-->
कालचिनिमा त्रिकोणीय टक्कर

कालचिनिमा त्रिकोणीय टक्कर

Wilson Champramari
राजेश शर्मा, कालिमन्युज, जयगाउ, 3 अप्रेल। कालचिनि ब्लक् क्षेत्रमा 2016 को विधानसभा चुनाउको निम्ति मोठ 5 उम्मेद्वार भएता पनि 3 उम्मेद्वार माझ त्रिकोणीय टक्कर हुने भएको छ। राजनैतिक विशषज्ञहरुको मत अनुसार हुने ट्क्कर गोजमुमो द्वारा समर्थित् भारतीय जनता पार्टीका उम्मेद्वार बिशाल लामा अनि बंगालको सत्तारुड़ पार्टी त्रृणमूलकांग्रेसका उम्मेद्वार विधायक विलसन चमप्रमारी अनि कालचिनीका जिल्ला परिषद सदस्य अतुल सुब्बाको माझमा हुनेछ । 
Atul Subba
कालचिनि ब्लकको मझरबारी, सताली, राईमाटांग, दलसिंगपाडा, बिच बगान, मेचे बस्ति जयगाँउको वरिपरिका क्षेत्रमा जानकारी लिदाँ वर्तमान सरकारको उम्मेद्वार चम्प्रमारीलाई सबैले चिनेको बताए तर बिगत दिनमा कुनै पनि बिकासमुलक काम भने नभएको पनि जनाए तरैपनि तृणमूल कांग्रेसलाई नै यस पाली पनि आफ्नो बहुमूल्य मत दिने जानकारी दिए। उसरीने भाजपादेखी चुनाउमा उत्रिएका उम्मिद्वारबारे प्रश्न गर्दा विशाल लामालाई आज सम्म चिन्न नसकेको अनि उमेरमा पनि सानै केटा पो रहेको अनि राजनैतिक क्षेत्रमा पनि परिपक्क नभएको टिप्पणी गरे। 
यता लामाले विजय हासिल गरे राज्य सरकार समक्ष गएर यो क्षेत्रको निम्ति बिकासको योजना ल्यउन सक्नेछ भन्ने प्रश्नको उत्तरमा असमर्थ हुने बताए भने कतिले केन्द्रमा भाजपाको सरकार भएकोले गोजमुमो संग भाजपाको राम्रो सम्झौता भएकोले गर्दा राम्रो हुन सक्ने पनि बताए तर आफ्नो मत सोचेर मात्रै दिने मन्तव्य पोखे। 
Bishal Lama
तेस्रो उम्मेद्वार वर्तमान जिल्ला परिषदका सहकारी सभाधिपति तथा त्रृणमूल कांग्रेस त्यागेर स्वतंत्र उम्मेद्वारको रूपमा उठेका अतुल सुब्बालाई भने राजनैतिक क्षेत्रमा परिपक्क रहेको र धेरै अघि देखि चिनेको उनिहरुले बताए । तर तिनले एक असल पार्टीबाट टिकट पाएको भए विजय सम्भव हुने पनि बताए। स्वतंत्र रुपमा निर्दलिय उम्मेद्वारको रुपमा उठेर भोट जित्न गाहरो हुने बताए । कालचिनिबाट् समर्थनमा दुई चोटी विजय्री भैसकेका उम्मेद्वार विलसन चमप्रमारी हुन उनि अंतिम विधान सभा चुनावमा गोजमुमोबाट जितेका अनि त्यस भन्दा अघि आरएसपीबाट् विधायक भएका थिए। 
यस क्षेत्रमा गोजमुमो अनि आऱएसपीको मतदाता संख्या बड़ी रहेको कारण तिनको विजय निश्चित रहेको पनि कतिले बताए। यस चुनाउ अघि लोकसभा चुनाउमा भाजपाले राम्रो रुपमा मतदान पाएको थियो जसको अड़कलले यो चुनाउमा कति भोट भाजपाको झोलीमा खस्न संक्ला भन्ने चर्चाको विषय बनेको छ । 
अर्को तिर जिल्ला परिषदका सहकारी सभाधिपति स्वतंत्र उम्मेद्वारको रूपमा उठेका अतुल सुब्बालाई जनताले निर्दलिय उम्मेद्वारको रुपमा भए पनि धेरै रुचाएका छन।

Related Posts

0 Response to "कालचिनिमा त्रिकोणीय टक्कर "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.