अल इन्डिया लेफ्ट कोअर्डिनेसन कमिटिको सभामा क्रामाकपा सहभागीता
अल इन्डिया लेफ्ट कोअर्डिनेसन कमिटिको उक्त सभामा क्रामाकपा सँगै सीपीआई(एमएल) (पञ्चाब), सीपीआई, लाल निशान पार्टी (महाराष्ट्र), आरसीपीआई (केरला) का प्रतिनिधीवर्गले भाग लिएका थिए। उक्त सभामा हालै देशका ५ राज्यको विधानसभा चुनावबारे समीक्षा गरिएको किशोर प्रधानले जानकारी दिएका छन्।
यसका साथै सभामा दार्जीलिङ पहाड लगायत तराई-डुर्वसमा चियाश्रमिकहरूको समस्याबारे आलोचना गरिएको थियो भने बङ्गालमा माँ माटी र मानुसको सरकार अनि केन्द्रमा मोदि सरकारले चिया श्रमिकहरूको समस्या समाधानका निम्ति कुनै पहल नगरेको चर्चा गरिएको थियो।
यस लगायत चिया कमानमा श्रमिकहरूले रोजगारको पैसा नपाएको, खाध्य, औषधी आदिको कमीले दिनहुँ श्रमिकको अस्वाभाविक मृत्यु र युवा मजदुरहरूको बगानबाट पलायन भइरहेको अवस्थाबारे पनि चर्चा गरिएको थियो। यसबारे सभामा उपस्थित सबैले चिया श्रमिकहरूको गम्भीर अवस्था माथि चिन्ता व्यक्त गर्दै सरकारले चाडै मालिकहरूलाई दवाब लगाएर मजदुरहरूको हितमा ठोस कदम चाल्नका निम्ति अल इन्डिया लेफ्ट कोअर्डिनेसन कमिटिले सरकार अनि सम्बन्धित निकायलाई दवाब दिने निर्णय लिइएको छ।
सोहिक्रममा देशका बिभिन्न प्रान्तमा चलिरहेको जातिमुक्ति आन्दोलनमाथि पनि बिशेष चर्चा गर्दै दार्जिलिङ, तराई,डुवर्समा गोर्खा,आदिवासीहरूको चिन्हारी र राजनैतिक सुरक्षाको मागलाई अल इन्डिया लेफ्ट कोअर्डिनेसन कमिटिको तर्फबाट पूर्ण समर्थन गर्दै राष्ट्रको राजधानीमा हुने कार्यक्रममा सहयोग पुर्याउने निर्णय लिईयो लिएको किशोर प्रधानले अझ जानकारी दिएका छन।
यसैक्रममा स्वतन्त्र सेनानी शहिद भगत सिंहको जन्मदिनको अवसरमा आगामी २८ सितम्बर दिल्लीमा "नये भारतके वास्ते भगत सिंह और अम्बेडकर रास्ते" नामक कार्यक्रम आयोजना गरिने अनि उक्त क्रार्यक्रममा क्रामाकपाको छात्र संगठन डीआरवाईएफले भाग लिने प्रस्ताव ग्रहण गरिएको छ।
उक्त सभामा क्रामाकपाको तर्फबाट प्रवक्ता गोबिन छेत्री, नर्बू लामा, किशोर प्रधान उपस्थित रहेको उनले अझ जानकारी दिएका छन्।
0 Response to "अल इन्डिया लेफ्ट कोअर्डिनेसन कमिटिको सभामा क्रामाकपा सहभागीता"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.