-->
गोजमुमो चौकिप्रेमी हो भन्ने स्पष्ट भएको छ – डा. हर्कबहादुर छेत्री

गोजमुमो चौकिप्रेमी हो भन्ने स्पष्ट भएको छ – डा. हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 मई।'चौकीकै निम्ति भोट अघि गोजमुमोले गोर्खाल्याण्ड भन्यो। जब भोट सकियो, फर्केर बंगालकै सहयोग माग्दै हिँड़न थाल्यो। गोजमुमोले चौकीकै निम्ति जातिको स्वाभिमानलाई समेत बेचेको छ’ उक्त कुरा कालेबुङका पूर्व विधायक एवं जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्। 
गोजमुमोले जातिको स्वाभिमान बेचेको अरोप लगाउँदै उनले मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा मोर्चा अध्यक्ष गुरुङ निमन्त्रणा नपाइ जाने भएको पनि आरोप लगाएका छन्। ‘नवान्नबाट बोलाएन भनेर पत्रपत्रिकातिर भन्दै हिँड़्यो। अन्तमा नबोलाएकै ठाउँमा जाने निश्चय गर्यो। जसको कारण मोर्चा चौकीको निम्ति कहाँ सम्म झर्न सक्छ, सो स्पष्ट भएको छ।' डा.छेत्रीले भने। उनले गोजमुमोले गोर्खाजातिको भावनासंग खेलवाड़ गरेको सोझो आरोप लगाएका छन्। 'भोट अघि राज्यसरकारलाई गोर्खाल्याण्डको विरोधी भन्ने।जनतालाई उक्साउने र भोट लगत्तै भाका फेर्ने। यो कस्तो नीति हो', उनले आरोप लगाउँदै भने। 
उनले मोर्चा अध्यक्ष कोलकोता नगरपालिका चुनाउको डरको कारण गएको हो भनि अझ आरोप लगाएका छन्। ‘विधानसभा चुनाउमा गोर्खाल्याण्डको नाटक गर्ने मोर्चाले नगरपालिकामा गोर्खाल्याण्ड भन्न सक्दैन। उनीहरूसंग अब धम्की दिनुको विकल्प छैन। किनकि नगरवासी जापसंग छ। जसले परिवर्तनको लहरलाई समर्थन गरिसकेको छ। यसैले नै विधानसभा चुनाउ सकिनसाथ मोर्चाले भालेमुङ्गे रूप फेरेको छ। नगरपालिका चुनाउको डरले मोर्चाले राज्यसंगको मेरो सम्बन्धलाई ब्लक गर्ने कोशिश गरेको मात्र हो। यसले जनतालाई कुनै फाइदा हुँदैन। यहीबाट स्पष्ट हुन्छ, गोजमुमोले चौकीको निम्ति जे पनि गर्नसक्छन्। अब चौकी प्रेमीहरूको अनुहार जनता अघि उदाङ्गो भएको छ’ छेत्रीले अझ भने। 
उनले अघि भने, 'ग्रामीण क्षेत्रका मान्छे आज पनि अञ्जान होलान, डराउँदा हुन्, लालचमा फस्दा हुन्। तर नगरको मान्छेले गोजमुमोको नौटङ्की बुझिसकेको छ। मोर्चाको प्रशासनिक क्षमता जानिसकेको छ। ढाँटको राजनीतिलाई बुझ्ने नगरवासीले मोर्चालाई नकारेको स्पष्ट छ। यसैले हामी अब नगरवासीसंगै उभिएर काम गर्नेछौं। नगरको निम्ति पिउने पानी, गाउँको निम्ति पञ्चायत चुनाउ र कमानको निम्ति पर्चापट्टाको मुद्दा लिएर जापले संघर्ष शुरू गर्ने घोषणा उनले आजबाट गरेका छन्। 
यसक्रममा कलकत्ताबाट फर्किएपछि दलका अध्यक्ष कालेबुङ फर्किएपछि नयाँ कार्यक्रमको घोषणा गरिने पनि डा. छेत्रीले बताए। कलकत्ताबाट टेलिफोनिक जानकारी दिँदै जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने- ‘गोजमुमोसंग राजनीति गर्ने दूरदर्शिता नै छैन। आफ्नो तीनवटा सीटमा पनि धरातल फुस्किसकेको छ। उता 294 वटा सीटमा लड़्ने ममतालाई हराउछु भन्छ। जुन दलले 211 सीट जितेको छ। आफ्नो भविष्य अन्धकार देखेर नै हताश मोर्चाले यतिबेला स्वाभिमान भुलेर खुट्टा ढोक्नमा नै बेश सम्झिएको हो’ उनले भने। 
गाउँमा आज पनि मोर्चाले आम मान्छेलाई डर,सन्त्रास वा लालचमा राखेको अभियोग उक्त षड़यन्त्रको तार हामी काटिदिनेछौं। हाम्रो सपना भनेको नयाँ राजनैतिक संस्कारको हो। जसको निम्ति हामी जनतासंगै उभिएर जनताकै निम्ति काम गरेका हुनेछौं। पञ्चायत नभएकोले गाउँका मान्छेलाई अन्याय भइरहेको कुरा कलकत्तामा राखिसकेको जनाउँदै उनले थपे, पञ्चायतकै अभावको कारण आज घोटालाको सीमा नाघेको छ। सरकारी अधिकारी र गोजमुमो कार्यकर्ताको साँठगाँठमा यहाँ मनपरी भइरहेको छ। जनताको अधिकार खोस्ने र घाँटी निमोठ्ने काम हुँदैछ। जसको विरूद्धमा बिस्तारै आवाजहरू उठ्न थालेको छ। एफआइआरहरू हुन थालेको छ। तर यसतो काम त कालेबुङकै तीनवटै खण्डमा भइरहेको छ। अब प्रत्येक क्षेत्रका जनता यसरी नै खुलेर अघि आउनुपर्छ।

Related Posts

0 Response to "गोजमुमो चौकिप्रेमी हो भन्ने स्पष्ट भएको छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.