-->
 डुवर्सको भूभाग कालेबुङ जिल्लामा गाभ्न  दिनेछैनौ- तेज कुमार टोप्पो, विधायक सुक्रा मुण्डा

डुवर्सको भूभाग कालेबुङ जिल्लामा गाभ्न दिनेछैनौ- तेज कुमार टोप्पो, विधायक सुक्रा मुण्डा

राजेश शर्मा, कालिमन्युज, नगरक़ट्टा, 10 जुन 2016: कालेबुङ जिल्लाको सिमाकन गर्दा यसको क्षेत्र वृद्धि गर्दै डुवर्सको भूभाग पनि गाभ्ने गोजमूमोको प्रस्तावनामा डुवर्सका अदिवासी नेताहरुले आपत्ती जनाएका छन। 
आदिवासी विकास परिषदको डुवर्सका नेता तेज कुमार टोप्पोले बताए कि मुख्य मंत्री ममता ब्यानर्जीले दार्जीलिङको जिल्लाको एक महकुमालाई अलग गरेर कालेबुङ जिल्ला बनाउने योजनालाई विफल बनाउनको निम्ति गोजमुमोले माल, मटेली एवं नगरकट्टा गाभने मांग गरेको हो। तिनले भने कि ममता ब्यानर्जीले विकासको निम्ति कालेबुङ जिल्ला बनाउन चाहेका हुन भने यसमा हाम्रो शुभकामना छ । तर गोजमुमोले सिलगड़ी एवं डुवर्सको भू- भागलाई कालेबुङ जिल्लामा गाभ्ने प्रयास गर्छ भने त्यसको हामी घोर विरोध गर्छौ। 
तिनले चेतावनी दिदै भने "पहाडले डुवर्सलाई बारम्बार अशान्तिको घेरामा पारेर डुवर्सको क्षेत्रका मानिसलाई बिपदमा पार्ने काम गरेको छ । अब पनि कालेबुङ जिल्ला बनाउने मागलाई लिएर डुवर्सको भू-भाग काटने योजनालाई लिएर डुवर्समा अशान्ति फैलाउन पाउदैन"। 
जुन क्षेत्रहरु गाभ्ने प्रस्तावना गोजमुमोले राखेको छ त्यहाका मानिसहरुलाई लिएर आउदो आइतबार मालबजारमा एक बैठक गरिने छ त्यो बैठक पछि आन्दोलनको निर्णय लिइने तिनले बताए । हामी डुवर्स साथै सिलगड़ीको एक इन्ची भू- भाग पनि कालेबुङमा जिल्लामा गाभ्न दिने छैनौ तिनले अंतमा थपे। 
यता नगरकट्टाका विधायक सुक्रा मुण्डाले पनि जसरी जलपाईगड़ी जिल्लाको केही अंशलाई लिएर अलिपूरद्वार महकुमालाई जिल्ला बनाइएको थियो कालेबुङ जिल्ला पनि त्यसरीनै बनिन पर्छ। गोर्खा जनमुक्ति मोर्चाले प्रस्ताव गरेको नगरकटटा ब्लकलाई छोए त्यो क्षेत्रमा अशान्ति रहने छ भनि तिनले चेतावनी दिए। 
पहाड़ले डुवर्सको भू- भागलाई लिएर राजनीति गर्नु ठिक होइन । माल, मटेली, नगरकट्टालाई कालेबुङ जिल्लामा अन्तरभूक्त गर्ने मांग उठाएर यस क्षेत्रमा अशान्ति फैलाउने काम हुदैछ यस बिषयमा म सरकार् समक्ष बातचित गर्ने छु भनि तिनले थप जनाए। 
म एक् विधायक र यस क्षेत्रको जन प्रतिनिधि चुनिएकोले नगरकटाको जनताको हितमा आवाज उठाउन वा काम गर्नू मेरो प्रमुख कर्तव्य हुने कारणले उपरोक्त बिषयलाई लिएर सरकार समक्ष अवस्य बात गर्नेछु, विधायक मुण्डाले बताए । 
कालेबुङ जिल्ला बनिनुमा मलाई कुनै पनि आपति छैन तर दार्जीलिङ जिल्ला वा जीटीएको जुन भौगोलिक मानचित्र पर्नेक्षेत्र भित्र पर्ने जग्गाहरुलाई लिएर कालेबुङ जिल्ला बनिनु पर्ने छ् भन्दै तिनले कालेबुङ क्षेत्रमा डुवर्सको कुनै पनि भू-भाग गाभिनु हुदैन भनि अझ जोड दिए।

0 Response to " डुवर्सको भूभाग कालेबुङ जिल्लामा गाभ्न दिनेछैनौ- तेज कुमार टोप्पो, विधायक सुक्रा मुण्डा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.