-->
अलिपूरद्वारमा शान्तिपूर्ण चुनाउ सम्पन्न... एक चुनाउ अधिकारीको मृत्यु

अलिपूरद्वारमा शान्तिपूर्ण चुनाउ सम्पन्न... एक चुनाउ अधिकारीको मृत्यु

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 17 अप्रेल । 2016 को विधान सभा चुनाउमा आज पूर्व डुवर्सको पाँचवटा विधानसभा क्षेत्रमा शान्तिपूर्वक् मतदान भएको खबर छ ।
आज भएको चुनाउमा बिहानदेखी बेलुकि सम्म बुड़ापाकादेखी यूवा यूवतीहरु सबैले आफ्नो मतदान दिन लामो तात लाइनमा लागेको देखीयो । अलिपूरद्वारको 201 पोलिंग बुथको इभिएम मसिन खराब भएको कारण मसिनलाई बदलिगरेर चुनाव समपन्न भयो ।
यसैबीच कुमारग्राममा आज भोटको निम्ति खटिएका एक रिजर्व्ड् पोलिग अधिकारिको अस्वस्थताको कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ। चुनाउ आयोगको सुत्र अनुसार कोचबिहार निवासी जिल्ला परिषदका 55 वर्षिय कर्मचारी गोपाल चक्रवर्त्ती हुन ।
यता 10/21 मतदान केन्द्रमा यहाका 200 मतदाताहरुले पिउने पानिको समस्यालाई लिएर भोट वयकट गरेको खबर छ । कालचिनिमा 12 उम्मेद्वारले आज आफ्नो भाग्य परिक्षा गरे भने अलिपूरद्वारमा 8 जनाले गरे ।
आजको चुनावमा फालाकट्टामा 7 जना, कुमारग्राम विधानसभामा 7 जना अनि मदारीहाटमा 8 जना उम्मेद्वारले चुनावमा प्रतिद्वन्दिता गरिरहेका छन । कालचिनि अनि मदारीहाटमा भाजपालाई अधिक मतदान मिलेको मतदाताहरुले अनुमान गरेका छन। 
आजको यस चुनाउको निम्ति भोटाङ सरकारले पहिलो चोटि दुई दिन अघिदेखी नै जयगाउको अंतर्राष्ट्रिय गेट बन्द गरेर दुई सिमा क्षेत्रलाई अचल बनाएको थियो । यस क्षेत्रमा भने आज चुनाउ शान्ति पूर्णरुपमा सम्पन्न भयो । बेलुकि 5 बजेसम्म मतदान चलि रहदा 10 कुमारग्राम विधान सभा क्षेत्रमा 83.60%, मादारीहाट बिधान सभामा 79.81 %, कालचिनिमा 77.98%, अलिपूरद्वारमा 82.90%, फालाकटामा 86.06% प्रतिशत मतदान भयो। 
केही मतदान केन्द्रहरुमा अनियमितता रहेको आरोप प्राप्त भएपछि तुरंतै त्यहा हस्तक्षेप गरेर समस्या समाधान गरिएको जिल्ला चुनाउ आयोग अधिकारी स्रोतले बताएको छ। यता चुनाउ आयोगदेखी पत्रकारहरुलाई दिएको पासलाई बुथमा बस्ने पोलिङ कर्मचारीहरुले खासै मान्यता नदिएको खबर पनि प्रकासमा आएको छ ।

0 Response to "अलिपूरद्वारमा शान्तिपूर्ण चुनाउ सम्पन्न... एक चुनाउ अधिकारीको मृत्यु"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.