-->
राजनीतिमा नयाँ संस्कार थप्दै जापले गोर्खालिगको स्थापना दिवस मनायो   ...... हामी राजनीतिमा नयाँ संस्कार सुरू गर्न चाहन्छौँ – डा. हर्कबहादुर छेत्री

राजनीतिमा नयाँ संस्कार थप्दै जापले गोर्खालिगको स्थापना दिवस मनायो ...... हामी राजनीतिमा नयाँ संस्कार सुरू गर्न चाहन्छौँ – डा. हर्कबहादुर छेत्री

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ। 15 मई। जन आन्दोलन पार्टीले अखिल भारतीय गोर्खालिग पार्टीको स्थापना दिवस पालन गरेर राजनीतिमा नयाँ आयाम सुरु गरेको छ। आजसम्म विभिन्न राजनैतिक दलहरूले आ-आफ्नो स्थापना दिवस पालन गर्दै आइरहेको सबैले देखे पनि यसपल्ट जन आन्दोलन पार्टीले भने अन्य राजनैतिक दलको स्थापना दिवस पालन गरेर सबैलाई आश्चर्यचकित मात्र पारेको छैन तर नयाँ राजनैतिक इतिहास पनि लेखेको छ। 
आजसम्म कुनै पनि राजनैतिक पार्टीले अन्य राजनैतिक पार्टीको स्थापना दिवस पालन गरेको सायदै होला। सन् 1943 मा गोर्खाहरूको पहिलो राजनैतिक पार्टीको रूपमा जन्म भएको गोर्खालिग पार्टीको स्थापना दिवस पालन गर्दै जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले ‘हामी राजनीतिमा नयाँ संस्कार शुरू गर्न चाहन्छौं। जसको एउटा उदाहरण यो पनि हो’ भने। सन् 1943मा गोर्खाहरूको राजनैतिक दल गोर्खालिगको जन्म भएपछि सोहि दलले नै भारतीय गोर्खाहरूलाई राजनैतिक धरातल बनाइदिएको उनले बताए।
तिनले भने "भारतीय गोर्खाहरूमा राजनैतिक चेतना जगाउने गोर्खालिग पार्टी अहिलेघरी दार्जीलिङ पहाडमा केवल अस्तित्वमा मात्र रहेको छ। त्यहीँ भारतीय गोर्खाहरूमा राजनैतिक चेतना जगाउने अखिल भारतीय गोर्खालिग पार्टीको स्थापना दिवसलाई कालेबुङमा जन आन्दोलन पार्टीले भव्य रूपमा पालन गरेको हो"। 
'अघिकाहरूले गरेको राम्रो कामको मूल्याङ्कन गर्न सक्नुपर्छ। न कि गरेको कामलाई प्लेट लगाएर छोप्ने कार्य गर्नुपर्छ' डा. छेत्रीले भने। यसक्रममा उनले कार्यक्रमलाई सम्बोधन गर्दै डम्बरसिंह गुरूङ, रामकृष्ण शर्मा, पारसमणि प्रधानहरू हाम्रा विभूतिहरू हुन् भन्दै उनीहरूको स्मरण गर्नैपर्छ अनि आज जन आन्दोलन पार्टीले यहीँ सोंच बनाएको छ’ भने। 
‘राजनीति आफ्नो ठाउँमा छ। तथापि अघिल्ला राजनैतिक क्रियाकलाप र उपलब्धिहरू पनि युवाहरूलाई जनाउने कार्य गर्नेछौं। यो एउटा नयाँ संस्कार हो। जसले राजनीतिलाई अलग बनाउनेछ। नत्र अघिल्ला समयमा हाम्रा प्रत्येक नेता पढेका हुन्थे। कोही कानून पढेका आउँथे। कोही ब्यारिस्टरहरू हुन्थे। जब जनता पढन्ते भए। तबको अवस्था हामीले भनिरहँनु नपर्ला’ छेत्रीले भने। 
राजनीति नै समाज पुनर्गठनको निम्ति एक मात्र हतियार हो, भन्ने सारमा आयोजित कार्यक्रममा क्षेत्रवरिपरिका मानिसहरूको व्यापक सहभागिता थियो। युवाहरूलाई सकारात्मक राजनीतिमा केन्द्रित गरिनु नै कार्यक्रमको उद्देश्य रहेको आयोजक पक्षले बातायो। 
कार्यक्रम अवधि जाप ब्यूरो सदस्य तथा अधिवक्ता अमर लामाले दार्जीलिङको राजनैतिक ईतिहास नै सुनाए। डम्बरसिंह गुरूङबाट शुरू भएर,रामकृष्ण शर्मा हुँदै रूपनारायण सिंहसम्म उनी पुगे। यतिमात्रै होइन उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ईन्द्रबहादुर राईदेखि अगमसिंह गिरीसम्मलाई सम्झिए। 
'उहिले पढेका नेता हुन्थे। जनता नपढेकाहरू थिए। अहिले जनता सब पढेका छन्। तर समय उल्टियो। नेताको अवस्था भनिरहनु नपर्ला' अमर लामाले पनि व्यङ्ग्य कस्दै भने। 'डम्बरसिंह गुरूङलेनै आजको दिन गोर्खालीगको स्थापना गरेका हुन्। आजकै दिन न्याँयधीश रामकृष्ण शर्माको पनि जन्मजयन्ती रहेछ। डम्बरसिंह गुरूङको आफ्नै नाति भनेको जापका एक नेता युसुफ सिमिक रहेछन्। उनको पनि जन्मदिन आजै रहेछ। यो पनि एउटा संयोग नै हो।यसैले यो कार्यक्रमलाई निरन्तरता दिइयोस्।' लामाले भने। 
"डम्बरसिंह गुरूङलाई त गोर्खे पिताको संज्ञा दिन चाहन्छु म, उनले अघि भने, किनकि त्यो समय उनले जे जति गरिदिए, त्यही कारण नै आज हामी राजनीति गर्नसक्ने भएका छौं। उनले शुरू गरेको गोर्खालीगले गोर्खाहरूलाई राजनीति सिकाए। राजनेताहरू जन्माए। उनले नै शुरू गरेका गोर्खा पत्रिकाले नयाँ साहित्यकारहरू जन्माए। जातिय कवि अगमसिंह गिरीहरूलाई जन्माए। यसैले उनको योगदानलाई वयान गरेर साध्य हुन सक्दैन। युवाहरूले यसता कुराहरू जान्न जरूरी छ। भोट जसले जितोस्,त्यो अर्को कुरा हो। तर जापसंग जोड़िएका युवाहरू लोभलाग्दा छन्। हामी अब त्यही युवाहरूमाथि आशा राख्छौं" लामाले आफ्नो सम्बोधनमा बताए। 
कार्यक्रममा स्वागत सम्वोधन राख्दै सर्वोच्च नीति निर्धारण समितिका सदस्य युसुफ सिमिकले जाप मार्फत् युवाहरूमा नयाँ राजनैतिक संस्कार शुरू गर्नु नै आफूहरूको मुख्य उद्देश्य रहेको बताए। राजनीति गर्नेले दार्जीलिङको ईतिहास बुझ्न जरूरी छ, उनले भने, हामी अब यही प्रक्रिया शुरू गर्नेछौं। प्रत्येक आइतबार हामी युवाहरूलाई समेटेर चेतनामूलक कार्यक्रम गर्नेछौं। जसको शुरूवात गोर्खालीगको स्थापना दिवसबाट भएको छ। जुन गोर्खालीगले भारतभरिका गोर्खाहरूलाई राजनैतिक रूपमा सचेत गराएको छ। हामी आज उनीहरूलाई स्मरण गर्दैछौं। उनले कार्यक्रम मार्फत् दार्जीलिङको राजनैतिक मुद्दाहरूमाथि चर्चा गर्ने संस्कार शुरू गरिने दावी गरे। 
नवराज गुरूङले धन्यवाद ज्ञापन राखेको कार्यक्रमलाई युवा प्रकोष्ठ सचिव अमीर बस्नेतले सञ्चालन गरेका थिए। कार्यक्रमलाई महासचिव नयन प्रधानले पनि सम्वोधन गरेका थिए।

0 Response to "राजनीतिमा नयाँ संस्कार थप्दै जापले गोर्खालिगको स्थापना दिवस मनायो ...... हामी राजनीतिमा नयाँ संस्कार सुरू गर्न चाहन्छौँ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.