जापको समिक्षा सभा: तोदे क्षेत्रबाट मोर्चा हार्नु भनेको खतराको घण्टी बज्नु हो – जाप
तोदे शाखाध्यक्षको सभापतित्वमा सम्पन्न भएको सभामा मुख्यरूपले जाप केन्द्रिय युवा एकाईका अध्यक्ष नरेस कुमार राई, प्रवक्ता सन्दिप कुलुङ, जलढका तोदे ताङता खण्ड महासचिव कमल खड्का, सहसचिव मोहन तामङ, उपाध्यक्ष सीबी राई, प्रकाश बस्नेत, गणेश मुखिया, आशिस सोताङ आदिको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै उपाध्यक्ष सीबी राईले तोदे क्षेत्रबाट मोर्चा हार्नु भनेको तोदेको जनताको जीत हुनु रहेको बताए। आफु पहिले मोर्चाको कर्मठ सदस्य भएर कार्य गरेको भएपनि क्षेत्रिय सभासदले हाल सम्म कुनै प्रकारको जनताको हितमा कार्य गर्न नसकेको कारण पार्टी छोडेको बताए। उनले भने – ‘जलढका तोदे ताङता क्षेत्रको मानिसहरूलाई विशेष गरेर जिल्ला चाहिएको हो, तर क्षेत्रको सभासदले जिल्लाको विषयमा कुनै प्रकारको चासो नदेखाए पछि आफुहरू जापमा आएर जिल्लाको मुद्दालाई सहयोग गरेको हो’ सीबी राईले भने।
यसरी नै केन्द्रिय प्रवक्ता सन्दिप कुलुङले पनि तोदेका जनताले मोर्चालाई जनता हुनुको उदाहरण दिएको बताए। उनले भने – ‘विधानसभा चुनाउमा मोर्चाले भोट किन्ने चारै तिर कार्य गर्यो तर जापको जुन प्रकारको तोदेमा जीत भएको छ, यो तोदेको जनता पैसामा बिक्रि हुदैन जनताले दिएको सन्देश हो’। उनले तोदेको जनतालाई चुनाउको समयमा पैसा होइन विकास चाहिएको हो भन्दै घर जाने बाटो चाहिएको हो। यो जापको जीत क्षेत्रिय सभासद साथै बिमल गुरूङ समेतलाई खतराको घण्टी हो। कुलुङले यस क्षेत्रको जनता तथा युवाहरूको समस्या विषयमा सभासदले कुनै प्रकारको सरोकार नराख्ने भएको कारण जनता सचेत हुन पर्ने आव्हान गरे। 45 नम्बर समष्टीको 70 प्रतिशत जनता अलैंची खेतीमा निर्भर रहने भएतापनि अलैंचीको व्यवस्थापन, अलैंचीमा लाग्ने रोग आदि मुख्य विषयमा समेत कुनै चासो नराख्नु भनेको, सभासद कृषकहरूको हितमा नरहेको आरोप लगाए। जाप पार्टीले विधान सभा चुनाउमा हारको सामना गर्न परे पनि धेरैवटा सभासद क्षेत्र अनि 17 वटा कालेबुङ नगरपालिका क्षेत्र जितेकोमा खुशी व्यक्त गर्दै जनता हताश नभइदिने आव्हान गरे।
यता खण्ड महासचिव कमल खडकाले पनि जाप समर्थकहरू प्रति आभार व्यक्त गर्दै यसपल्टको विधानसभा चुनाउमा जनताको जीत भएको बताए। मोर्चाले चुनाउको समयमा मात्र गोर्खाल्याण्ड भन्ने गरेको आरोप लगाउँदै चुनाउ सकेपछि भने कुनै प्रकारको कार्य नगरेको आरोप लगाए। चुनाउको समयमा मोर्चाले धेरै पैसा बाँडेको भएपनि उक्त सबै राशी जनताको विकासको पैसा भएपनि विकासमा नलगाएर चुनाउमा खर्च गरेको बताउँदै जनता यस्ता कार्यमा सचेत हुन पर्ने बताए।
यता केन्द्रिय युवा अध्यक्ष नरेश कुमार राई आफ्नो सम्बोधन राख्दै मोर्चाले जनतालाई झुक्काएर विधानसभा चुनाउ जितेपनि देश र गोर्खाल्याण्डको मुद्दामा भने हारेको बताए। उनले भने – जापलाई मोर्चाले तृणमूलको बी टिम भन्छ तर जाप होइन मोर्चा बी टिम हो भन्ने कुरा सपथ ग्रहण कार्यक्रममा नबोलाई कलकता पुग्नु हो। गोर्खाल्याण्डको निम्ति भनेर पठाएको सांसदको अवस्था अहिले देशमा कुन अवस्थामा छ भन्ने कुरा जनताले खोज्न जरूरी छ। मोर्चाले जापलाई गोर्खाल्याण्ड विरोधी भन्छ तर जापले बनाएर बुझाएको गोर्खाल्याण्डको बील कहाँ पुग्यो अब मोर्चाले जवाब दिन पर्छ। सभामा तोदे बजार, केराम, पाला, गबीलाखा, ताङता, चिसाङ, सुरूक, गोदक, परेङ, गैरीगाँउ आदि क्षेत्रका मानिसहरूको व्यपक उपस्थिति रहेको थियो।
0 Response to "जापको समिक्षा सभा: तोदे क्षेत्रबाट मोर्चा हार्नु भनेको खतराको घण्टी बज्नु हो – जाप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.