
सरिता राईको चुनाउ प्रचारमा विमल गुरुङ कालेबुङ आइपुगे ..... जापलाई हामी निश्चित पराजित गर्नेछौँ – विमल गुरुङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 अप्रेल। आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर गोजमुमो प्रार्थी सरिता राईको चुनाउ प्रचारमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ स्वयम कालेबुङ आइपुगेका छन्। यस चुनावमा कालेबुङबाट जापलाई 60 हजार भोटले पराजित गर्ने पुन: दावी गरेका छन्।
‘शाखा-प्रशाखा, समष्टि र महकुमा स्तरका कार्यकर्ताहरूले राम्रो प्रकारले काम गरिरहेका छन्। कालेबुङमा गोजमुमोको स्थिति मजबुत छ’- विमल गुरुङले भने। गोजमुमो उम्मेद्वार सरिता राईको प्रचारमा बिहिबार कालेबुङ आइपुगेका गुरुङले स्थानीय एक होटलमा पत्रकारहरूसित कुराकानी गर्दै भने,कालेबुङलाई लिएर विभिन्न प्रकारका कुराहरू सुनिँदैछ। तर व्यवहारिकता फरक छ। शहरदेखि गाउँ-बस्तीका मानिसहरूले पनि गोजमुमोको काम देखिसकेका छन् अनि गोजमुमोलाई बुझेका छन्। केवल दुईजना अवसरवादी मानिसहरूले लाटा-सोझा जनतालाई किनेर अथवा फकाएर राजनीति गर्दैछन्।
यस किसिमको व्यक्तिकेन्द्रित राजनीति गर्नु उचित नरहेको अनि यस किसिमको राजनीतिको दुर्गामी प्रभाव पहाडबासीलाई पर्ने गुरुङले बताए। जन आन्दोलन पार्टी अनि डा. हर्कबहादुर छेत्रीले कालेबुङ जिल्लाको मुद्दालाई लिएर चुनाउ प्रचार गरिहेकोमा पनि आपत्ति जनाउँदै उनले भने, जापलाई विजय गराएर कालेबुङ जिल्ला बनाउनुपर्छ भन्नेकिसिमको माहोल निर्माण गर्ने काम हुँदैछ। तर कतिपल्ट जिल्लाको नाम गरेर जनतालाई फकाउने? कालेबुङ जिल्ला भयो भनेर भन्ने डा. हर्कबहादुर छेत्री नै हुन्। जिल्लाकै नाममा नाचगान गर्ने काम भयो, पटेका पड्काउने काम भयो। फेरि त्यही जिल्ला पूर्णरूपमा गठन गर्नुपर्छ भनेर डा. छेत्रीले भोट माग्दैछन्।
जिल्लाको प्रसङ्गमा थप्दै गुरुङले अझ भने अनुसार मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङ जिल्ला डा. हर्कबहादुर छेत्रीको नाममा दिएको बताइसकेकी छन्। कनैपनि जिल्ला व्यक्तिगत् नाममा निर्माण हुनसक्दैन। यदि व्यक्तिको नाममा जिल्ला बनिन गइरहेको हो भने त्यो जिल्लाको अवस्था कस्तो हुन्छ सो अहिले नै अनुमान लगाउनसकिने गुरुङले बताए। गुरुङले भने, जसले जिल्लाको कुरा गरेर चुनाउ लड्दैछ उसको अवस्था 17 अप्रेलका दिन स्पष्ट हुन्छ।
डा. हर्कबहादुर छेत्रीलाई लेखनमा नै फर्किएको राम्रो हो। उनी लेखनमा थिए तर उनको राजनैतिक व्यवहार सबैले चिनिसकेको छ। डा. छेत्रीले जाति फुटाउने षड्यन्त्रकारी मानिसहरूलाई साथमा लिएर हिँडिरहेको पनि गुरुङले आरोप लगाएका छन्। गुरुङले अझ भने अनुसार डा. छेत्रीको नाम तृणमूल कङ्ग्रेसको उम्मेद्वार सूचिमा आइसकेको हो। यसपछि कालेबुङबासीमा डा. हर्कविरूद्ध निराशाको लहर देखिन थालेपछि उनले नाम मेटाउन लगाए।
पछिबाट मुख्यमन्त्रीले डा. छेत्रीलाई लिखित रूपमा तृणमूलको समर्थन माग्न लगाए। यदि कालेबुङबाट जापले जितेको खण्डमा तृणमूलमा नै जाने डा. छेत्रीले वचन मुख्यमन्त्रीलाई वचन दिइसकेको पनि गुरुङले आरोप लगाएका छन्। गुरुङले भने, जापले जुनप्रकारले काम गर्दैछ त्यो जनताले बुझिसकेका छन्।
हामीलाई पनि माकपाले दार्जीलिङको तीनवटा महकुमामा समर्थन गर्ने भनेको थियो, गुरुङले भने। हामीले माकपाको निर्णयलाई स्वागत जनाएनौँ। पहाडबासीले गोजमुमोलाई समर्थन गर्ने कुरामा आफू विश्वस्त रहेको भन्दै गुरुङले कालेबुङमा मोर्चाले 60 हजारभन्दा धेर भोटले जित्नेकुरा दोहोर्याएका छन्।
अर्कोतिर उनले गोजमुमो समर्थित सासंदले संसदमा गोर्खाल्याण्डको आवाज उठाइसकेको अनि भाजपासित अलग राज्यको निम्ति वार्तालापहरू भइरहेको बताए। सासंद अलहुवालियाले अन्य समुदायका भएर पनि गोर्खाल्याण्डको आवाज उठाएपनि डा. छेत्रीले आफ्नै भएर पनि गोर्खाल्याण्डको आवाज उठाउन नसकेको बताए।
यसक्रममा उनले गोजमुमो प्रार्थी सरिता राई योग्य उम्मेद्वार रहेको बताउँदै राई निष्कंलङ्कित अनि जातिप्रति समर्पित प्रार्थी रहेको बताए। राईको चुनाउ प्रचारका क्रममा गुरुङ आज 42 नम्बर समष्टि अन्तर्गत सिञ्जी प्रस्थान भएका छन् भने यसअघि स्थानीय एक होटलमा विभिन्न ठाउँका कार्यकर्ताहरूसित गुरुङले चरणबद्ध रूपमा बैठक गरेका थिए। चुनाउ प्रचारको क्रमा गुरुङ अझ 4देखि5दिन कालेबुङमै नै बस्ने भएको छ।
0 Response to "सरिता राईको चुनाउ प्रचारमा विमल गुरुङ कालेबुङ आइपुगे ..... जापलाई हामी निश्चित पराजित गर्नेछौँ – विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.