा अत्यन्तै भावुक बनेकी थिइन् भने गहभरी आँसु समेत छछल्किरहेको स्पष्ट देखिन्थ्यो। उनको सम्बोधन गर्नेक्रममा श्वर अवरूद्ध समेत बनेको थियो। 
‘म निराश भैसकेको छु। अब मलाई ईश्वर प्रति मात्रै आशा र भरोसा छ। अहिलेघरी न्याय पनि पैसामा बिग्दोरहेछ भन्ने लाग्न थालेको छ। अब न्यायको निम्ति तपाईँहरूले पनि प्रार्थना गरिदिनुहोस्’ - श्रीमती तामाङले गहभरी आँसु पार्दै अझ भनिन्। उनले न्यायपालिकाले न्याय दिनेछ भन्ने कुरामा झिनो आशा व्यक्त गर्दै न्यायालयमा सुनवाई बारम्बार पछि सर्ने कार्य भइरहेकोमा दु:ख प्रकट गरिन्। 
अभागोलि पार्टीको केन्द्रिय समितिको सभा आज यहाँको टाँसिडिङ टुरिस्ट लजमा सम्पन्न भएको थियो। श्रीमती भारती तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा वर्तमान राजनैतिक परिस्थिति अनि मदन तामाङ हत्याकाण्ड र गोर्खाल्याण्ड विषयमा चर्चा परिचर्चा भएको पार्टीका महासचिव प्रताप खातीले जानकारी गराए। उनले स्व. मदन तामाङ हत्याकाण्डको मुद्दालाई अघि बडाउँदै अनि न्यायको निम्ति यसै महिनाको अन्तिम सातामा पार्टीको प्रतिनिधि टोलि दिल्ली जाने भएको छ जानकारी गराएका छन्। 
‘हामी जुलाई महिनाको अन्तिमा साता दिल्ली जानेछौँ। त्यहाँ मदन तामाङ हत्याकाण्डको मुद्दाबारे सीबीआई निर्देशकलाई भेट गर्नेछौँ। सीबीआई प्रधानमन्त्री कार्यलय अधिनस्थ भएको कारण हामी पीएमओ कार्यलयमा पनि जानेछौँ। सम्भव भयो भने प्रधानमन्त्रीलाई समेत भेट गर्नेछौँ’ प्रताप खातीले भने। उनले दिल्ली यात्राको क्रममा पार्टीको प्रतिनिधी टोलिले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन गृहमन्त्रीलाई पनि भेटगर्ने योजना रहेको जानकारी गराएका छन्। 
‘छुट्टै राज्यको निम्ति जनताको जुन आकाङक्षा छ त्यो हराउँदै गइरहेको छ। छुट्टै राज्य भनेर काम गर्नेहरू सबै ढलपल भए। भोटमा मात्रै छुट्टै राज्य भन्नेहरू चुनाव पछि चुपचाप बस्ने भए। छुट्टै राज्य भन्ने कुरा दोबाटोमा छोडेको भैँसी जस्तै भयो’ प्रताप खातीले कुनै पनि राजनैतिक दलको नाउँ नलिइ कटाक्ष गर्दै भने। आजको सभामा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउने विषयमा चर्चा भएको जानकारी गराउँदै अब अभागोलिले यस मुद्दालाई अघि बडाउँदै पोस्टरिङ गर्ने, पाम्फलेट वितरण गर्ने कार्यहरू गर्ने प्रताप खातीले अझ बताएका छन्। 
उनले दिल्ली यात्राको क्रममा गोर्खाल्याण्डको मुद्दासँगै मदन तामाङ हत्याकाण्डको आरोपिहरूलाई पक्राऊ र पिडितलाई न्याय दिलाउनका निम्ति आवाज उठाउने पनि बताए। यद्यपी आफुहरूले न्यायको निम्ति कानुनी प्रक्रिया पनि गरिरहने बताएका छन्। उनले आजसम्म सीबीआईका अधिवक्ता न्यायालयमा उपस्थित नभएकोले बारम्बार सुनवाई पछि सर्ने कार्य भएको कारण पिडित पक्षमा नैराश्यबोध हुन स्वाभाविक रहेको पनि बताए।

Related Posts

0 Response to "मदन तामाङ हत्याकाण्ड र गोर्खाल्याण्डको मुद्दाबारे गोर्खालिग टोलि दिल्ली जाने न्यायको प्रतिक्षामा धैर्य टुटिसकेको छ – भारती तामाङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.