
जेएसटीओ भित्र पैह्रो : माध्यमिक शिक्षक सङ्गठनको गठन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 मई। गोजमुमो पार्टीको भातृ सङ्गठन जनमुक्ति सेकेन्डरी टिचर्स अर्गनाइजेसन (जेएसटीओ) भित्र साङ्गठनिक पैह्रो गएको छ। जेएसटीओ कार्यकर्ताहरूले आज सामुहिक राजीनामा दिएर नयाँ शिक्षक सङ्गठन गठन गरेका छन। जेएसटीओबाट सामुहिक राजीनामा दिएका कार्यकर्ताहरूले आज राजीनामा दिनुको साथै ‘माध्यमिक शिक्षक सङ्गठन’ को गठन पनि गरेका छन्।
यहाँको श्यामादेवि भवनमा एउटा सभाको आयोजना गरेर सभामा उपस्थित 20 भन्दा अधिक कार्यकर्ताहरूले जेएसटीओबाट राजीनामा दिने निर्णय गरेका हुन्। उनीहरूले सङ्गठनबाट सामुहिक राजीनामा दिनुको साथै भविष्यमा शिक्षा सम्बन्धित समस्याहरूको समाधान गर्नका निम्ति काम गर्ने भएका छन।
यसक्रममा नवगठित माध्यमिक शिक्षक सङ्गठनको कालेबुङ खण्ड एकबाट लवङ लेप्चा, खण्ड दुईका विद्या सिँह अनि खण्ड तीनबाट सञ्जय राईलाई संयोजक चयन गरिएको छ। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै सञ्जय राईले जेएसटीओबाट सामुहिक राजीनामा दिएको पत्र केन्द्रिय समितिलाई पठाउने जानकारी गराएका छन्।
अर्कोतर्फ पत्रकारहरूलाई सम्बोधन गर्दै खण्ड दुईका संयोजक बिद्या सिँहले अब उसो भविषयमा नवगठित माध्यमिक शिक्षक सङ्गठनले जन आन्दोलन पार्टीको भातृ सङ्गठनको रूपमा कार्य गर्ने बताएका छन्। वितेको विधानसभा चुनावमा उनीहरूले जापलाई सहयोग गरेको स्पष्टिकरण दिँदै भविष्यमा पनि आफूले जापलाई सहयोग गर्ने विद्या सिँहले कटिबद्धता जाहेर गरिन्।
‘हामी सबैले गोर्खाल्याण्डको सपना साँचेका थियौँ अनि गोजमुमोलाई साथ दिएका थियौँ। दुर्भाग्यवस यस सपनालाई आजसम्म यसले पुरा गर्न सकेन। उनीहरूले गोर्खाल्याण्डको सपनालाई पुरा गर्न नसकेको कारण अब हामीले कालेबुङका सम्पूर्ण शिक्षक शिक्षिकावर्गलाई लिएर नयाँ सङ्गठन गठन गरेका हौँ। हामीले गोजमुमोको भातृ सङ्गठन जेएसटीओलाई अब परित्याग गरेका छौँ अनि नयाँ सङ्गठन बनाएर कार्य गर्ने निर्णय लिएका हौँ’ विद्या सिँहले स्पष्ट भने।
यसक्रममा उनले नवगठित सङ्गठनले हाललाई कालेबुङ जिल्लाको मुद्दालाई साथ र सहयोग दिने बताउँदै भविष्यमा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीको नेतृत्व अनि निर्देशनमा शिक्षा सम्बन्धित समस्याहरूको समाधान गर्नका निम्ति काम गर्ने बताइन्।
0 Response to "जेएसटीओ भित्र पैह्रो : माध्यमिक शिक्षक सङ्गठनको गठन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.