व्यवस्थापनको कमिले पानी नपाएको कृषक कल्याण सङ्गठनको आरोप
4 May 2016
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 4 मई। पिउने पानीको विकट समस्यालाई मध्यनजर राखेर कालेबुङ कृषक कल्याण सङ्गठनले भिलेज वाटर सेक्यूरिटी प्लान सुरु गरेको छ। उक्त प्रोजेक्ट अनुरुप सङ्गठनले पानीको स्रोतको संरक्षण र सम्बर्द्धन गर्ने निर्णय लिएको छ।
यसबारे कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले जानकारी दिँदै अहिलेसम्म 14वटा ग्राम पञ्चायतमा काम सुरु भएको बताएका छन्। सन्तुक-मिरिकदेखि शुरू गरिसकेको यस योजनालाई हालसम्म सङ्गठनले 14 वटा ग्राम पञ्चायतमा काम गरिरहेको अनि पछिबाट 113 वटै ग्राम पञ्चायतमा लागु गर्ने तय गरेको सङ्गठनका महसाचिव विष्णु छेत्रीले अझ जानकारी दिएका छन्।
‘हामी भारतबासी हौँ जहाँ 3 हजार मिलिलिटर पानी पर्छ। तर अहिले देश नै काकाकूल जस्तो बनिरहेको अवस्था छ। प्रशस्त पानी भएर पनि पानी नपाउनु ठूलो विडम्बना हो’-छेत्रीले भने। उनी अनुसार पहाडमा पानी प्रशस्त रहेको छ। तर व्वस्थापनको अभावको कारण मानिसहरूले ठिकसित पानी पाउन सकेका छैनन्। मुहानदेखि गाउँ अनि शहरसम्म पानी ल्याउने व्यवस्था भएपनि स्रोतहरूको संरक्षण र सम्बर्द्धन हुन नसकिरहेको कारण नै पानीको अभाव बढ्दो रहेको छेत्रीको भनाइ रहेको छ।
‘कृषकहरू जमीनसित जोडिएका कारण उनीहरूलाई आम मानिसहरूभन्दा धेर पानीको आवश्यक्ता पर्छ। पानी पिउनलाई मात्र होइन सिचाई र पशुधनसित पनि जोडिएको कारण पानीको समस्या ठूलो चुनौति हो’-छेत्रीले भने। पहाडमा पिउने पानीको अभावलाई केन्द्र गरेर स्रोतहरूको संरक्षणका निम्ति सङ्गठनले 2010 देखि नै काम गरिरहेको छेत्रीले बताए।
उनी अनुसार 2010 मा पनि सङ्गठनले एउटा अभियान नै चलाएर मुहानहरूको सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा आठसयवटा धारा चिन्हित गरिएको थियो जसमा 220 वटा धारा सुकिसकेको अवस्थामा पुगिसकेको भेट्टाइएको छेत्रीले बताए।
‘पहाडका धेरैवटा धारा अनि स्रोतहरू सुकिसकेको छ। अब स्रोतको संरक्षण गर्नुपर्ने कुरालाई पीएचइ विभागले पनि गम्भिरतासित लिएर काम गर्नुपर्छ। यदि भिलेज वाटर सेक्यूरिटी प्लान ठिकसँगले कार्यन्वयन गर्नसकिए आगामी 10 वर्षभित्र सुकिसकेका अनि सुक्नलागेका धाराहरूलाई फेरि पुरानै स्थितिमा ल्याउनसकिन्छ’-छेत्रीले भने।
0 Response to "व्यवस्थापनको कमिले पानी नपाएको कृषक कल्याण सङ्गठनको आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.