-->
इएचसीसीको दुइ दिने वार्षिक सभाको समापन

इएचसीसीको दुइ दिने वार्षिक सभाको समापन

कालिमन्युज, कालेबुङ, 28 अप्रेल 2014: कालेबुङ्को वर्सिप सेंटरमा हिजोदेखि प्रारम्भ भएको इष्टर्न हिमालयन चर्च कांउसिलको दुइदिने वार्षिक सभाले 4 जना नँया पाष्टरहरु नियुकत गर्ने निर्णय लियो। कालेबुङ कर्क सेसनको निम्ति 3 जना र अन्य कुनै कर्क सेसनको निम्ति एकजनालाई अभिषेक गराउने निर्णय कमिटि अन क्रिश्चियन मिनिस्ट्रीको सिफारिस र अन्तर्वार्ता पछि लिइएको सभामा जनाइयो। 
प्रार्थीहरु सुदेन नाम्चु, जोलेन रोंगोग, एनो पान्लुक अनि निक छेत्रीको निम्ति कालेबुङ कर्क सेसनका मोडरेटर रेभ एच डी सुब्बाले प्रार्थना गरिदिए। यता यसै वर्ष 4 जना वयोवृद्ध पाष्टरहरुले अवकाश प्राप्त गर्ने पनि आजको समापन सभामा जनाइयो। 
वार्षिक सभामा लिएका महत्वपूर्ण निर्णयहरुमा पाष्टरहरुको वेतनमा वृद्धि, पूर्विय हिमाली युवा संगति र पूर्विय हिमाली स्त्री गिल्ड्को नियमावलीमा संसोधन आदि थिए। साहित्य अनि प्रकाशन समितिको पदाधिकारिहरुमा हेरेफेर गर्दै नयाँ सभापति रेभ सुदान छिरिङ लेप्चा अनि 20 वर्ष पुरा गरेको बिहानको तारा त्रय मासिक पत्रिकाका नयाँ प्रमुख सम्पादक एल्डर तरूण राईले सिलगडीको अनुग्रह महिमा गिर्जा कम्प्लेक्समा आफ्नो कार्यालय खोलेर यसै महिनादेखि बिहानको ताराको प्रकाशन सिलगडीबाट गर्ने जिम्मा लियो। यसको निम्ति कम्प्युटर इएचसीसीबाट अनि प्रिंटर रिलिफ कमिटिबाट प्रदान गरिने भयो।
यता इएचसीसीको सह कोषाध्यक्षको पदमा मणी कुमार प्रधानलाई अनि फाइनेंस कमिटिमा सभापति पदमा एल्डर पूरण राईलाई चुनियो। झोलुङ्मा असिना पानीले क्षति पुर्याएका चार परिवारलाई इष्टर्न हिमालयन रिलीफ कमिटिले रु पाँच हजारको दरले अनुदान दिने भयो भने हावा पानिको कारण क्षतिग्रस्त मेघालयको लाड रिम्बाइस्थित ग्रेस गिर्जा भवनको निर्माणार्थ इएचसीसीले एक मुष्ठ राशी अनुदान दिने पनि निर्णय लिइयो। 
उसै गरि सबै मण्ड्लीहरुमा स्त्री गिल्डले मनाउने गरेको पूर्विय हिमाली स्त्री गिल्ड् दिवस भव्य रूपमा पालन गरिने तथा मात्रृ दिवस तोकेको अन्य दिनमा बेग्लै प्रकारले मनाइने जनाइयो। 
सभाको प्रारम्भमा स्व रेभ डीएल पावल सिमिक, स्व प्रचिन बी बी मंग्राति, स्व ईश्वरी लाक्रा अनि अंतमा स्व एल्डर हरिश इशवरारीको मृत्युमा शोक प्रकट गरियो। आज समापन भएको इएच सी सी को यस दुइ दिंने वार्षीक सम्मेलनमा 16वटा कर्क सेसन 7वटा स्ट्याँडिग कमिटि र 4वटा गिल्ड संगति अनि सीइहरुको वार्षिक रिपोर्ट उपलब्धि उन्नति र भावी कार्यक्रमहरुबारे जानकारि गराइयो। 
अंतमा यसै वर्ष अवकाश ग्रहण गर्न लागेका पाष्टर बाबुहरुको दिर्घकालीन सेवकाइको निम्ति आभार प्रकट् गर्दै धन्यवाद ज्ञापन इएचसीसीका मोडरेटर रेभ उदयदान पावल तामाङ्ले गरे।

0 Response to "इएचसीसीको दुइ दिने वार्षिक सभाको समापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.