भाजपाद्वारा उत्तर बंगालमा नामांकन
राजेश शर्मा, कालिमन्युज, जयगाँउ 26 मार्च । आउँदो विधान सभा चुनाँउको निम्ति भाजपाका जोन बारलाले आज मालबजारमा नामांकन भरे । उसरी नै अलिपूरद्वारको पाँचवटा विधान सभा क्षेत्रमा भाजपा जिल्ला अध्यक्ष गंगा प्रशाद शर्माको अगुवाईमा चुनाउको नामांकन भरिने काम सम्पन्न भयो ।
आज भाजपाको टिकटमा नामांकन भर्नेहरुमा डुवर्स क्षेत्रको आदिवासी नेता जोन बारलाले मालबजारको महकुमा कार्यालयमा अनि आलिपूरद्वारमा कालचिनि विधान सभाको निम्ति विशाल लामा अनि मदारीहाट विधान सभा क्षेत्रदेखी मनोज टिग्गाले नामांकन भरे । यसरी नै कुमार ग्राम क्षेत्रदेखी लुइस कुजूरले, फालाकट्टा क्षेत्रदेखी नारायण चन्द्र मण्डल अनि अलिपूरव्दारदेखी कुसल चेटर्जीले पनि भाजपाको उम्मिद्वारको रुपमा नामांकन पत्र जम्मा गरे ।
यसरी कालचिनि विधान सभा क्षेत्रमा आज सम्म नामांकन जम्मा गर्नेहरु यस प्रकार छन; तृणमूल कांग्रेसको विलसन चंप्रमारी, झारखण्ड मुक्तीमोर्चाका अतुल सुब्बा, भाजपाका विशाल लामा अनि एसुसियूआईका सुकल मुण्डा ।
अलिपूरद्वार विधान सभा क्षेत्रमा मोठ 273 वटा पूलिंग बुथ रहेको छ जसमा मोठ मतदाता संख्या 234439, फालाकट्टा क्षेत्रमा 262 वटा मतदान केन्द्र अनि मोठ मतदाता 225396 रहेको छ भने कालचिनिमा मतदान केन्द्र 253 वटा अनि मोठ मतदाता संख्या 216385 छ । कुमारग्राम विधान सभा क्षेत्रमा 295वटा मतदान केन्द्र मा 241451 मोठ मतदाता, मदारीहाट मतदान केन्द्रमा 218 वटा मतदान केन्द्र अनि मतदाता 191088 रहेको छ। 8 चोटि विधान सभा चुनाउमा उठि सकेका तर कहिल्यै विजयी नबनेका मनोज टिग्गाको पक्षमा चुनाउ प्रचार गर्न प्रधान मंत्री नरेन्द्र मोदी आगामी 7 अप्रेलमा बिरपाड़ामा आउने भाजपा राज्य कमिटिको सुत्रले जनाएको छ ।

0 Response to "भाजपाद्वारा उत्तर बंगालमा नामांकन"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.