-->
क्रामाकपा प्रतिनिधी टोलिको केन्द्रिय गृहराज्य मन्त्री किरण रिजिजुसँग भेट .....छुट्टै राज्य गोर्खाल्याण्डसँगै विविध मागहरू पेश

क्रामाकपा प्रतिनिधी टोलिको केन्द्रिय गृहराज्य मन्त्री किरण रिजिजुसँग भेट .....छुट्टै राज्य गोर्खाल्याण्डसँगै विविध मागहरू पेश

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 जून। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) को ६ सदस्यिय शिष्ट मण्डली टोलिले दिल्ली स्थित नर्थ ब्लकमा आज गृह राज्यमन्त्री किरण रिजिजु सँग भेटघाट गरेको छ। केन्द्रिय सचिव गोविन्द छेत्रीको नेतृत्वमा रहेको उक्त प्रतिनिधि टोलिमा नर्बु लामा, किशोर प्रधान, उत्तम छेत्री, रुपेन गुरुङ, किरण बि के, भानु प्रकाश छेत्री उपस्थित रहेका थिए।
उक्त भेटघाटमा गृह राज्यमन्त्री रिजिजुलाई क्रामाकपाले ८ सूत्रीय माग प्रस्तुत गरेको छ। क्रामाकपाले राखेको उक्त आठ सुत्रीय मागको प्रथम बुँदामा छुट्टै राज्य गोर्खाल्याण्डको माग उल्लेख गरिएको छ।
‘भारतभरीका गोर्खाहरू छुट्टै राज्य गोर्खाल्याण्डका निम्ति संघर्षरत रहेका छन्। आजसम्म गोर्खाहरूलाई सरकारले न्याय दिएको छैन। यसकारण केन्द्र सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर भारतभरी छरिएका गोर्खाहरूलाई न्याय दिनुपर्छ’ क्रामाकपा टोलिले मन्त्री रिजिजुलाई माग राखे।
यसक्रममा छुट्टै राज्यकै मागमा दार्जीलिङ पहाडबाट भाजपा प्रार्थी जसवंत सिँह अनि एस.एस आहलुवालीयालाई सांसद चुनेर पठाएको पनि प्रतिनिधी टोलिले मन्त्रीलाई स्मरण गराए।
उक्त भेटघाटको क्रममा अखिल भारतीय गोर्खालिग पार्टीका अध्यक्ष मदन तामाङको हत्या सम्बन्धि आजसम्म न्यायिक प्रक्रिया समाप्त नभएको कारण परिवार पक्षले न्याय पाउन नसकेको बताउँदै यसबारे सरकारले उचित कार्वाही गर्दै दोषीलाई पक्राऊ गरेर पिडीतलाई न्याय दिनुपर्ने माग गरेको छ।
भेटघाटको क्रममा गोर्खा जातिका ११ वटा जात गोष्ठीलाई जनजातिको सुचीमा गाभिनु पर्ने माग सँगै सम्पूर्ण भारतीय गोर्खाहरुलाई नै जनजातिको सूचीमा समावेश गर्नुपर्ने क्रामाकपाले गृहराज्यमन्त्रीलाई माग गरेको छ। 
क्रामाकपा टोलिले उक्त भेटघाटकै क्रममा बिगत बर्ष ३० जुनका दिन अविरल वर्षाको कारण पैह्रो गएर मिरिक, दार्जीलिङ अनि कलेबुङका मानिसहरूले ज्यान गुमाएको स्मरण गराउँदै पिडीतहरूलाई आजसम्म क्षतिपुर्ति नदिएको जानकारी गरए। यसबारे उक्त भिषण भलपैह्रोको जानकारी लिन मन्त्री किरण रिजिजु उपस्थित रहेको बताउँदै पिडीतहरूलाई दिएको आश्वासन आजसम्म किन पुरा गरिएको छैन भनि प्रश्न गर्दै उक्त आश्वासन पुरा गर्नुपर्ने क्रामाकपाले माग गरेको छ। 
क्रामाकपाले राखेका विविध मागहरूलाई मन्त्री रिजिजुले गम्भिरतापूर्वक लिएपछि गोर्खाहरूको माग पुरा गर्नका निम्ति आफ्नो पक्षबाट कार्य गरिदिने आश्वान दिइएको छ। उनले यसबारे क्याबिनेटमा प्रस्ताव पठाउने पनि क्रामाकपा प्रतिनिधि टोलिलाई आश्वासन दिएको छ। 
अर्कोतर्फ यता एघार जात गोष्ठिलाई जनजातिको मान्यता दिने सन्दर्भमा मन्त्री रिजिजुले सरकारले सकारात्मक पहल गरिरहेको अनि यस मागको चाँडै समाधान हुने बताएका छन्। 
अर्कोतर्फ मदन तामाङ हत्याकाण्ड सम्बन्धि उनले उक्त मुद्दा सीबीआईको हातमा रहेको बताउँदै सरकारले न्याय दिनका निम्ति सहयोग गर्ने आश्वान दिएको छ। 
यसैक्रममा गतवर्ष गएको भलपैह्रो अनि यसको क्षतिपुर्ति सम्बन्धि आजसम्म राज्य सरकारले सहयोग नगरेको आरोप लगाएको क्रामाकपा द्वारा जारि बिज्ञप्तिमा उल्लेख गरिएको छ। राज्यले सहयोग गरे केन्द्र सरकारको पक्षबाट सहयोगको धनराशी पठाउने मन्त्रीले जानकारी दिएको अझ बिज्ञप्तिमा बताइएको छ। 
अर्कोतर्फ क्रामाकपाको प्रतिनिधी टोलिले आज वाणिज्य मन्त्री निर्मला सितारमणलाई पनि भेट गरेको छ। उक्त भेटघाटको क्रममा क्रामाकपाको टोलिले दार्जीलिङ पहाडको वर्तमान चियाबगानका श्रमिकहरूको अवस्था माथि जानकारी गराइएको थियो। हाल दार्जीलिङ पहाड लगायत तराई डुवर्सका चिया कमानहरू बन्द भएको कारण त्यस क्षेत्रका श्रमिकहरूले भोग्न परिरहेको समस्याबारे चर्चा गर्दै सरकारले समाधानको मार्ग खोजि निकाल्नु पर्ने माग गरिएको छ। 
हाल अल क्यामिष्ट ग्रुपद्वारा सञ्चालित चिया बगानहरू बन्द रहेको अवस्थामाथि चर्चा गर्दै त्यस ग्रुपका मालिक के.बी. सिंह हाल राज्यसर सांसद समेत रहेको बताउँदै उनलाई तृणमूल सरकारले कार्वाही समेत नगरेको चर्चा गरिएको थियो। हाल बगान बन्दको कारण बगानबाट बगानबाट मानिसहरू पलायन हुने क्रम बडीरहेको मन्त्रीलाई अवगत गराइएको थियो। 
यसक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र विदेशमा उधोगपतिहरूसँग भेटघाट गरेर देशमा उद्योग विस्तारका कुराकानी गर्दा पनि यता देशकै चर्चित दार्जिलिङ चिया उद्योगलाई भने सरकारले हेरचाह नगरेको मंत्रीलाई जानकारी गराएको गोबिन छेत्रीले बताए। यसबारे मन्त्री निर्मला सितारमणले चियाबगानको सङ्कटलाई समाधानको निम्ति पहल गर्ने अनि यसबारे जानकारी लिनका निम्ति आफु स्वयम् दार्जीलिङ पहाड भ्रमणमा आउने आश्वासन दिएको पनि छेत्रीले जानकारी दिएका छन्।

Related Posts

0 Response to "क्रामाकपा प्रतिनिधी टोलिको केन्द्रिय गृहराज्य मन्त्री किरण रिजिजुसँग भेट .....छुट्टै राज्य गोर्खाल्याण्डसँगै विविध मागहरू पेश "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.