-->
जयगाँउ नगरपालिका नहुने, जेडीएले काम गर्नू पर्ने – केन्द्रले जिम्मा लिएको चिया बगानको निम्ति केन्द्रले जिम्मा लियोस ---- ममता ब्यानर्जी....

जयगाँउ नगरपालिका नहुने, जेडीएले काम गर्नू पर्ने – केन्द्रले जिम्मा लिएको चिया बगानको निम्ति केन्द्रले जिम्मा लियोस ---- ममता ब्यानर्जी....

राजेश शर्मा, कालिमन्युज्, जयगाँउ 28 जुन ।"2016 चुनाउ अधि भारतको केन्द्र सरकारले जुन आसवासन दिएको थियो जसमा जुन जुन बन्द चिया बगानलाई केन्द्र अधिन लिने घोषणा गरिएको थियो त्यो माथी केन्द्र सरकारले आजसम्म केही गरेको छैन अत: झट्टै काम गर्नु पर्छ । डुवर्समा बन्द 6वटा चिया बगानको जिम्मा राज्य सरकारको पक्षबाट लिएर् त्यँहा मिडडे मिल, एक सौ दिनको काम गर्ने ,बगानको बिजलुको बिल तिरने, 2 रुपिया केजीमा चामल बितरण गर्ने काम लगातार गरिरहेको छ ।"
अलिपूरद्वार जिल्ला गठन भएको दुइ बर्ष पुगेको उपलक्ष्यमा आयिजत द्वयवार्षिक् समारोहमा भाग लिन आएकी बंगालको मुख्य मंत्री ममता ब्यानर्जीले संचार कर्मीहरुसंग कुराकानि गर्दै उक्त कुरो बताइन।
आज मुख्य मंत्री ममता ब्यानर्जीले कालचिनी ब्लकको सुभासिनि खेल मैदानमा जिल्लाका उच्च अधिकारीहरुलाई लिएर 129वा प्रशासनिक बैठक गरिंन । आजको यस बैठकमा पुलिस प्रसाशन, बिडिओ , डिएम, एडिएम, एसडियो लगायत धेरै उच्च अधिकारलाई साथ लिएर राज्य सरकारको प्रमुखसचिव, गृह् सचिव अनि धेरै विभागका प्रतिनिधि उपस्थिति रहेका थिए। 
यस प्रशासनिक बैठकमा प्रमुख रुपमा केन्द्र सरकारले जिम्मा लिएको बन्द चिया बगानमा भएको कामको समिक्षा गरियो ।
जुन 6 वटा चिया बगान बन्द छ त्यसको निम्ति राज्य सरकारले काम गरिरहेको छ र चाँँड़ो भन्दा चाँँड़ो लिलाम गरि बन्द चिया बगान खोलाउने प्रयास गरिने छ भनि तिनले आश्वासन दिइन ।
अलिपूरद्वार नयाँ जिल्लाले आज धेरै राम्रो काम गरिरहेको बताउदै मुख्य मंत्रीले जिल्ला अधिकारी अनि कर्मचारीहरुप्रति आभार ब्यक्त गरिन । तिनले भनिन, " यो क्षेत्र सिमावर्ती रहेको हुदा यहाँ शान्ति कायम राख्न पर्छ जो यँहा व्याप्त देखियो" भन्दै यसमा तिनले खुसि ब्यक्त गरिन ।
तिनले भनिन नयाँ जिल्लाको देख रेख गर्नको निम्ति राज्य सरकारको पक्ष देखी प्रन्सिपल सेक्रेटेरी, चिफ सेक्रेटेरि, गृह सचिव, पुलिस डिजि, आइजी, एसडीओ, एडिसनल एसपि, एसडिपिओ लगायत सम्पूर्ण अधिकारीहरुको उपस्थितीमा 129वा बैठक सम्पन्न भयो ।
तिनले यो पनि घोषणा गरिन कि जयगाँउ नगरपालिका हुदैन यो अन्तर्राष्ट्रिय सिमामा रहेको कारण यस क्षेत्रको निम्ति जयगाँउ डेभलपमेन्ट अथरिटी दिएको छौ अनि कालचिनि ब्लको विधायक विलसन चमप्रमारीलाई राम्रो रुपले काम गर्ने आदेश दिएको छु ।
जयगाँउका बासिन्दाले जयगाँउ डेभलेपमेन्ट अथरिटीको माध्यमले काम गर्नू पर्ने बताइन। यस अवसरमा संचार कर्मीहरुको प्रश्नको उत्तरको क्रममा भनिन कि फायरब्रिगेड बिभागको आवस्यकताबारे म सोचने छु । आजको बैठकमा मेन्दाबाड़ी अस्पतालको निम्ति डाक्टर दिने अनि आवश्यक परे अस्पतालको जिम्मा मुख्य मन्त्री स्वयले लिने पनि बताइन ।
मुख्य मंत्री ममता ब्यानर्जी बैठक पश्चात सिलिगडीमा उत्तर कन्यामा दार्जीलिङ्, कुचबिहार, जलपाईगड़ीको प्रशासनिक अधिकारीहरु माझ डाकिएको बैठकमा भाग लिन प्रस्थान गरिन ।

Related Posts

0 Response to "जयगाँउ नगरपालिका नहुने, जेडीएले काम गर्नू पर्ने – केन्द्रले जिम्मा लिएको चिया बगानको निम्ति केन्द्रले जिम्मा लियोस ---- ममता ब्यानर्जी.... "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.