
जाप केन्द्रिय युवा एकाई गठन ..... 9 मईमा बिमल गरूङलाई लालकोठीमा ज्ञापन दिने
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 मई। जन आन्दोलन पार्टी केन्द्रिय युवा एकाइ गठन भएको छ। केन्द्रिय युवा एकाईको गठनबारे नवगठित युवा एकाईका सचिव अमिर बस्नेतले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। केन्द्रिय युवा एकाई गठनको साथै अब युवा एकाईले जनताको समस्यालाई लिएर कार्य गर्ने निर्णय लिएको छ।
नव गठित युवा एकाईका सचिव अमिर बस्नेतले पत्रकारहरूलाई सम्बोधन गर्दै अध्यक्ष नरेस कुमार राई, उपाध्यक्ष नविन लामा, सहसचिव विसाल सुब्बा, प्रवक्ता सन्दिप कुलुङ अनि विशाल राई, कोषाध्यक्ष नर्वट लेप्चा, अर्पण गुरूङ साथै छ जना कार्यकारी सदस्य आदि रहेका जानकारी दिए।
यसक्रममा उनले युवा एकाईको ब्युरो अध्यक्ष बिरू तामङ लगायत पाँच जना सदस्यलाई लिएर ब्युरो कमिटि पनि गठन गरिएको जानकारी गराए
पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नवगठित युवा एकाईका अध्यक्ष नरेस कुमार राईले अब उसो युवा एकाइले जनताको आधारभुत समस्यालाई लिएर पार्टीगत कार्य गर्ने बताए। हाल पहाडको जनता विभिन्न समस्याहरूमा पिरोलिएको बताउँदै सरकारी सहुलियतबाट समेत वञ्चित भइरहेको आरोप लगाए।
‘वर्तमान युवाहरू पहाडको राजनैतिक दलको क्रियकलापको कारण रोजगारबाट वञ्चित रहेका छन्। अब हामी पहाडको विकासको कुनै पनि कार्यमा प्रतिशत खान दिदैनौं। जनताको हित र रक्षाको निम्ति युवा एकाइले कुनै पनि हदसम्म जान परे पनि जान तयार छ तर अब जनता दबिन दिदैनौ’ नरेश कुमार राईले भने।
यता पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय प्रवक्ता विशाल राईले भावि कार्यक्रमको घोषणा गरेका छन्।
उनले भावि कार्यक्रमको घोषणा गर्दै आगमी 9 मईको दिन पञ्चायत चुनाउ हुनपर्ने माग गर्दै जीटिए प्रमुख बिमल गुरूङ, जीटिए मुख्य सचिव, पञ्चायत सचिव, सासंद, लगायत सम्बन्धित विभागमा ज्ञापन बुझाउने भएको बताए। केन्द्र सरकार राज्य सरकार अनि मोर्चा माझमा भएको जीटिए सम्झौतामा त्रीस्तरीय पञ्चात चुनाउको कुरा उल्लेख भएतापनि आजसम्म मोर्चा मौन बसेको कारण जनताको समस्यामा मोर्चा गम्भिर नरहेको स्पष्ट भएकै कारण जाप अघि आएको उनले अझ बताए।
यसरी नै 10 मईको दिन कालेबुङको सबै खण्ड समिति लगायत युवाहरूलाई लिएर सभा गरेपछि 12 मई देखि गाँउ पस अभियान शुरू गर्ने विशाल राईले थप बताए।
यता सामाजिक सञ्जालमा जाप कार्यकर्ताहरूलाई मोर्चा नेताहरूले धम्कि दिएरहेको घट्नाबारे आज कालेबुङ थानामा युवा एकाईले एउटा प्रथमिकी दर्ता पनि गरेको सन्दिप कुलुङले जानकारी दिएका छन्। उनले यो प्राथमिकी जाप कार्यकर्ता तथा जाप समर्थकहरूको सुरक्षाको निम्ति गरिएको बताए।
0 Response to "जाप केन्द्रिय युवा एकाई गठन ..... 9 मईमा बिमल गरूङलाई लालकोठीमा ज्ञापन दिने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.