
हाम्रो मुद्दा र ईमान्दारितालाई जनताले साथ दिनेछन् – सरीता राई
कालिमन्युज, कालेबुङ, कालेबुङ 7 अप्रेल 2016। विधानसभा चुनावलाई लिएर अहिले प्रार्थीहरू चुनाव प्रचारमा विभिन्न मुद्दा बोकेर व्यस्त रहेका छन्। चुनाव प्रचारको क्रममा एकार्कालाई आरोप प्रत्यारोप लगाउने क्रम पनि उत्तिकै चलिरहेको छ। विभिन्न मुद्दा बोकेर चुनावी मैदानमा ओर्लिएका प्रार्थीहरूसँग स्थानीय च्यानल दैनन्दिनी समाचार अनि हाम्रो प्रजाशक्तिले कालेबुङका प्रार्थीहरूसँग सोझो सम्वाद गर्ने कार्य आरम्भ गरेको छ। सोझो सम्वादको यस कार्यक्रममा यसपल्ट गोजमुमो प्रार्थी सरीता राईसित दैनन्दिनी समाचार अनि हाम्रो प्रजाशक्तिका संवाददाता डी.के. वाइबाले गरेको विशेष कुराकानी -
प्र. चुनाव लडीरहनुभएको छ। के छ मुख्य एजेन्डा?
उ. हामी गोर्खाल्याण्डको मुद्दा लिएर चुनाउ लडीरहेका छौँ। गोर्खाल्याण्डको मुद्दालाई सडकदेखि संसद सम्म पुर्याउने काम गोजमुमोले गरिरहेको छ। यसकारण पनि हामी गोर्खाल्याण्डकै मुद्दामा चुनाउ लडीरहेका छौँ।
प्र. गोर्खाल्याण्ड त राज्यले दिँदैन भनेर गोजमुमो पार्टीकै नेताहरूले भनिरहेका छन्। तब कसरी यस मुद्दालाई उठान गर्नुहुनेछ?
उ. हो गोर्खाल्याण्ड राज्यले दिँदैन। यसबारे हामीलाई जानकारी छ। विधानसभामा स्थानीय समस्या र यसको समाधानको कुरा अनि विकासका कुराहरू गर्ने ठाउँ हो। तर सरकारले हामीलाई विकास कार्यमा पनि वाधा दिँदै दमन नीति अप्नाउने कार्य गर्छ। त्यसबेला हामी यसकारण गोर्खाल्याण्ड चाहेको हो भन्ने स्पष्ट अडान राखेर आवाज दह्रिलोसँग उठाउनेछौँ।
प्र. राज्यमा तृणमूलको सरकार गठन हुने प्राय: निश्चित छ। गोजमुमो तृणमूलसँग पटक्क मिल्दैन। तब यस्तो अवस्थामा चुनाउ जितेर जानुभए कसरी काम गर्नुहुनेछ?
उ. हामी काम गर्नेछौँ। काम गर्न सक्दिन भनेर अघिबाटै निराश बन्नु हुँदैन। हामी तालमिलाउनेछौँ अनि काम गर्छौँ। कसरी के गर्दा ठिक हुनेछ त्यो निर्क्योल गरेर हामी काम गर्छौँ। यसकारण आत्मविश्वास लिएर जानेछौँ।
प्र. गोर्खाल्याण्डको मुद्दा केवल चुनावी मुद्दा मात्र होइन?
उ. गोर्खाल्याण्डको मुद्दा चुनाउको समयमा उठ्नु अस्वाभाविक होइन। यो चुनावी मुद्दा मात्रै पटक्क होइन। हामी चुनाव अघि पनि गोर्खाल्याण्ड भन्दैथियौँ अनि चुनाउ पछि पनि यस मुद्दालाई उठाउनेछौँ।
प्र. गोर्खाल्याण्डको मुद्दा त राजनैतिक दलहरूको व्यापारको मुद्दा भयो भन्ने आरोप छ नि ...
उ. हामी यस मुद्दालाई व्यापारको मुद्दा बनाउँदैनौँ। यसलाई सडकदेखि संसदसम्म पुराउने काम गर्दैछौँ अनि गरिरहनेछौँ।
प्र. गोजमुमो पार्टीलाई गोर्खाल्याण्ड विरोधी माकपाले चुनाउमा सहयोग गर्ने भयो। गोर्खाल्याण्ड विरोधीसँग कसरी तालमेल मिलाउने कार्य हुँदैछ?
उ. राजनीतिमा विभिन्न रणनीति अप्नाउने कार्य हुन्छ। चुनाउमा तृणमूललाई सत्ताच्युत गर्ने राज्यभरी रणनीति बनिनेगर्छ। यो माकपाको रणनीति हुनसक्छ। हामीले उनीहरूसँग हात मिलाएर चुनाउ लड्ने घोषणा गरेका छैनौँ। तर हामी गोर्खाल्याण्डको मुद्दालाई माकपासँग मिल्यो भनेर त्याग्यो भनेर आरोप लगाउनु गलत हो।
प्र. कालेबुङमा तपाईँको सोझो टक्कर जाप प्रार्थी डा. हर्कबहादुर छेत्रीसँग हुँदैछ। कति दह्रो प्रतिद्वन्दिको रूपमा हेर्नुभएको छ?
उ. चुनाउमा डा. छेत्री मात्र होइन अन्य पनि छन् प्रतिद्वन्दि। हामी हाम्रो मुद्दा लिएर अघि बड्नेछौँ अनि हाम्रो मुद्दा हेरेर जनताले साथ दिनेछन भन्ने हाम्रो विश्वासछ। हामी कालेबुङका जनताको समस्यालाई सम्बोधन गर्छौँ। व्यक्तिगत स्वार्थ हामीसँग छैन। यसकारण जनताले सत्य छान्नेछन्।
प्र. चुनाउमा कालेबुङ जिल्लाको मुद्दा निकै प्रखर छ। यो चुनावी स्टन्ट त होइन?
उ. गोजमुमोले कालेबुङ जिल्लाको जहिले पनि समर्थन र स्वागत गर्छ। यो हाम्रो मुद्दा हो। डा. छेत्रीलाई कालेबुङ जिल्ला दिएको होइन तर कालेबुङका जनतालाई दिएको हो। तर अहिले यो चुनावी स्टन्ट जस्तो मात्र हुँदैछ। यदि भविष्यमा कालेबुङ जिल्लाको निम्ति विधानसभामा तर्क गर्नु परे गर्नेछौँ अनि कालेबुङका जनताको निम्ति जिल्ला बनाउनेछौँ।
प्र. गोजमुमो अध्यक्षले त कालेबुङ भोटाङको हो भन्दै कालेबुङ जिल्ला हुँदैन भने त ...
उ. कतिपय ऐतिहासिक तथ्यहरूलाई अघि सारेर उनले सत्य तथ्य भनेका हुन्। तर हामी कालेबुङ जिल्लाको पक्षधर हौँ।
प्र. विधानसभामा पुग्नुभयो भने कुन मुद्दाहरूलाई प्रमुखता दिनुहुनेछ ?
उ. स्वास्थ्य, शिक्षा, बेरोजगार, नारी शसक्तिकरणको मुद्दाहरूलाई प्रमुखता दिनेछु।
प्र. पहाडमा बेरोजगार, पानी, स्थायीकरणको मुद्दा आधि जटिल समस्या छ। यसबारे चुनाउ प्रचारमा कठिनाइ भएको छैन?
उ. हामीलाई चुनाउ प्रचारमा केहि समस्या छैन। यी सबै मुद्दालाई हामी सम्बोधन गर्नेछौँ। आज यस्ता समस्याहरूलाई देखाएर हामीलाई परास्त गर्ने षडयन्त्र मात्र हो। वास्तवमा यी समस्याहरू हाम्रो प्रमुख मुद्दा हो अनि यसलाई समाधान गर्ने काम गर्नेछौँ।
प्र. चुनाउ जित्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ?
उ. विश्वस्त छु। राम्रो मार्जिनले जित्नेछौँ। हामीलाई हाम्रो मुद्दा र ईमान्दारिता हेरेर जनताले साथ दिनेछन्।
0 Response to "हाम्रो मुद्दा र ईमान्दारितालाई जनताले साथ दिनेछन् – सरीता राई"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.