-->
जिल्ला गठनको आधिकारिक प्रक्रियाले जापले मनायो खुशीयाली ...... चुनाउ हरेर पनि जापले जनआंकाक्षालाई हार्न दिएको छैन – विशाल राई

जिल्ला गठनको आधिकारिक प्रक्रियाले जापले मनायो खुशीयाली ...... चुनाउ हरेर पनि जापले जनआंकाक्षालाई हार्न दिएको छैन – विशाल राई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 7 जून। कालेबुङ जिल्ला गठनका निम्ति आधिकारिक प्रक्रिया आरम्भ हुनसाथ जनआन्दोलन पार्टीले विजय उत्सव मनाएको छ। आधिकारिक प्रक्रिया आरम्भ भएपछि जापले आज कालेबुङ शहरमा विजय जुलुस नै निकालेको थियो। 
दार्जीलिङ जिल्लापालले कालेबुङ जिल्ला अनि मिरिक महकुमा निर्माणको निम्ति पहिलो सर्वदलिय बैठक डाकेको पत्र पाउन साथ जापले खुशीयाली मनाउन थालेको हो। यसक्रममा जापका कार्यकर्ताहरूले ‘हर्कबहादुर छेत्री जिन्दावाद, कालेबुङवासीलाई बधाई छ’ जस्ता नाराबाजी गर्दै जुलुस निकालेको थियो। 
जुलुसको क्रममा उनीहरूले यहाँको डम्बर चौकमा पटेका पड्काएर विजय उत्सव नै पालन गरे। जाप कार्यलयबाट निकालिएको उक्त जुलुसले यहाँको थाना डाँडा, मेन रोड, डम्बर चौक हुँदै दशमाइल फाटक भएर शहर परिक्रमा गरेको थियो। उक्त जुलुस शहर परिक्रमा गर्दै डम्बर चौक आइपुगे पछि जाप कार्यकर्ताहरू खुशीयाली मनाउँदै नाचेका थिए। 
विधानसभा चुनावमा पराजित भए पनि जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले उठाएको छुट्टै कालेबुङ जिल्ला गठनको प्रक्रिया आरम्भ भएपछि जाप कार्यकर्ताहरूमा अझ उत्साह बढेको छ। 
यसक्रममा आज उनीहरू डम्बर चौकमा ‘यता फर्क, उता फर्क, चारैतिर हर्कै हर्क’ भन्ने गीत गाउँदै नाचेका थिए। शहरमा जुलुस निकालेपछि यता पत्रकारहरूलाई सम्बोधन गर्दै जाप युवा एकाइका प्रवक्ता विशाल राईले ‘जापले चुनाउ हारेर पनि जनआंकाक्षालाई हार्न दिएका छैनौँ’ भने। उनले चुनाउमा कसैको हार हुने नै भएपनि जनताको आंकाक्षा भने हार्नु हुँदैन भन्दै जापले उठाएको जनआंकाक्षा पुरा हुन लागिरहेको दाबी गरे। यसक्रममा राज्यसितको सुमधुर सम्बन्ध र ठिक राजनैतिक रणकौशलको कारण नै जापले जनतासित गरेको वाचा पूर्ण भइरहेको विशाल राईले बताएका छन्। 
‘जापले जनतासित गरेका जम्मै वाचाहरू पूर्ण हुनेकुरा कालेबुङ जिल्ला निर्माणको प्रक्रियाले प्रमाणित गरेको छ। यो जापले ल्याएको सबैभन्दा ठूलो उपलब्धि हो’ विशाल राईले भने। उनले आफ्नो सम्बोधनको क्रममा गोजमुमोप्रति व्यङ्ग्य गर्दै ‘कालेबुङ जिल्ला बनिनका निम्ति भोटाङलाई सोध्नपर्छ भन्नेहरूलाई आज गतिलो जवाब मिलेको छ’ भने। 
जिल्ला गठनको आधिकारिक प्रक्रिया आरम्भ भएपछि विमल गुरुङले भोटाङलाई सोध्नुपर्छ भन्ने कुरा गलत प्रमाणित भएको बताउँदै जापले इमान्दारसँग काम गरेको कारण जिल्ला गठनको प्रक्रिया अघि बढेको बताए। जापमा निष्ठावान र इमान्दार नेतृत्वहरू भएको कारण जनतालाई दिएको वाचा आज पुरा हुनलागेको पनि दाबी उनले गरे। कालेबुङ जिल्लालाई विश्वकै सुन्दर जिल्ला बनाउन सबैको सहकार्यको आह्वान गर्दै प्रशासनले पनि जमिनी स्तरमा पुगेर जापले बुझाएको तीनवटा महकुमा र 10 वटा खण्ड निर्माणको प्रक्रियालाई पनि अघि बढाइदिन विशाल राईले आह्वान गरे। 
अर्कोतिर पत्रकार सम्मेनललाई सम्बोधन गर्ने क्रममा जाप टाउन कमिटीका संयोजक प्रदीप छेत्रीले डा. हर्कबहादुर छेत्रीको दुर्दर्शी नेतृत्वको कारण नै जिल्ला गठनको प्रक्रिया अघि बडेको बताए। यसको निम्ति उनले राज्यसरकारप्रति आभार प्रकट गरेका छन्।

Related Posts

0 Response to "जिल्ला गठनको आधिकारिक प्रक्रियाले जापले मनायो खुशीयाली ...... चुनाउ हरेर पनि जापले जनआंकाक्षालाई हार्न दिएको छैन – विशाल राई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.