-->
पर्चापट्टाको आन्दोलनलाई अघि बडाउने

पर्चापट्टाको आन्दोलनलाई अघि बडाउने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 जून। सिन्कोना बगान अनि चिया कमानका बासिन्दाहरूले पर्चा-पट्टा पार्नुपर्ने माग गर्दै दार्जीलिङ तराई डुवर्स प्लान्टेसन मजदुर सङ्गठन अनि जनमुक्ति पर्चा पट्टा संघर्ष कमिटिले आगामी 13 जुनदेखि सम्पूर्ण सिन्कोना बगानका गन्ति स्थलमा सभा गर्ने भएको छ। 
सिन्कोना बगान हाल जीटीएमा भूमिसँगै हस्तान्तरण भएको भन्दै सिन्कोना बगानका बासिन्दाहरूलाई विभागले झट्टै पर्चा पट्टा दिनुपर्ने मागमा उक्त कार्यक्रम गर्ने सभासद गोपाल रुचालले जानकारी दिएका छन्। उनले आज एकपत्रकार सम्मेलनको आयोजना गरेर यसभन्दा अघि दार्जीलिङ तराई डुवर्स प्लान्टेसन मजदुर सङ्गठनले पर्चा पट्टाको निम्ति विभागीय पक्षबाट पहल गरिरहेको बताउँदै अब जनतालाई अघि ल्याएर सडक आन्दोलनको थाल्नी गर्ने बताएका हुन्। 
‘हामीले पर्चा पट्टाको निम्ति अघिबाटै काम गर्दै आएका छौँ। यसभन्दा अघि सम्बन्धित विभागका अधिकारीवर्ग अनि कोलकोतामा विभागीय मन्त्रीहरूलाई पनि भेटघाट गरेर पर्चा-पट्टाको माग गरिसकेका छौँ। अब यसै मागलाई अघि बडाउँडै दातडुप्लालेयु अनि जनमुक्ति पर्चा पट्टा संघर्ष कमिटिले संयुक्त रुपमा गेटमिटिङ गर्नेछौँ’ सभासद गोपाल रुचालले भने।
उनले दार्जीलिङ पहाडमा सम्पूर्ण चिया कमान अनि सम्पूर्ण सिन्कोना बगानमा आगमी 13 जुनदेखि विहान गेट एक घण्टा गेट मिटिङ गरेर पर्चापट्टाको आन्दोलनलाई अघि बडाउने बताए। ‘हामी सिन्कोनाबासी अनि चियाकमानबासीले आजसम्म आफ्नो जमिनको मालिकाना हक पाएका छैनौँ। सम्पूर्ण सिन्कोनाकमान अनि चियाकमानमा बसोवास गर्दै आएका जनताले आफ्नो जमिनको मालिकाना हक पाउनुपर्छ भन्ने हाम्रो माग हो’ सभासद रुचालले अझ भने। 
उनले आजसम्म जमिनको मालिका अधिकार नपाएको कारण जनताले न्याय नपाएको कारण अब यो न्यायको निम्ति आन्दोलन हो भनि बताएका छन्। उनले उक्त पर्चा-पट्टाको निम्ति सम्पूर्ण सिन्कोना बगान अनि चिया कमानका मानिसहरू एक भएर अघि आउनुपर्ने आह्वान गरे। यसक्रममा उनले सिन्कोना बगानका जनताले पर्चा-पट्टा पाउनको निम्ति केहि सजिलो भएको दाबी गर्दै जिटिएमा सिन्कोना विभाग भुमिसँगै हस्तान्तरण भएको कारण यसबारे जिटिएले पहल गरिसकेको बताएका छन्। आफ्नो मालिका अधिकारको निम्ति सरकारलाई आवाज पुर्‍याउन आवश्यक रहेको कारण सम्पूर्ण जनता एकबन्नुपर्ने पनि उनले आह्वान गरे। 
पहिलो चरणमा चिया बगानमा गेट मिटिङ अनि सिन्कोना बगानमा गन्ति सभा गर्ने बताउँदै भविष्यमा अझ आन्दोलनलाई तिब्र पार्ने उनले बताए।

Related Posts

0 Response to "पर्चापट्टाको आन्दोलनलाई अघि बडाउने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.