-->
जिल्ला गठनको मुद्दापछि अब जापले पानी, पञ्चायत र पर्चापट्टामा मुद्दा उठाउने   ......मोर्चाले जिल्लाको निम्ति काम नगरी श्रेय लिन खोजीरहेको छ - जाप

जिल्ला गठनको मुद्दापछि अब जापले पानी, पञ्चायत र पर्चापट्टामा मुद्दा उठाउने ......मोर्चाले जिल्लाको निम्ति काम नगरी श्रेय लिन खोजीरहेको छ - जाप

डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 जुन। जन आन्दोलन पार्टी केन्द्रिय युवा एकाइले पनि राज्यको पाँचवटा जिल्ला सितै कालेबुङ जिल्लाको गठन प्रक्रिया अघि बडाउनु भनी दिएको विभागीय निर्देशको निम्ति बंगालकी मुख्यमन्त्री ममता व्यानर्जीलाई धन्यवाद दिएको छ।
आज एक विज्ञप्ती जारी गर्दै केन्द्रिय युवा प्रवक्ता सन्दिप कुलुङले जन आन्दोलन पार्टी जनताको हितमा कार्य गर्ने पार्टी रहेको कारण जिल्लाको मुद्दालाई पनि लगभग पार लगाइसकेको दावी गरे। उनले भने - पहिले मोर्चा तथा मोर्चा अध्यक्ष बिमल गुरूङ समेतले जिल्लाको विरोध गर्दै जिल्ला सम्भव नरहेको बताएका थिए। सत्तासिन राजनैतिक दलले कालेबुङको जनताको हितमा कार्य गर्ने छाँट नदेखाएपछि नै जापको उदय भएको हो। जापले जिल्ला गठनको मुद्दालाई तृणमूल स्तरदेखि कलकता सम्म पुर्याएपछि जुनप्रकारले जनताले जापलाई समर्थन गर्न थाल्यो तब मात्र मोर्चाले जिल्लाको मुद्दालाई समर्थन गरेको हो तर हाल जिल्लाको निम्ति कुनै कार्य पनि नगरी जिल्लाको क्रेडिट लिन खोजिरहेको छ।
जिल्ला गठनको श्रेय सर्वप्रथम जाप अध्यक्ष डा. हर्क बहादुर छेत्री अनि जिल्लाको निम्ति संघर्ष गर्ने जिल्ला प्रेमीलाई जाने बताउँदै कुलुङले मोर्चाले जनताको हितमा कार्य होइन गोर्खाल्याण्डको नाममा आरोप मात्र गरिरहेको आरोप लगाए। उनले भने - जाप पार्टीले मोर्चाले जस्तो भाका फेर्दैन। मोर्चा अहिले भाका फेर्दै हिड्दैछ। हामी जनताको आधारभुत समस्यामाथि काम गर्छौ अनि टुङगो पनि लगाएर छाडछौं। मोर्चाले गोर्खाल्याण्ड भन्दै भोट माग्यो, बंगाल सरकार गोर्खा विरोधी भन्यो तर चुनाउ सकेपछि गोर्खाल्याण्डको मुद्दालाई थन्को लगाएर मिलेर विकास गरौं भन्दै कलकता पुगेको छ। अब जनताले के बुझ्नु ?
जापलाई मोर्चाले गोर्खाल्याण्ड विरोधी भन्छ तर जापले गोर्खाल्याण्डको मागको निम्ति तयार बनाएर मोर्चा, जीटिए अनि सांसदलाई बुझाएको गोर्खाल्याण्डको बील सरकारलाई त बुझाउन टाडोको कुरो जनतालाई समेत देखाउन सकेको छैन। यदि मोर्चा गोर्खाल्याण्ड प्रति ईमान्दार छ भने जीटिएमा गोर्खाल्याण्डको बील पास गर्नु पर्छ, जापले दिएको गोर्खाल्याण्डको बील संसदमा बुझाउन सकनु पर्छ।
कुलुङले प्रश्न गर्दै भने - उक्त बील के भयो? मोर्चाको ईमान्दारिता यहीबाट जनताले स्पष्ट बुझिसकेका छन्। जाप पार्टी मोर्चा जस्तो भाका फेर्दै नाटक मात्र गर्ने पार्टी नभएर कार्यमा विश्वास गर्ने पार्टी भएको कारण जिल्लाको गठन प्रक्रिय शुरू भइसकेपछि अब जापले पिउने पानी, पञ्चायत चुनाउ र वनवासी, चियावगान अनि सिन्कोनावासीको पर्चापट्टाको निम्ति कार्य गर्ने बताउँदै प्रवक्ता कुलुङले यी समस्याहरूको विषयमा पार्टीको डेलिगेशन टीमले चाँडै सरकार समक्ष कुरा राख्ने बताए। मोर्चाले चाहेर पनि पञ्चायत चुनाउ गर्न नचाहेको हो। किन भने पञ्चायत चुनाउ पहाडमा लागु भएको खण्डमा जीटिएको शक्ति घटेर जाने औ जनताको राज चल्ने कुरा थाहा भएपछि मोर्चा मौन बसेको हो - कुलुङले भने।
उनले अझ भने- मोर्चाले जिल्ला हुँदैन भन्यो हामीले जिल्ला ल्याएर देखायौं, अब जनताको पर्चापट्टा साथौ पहाडमा पञ्चायत चुनाउ लागु गरेर देखाँउछौं। जाप हारे पनि कालेबुङमा मोर्चाको विरोधमा धेर जनता रहेको कारण यो परिवर्तनको लहर अब मोर्चाको पैसाले रोक्न सक्दैन।
अर्को तिर तोदे क्षेत्रमा जापको पत्तासाफ भनेर दिएको सभासद लोपसाङ लामाको वयानको खण्डन गर्दै कुलुङले भने - सभासदले तोदेमा जापले होइन विकास बोर्डको कारण मोर्चा होरेको बताएका रहेछन तर यही वयानबाट जनताले स्पष्ट बुझ्नपर्छ कि गरिब जनताको निम्ति सभासदको नियत ठिक छैन किनभने गरिब जनताको बिकास बोर्डबाट घर निर्माण भएको ठिक लागेको छैन। तोदेको रोड जीटिए गठन भएको चार साल पछि चुनाउको मौका छोपेर पेलाइ शुरू गर्यो तर हाल त्यस बाटोको गुणस्तर अनि अवस्था हेर्दा सभासदले चिन्ता गर्ने अवस्था देखेका छौं। अब जाप पार्टी चुप लागेर बस्दैन। आजसम्म 45 नम्बर समष्टीमा जति कार्य भएको छ धेर जसो कार्य जीटिएको माध्यमबाट होइन विभाग (बीएडिपी,बिजुली विभाग) बाट भएको हो।
विभागले गरेको कार्यलाई लिएर सभासदले राजनिति गर्नु नहुने सुझाउ राख्दै कुलुङले रोंगो जाने रोड कतिपल्ट पास भयो, काम कसले पायो अनि रोडको अवस्था हाल के छ भन्ने कुरा विकासको धाक देखाउने सभासदले जनतालाई स्पष्ट बुझाइदिन पर्छ नत्र त्यो पनि हामी देखाउन तयार छौं। अब हामी जनताको हितको निम्ति प्रत्येक विकास को कार्यमा पार्टीगत रूपमा निग्रानी राखे हस्तक्षेप गर्नेछौं किन भने विकासको निम्ति आएको पैसा जनताको निम्ति हो नेता र ठेकादारको निम्ति होइन।

सप्ताहव्यापी जापको धर्ना समाप्त 

डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 जुन। पिउने पानीको मागमा गत 23 मईको दिनदेखि जनआन्दोलन पार्टीले सुरु गरेको सप्ताहव्यापी धर्ना समाप्त भएको छ। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा चलिरहेको धर्ना आज १० दिन पछि फिर्ता गरिएको हो। पिउने पानीको सर्वराह सही प्रकारले अनि नियमित गर्नुपर्ने मागमा सुरु गरिएको धर्नाको अवधी राज्यको मुख्यमन्त्री, राज्यपाल, पिएचई सचिव, जिल्लापाल, जीटीए प्रमुख, महकुमा अधिकारी आदिलाई समस्या समाधानको माग गर्दै पत्रचार गर्ने कार्य भएपछि उक्त धर्ना फिर्ता गरिएको जाप टाउन कमिटि संयोजक प्रदीप छेत्रीले बताएका छन्। यसैक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्ला निर्माण प्रक्रिया झट्टै सुरु गर्ने निर्देश दिएको कारण जाप टाउन कमिटिले मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गरेकी छन्।

Related Posts

0 Response to "जिल्ला गठनको मुद्दापछि अब जापले पानी, पञ्चायत र पर्चापट्टामा मुद्दा उठाउने ......मोर्चाले जिल्लाको निम्ति काम नगरी श्रेय लिन खोजीरहेको छ - जाप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.