-->
क्रापाकपा प्रार्थी किशोर प्रधानले नामाङ्कन पत्र दर्ता गरे .... गोजमुमोलाई चुनाव लड्ने नैतिक अधिकार छैन – आर.बी. राई

क्रापाकपा प्रार्थी किशोर प्रधानले नामाङ्कन पत्र दर्ता गरे .... गोजमुमोलाई चुनाव लड्ने नैतिक अधिकार छैन – आर.बी. राई

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 28 मार्च। ‘गोर्खा जनमुक्ति मोर्चालाई गोर्खाल्याण्डको नाउँ गरेर चुनाव लड्ने कुनै नैतिक अधिकार छैन’ – उक्त कुरा क्रामाकपा अध्यक्ष आर.बी. राईले भनेका हुन्। उनी आज कालेबुङ विधानसभा क्षेत्रबाट चुनावमा लडीरहेका प्रार्थी किशोर प्रधानको नामाङ्कन पत्र दर्ता गर्ने क्रममा विशेष रूपले सहभागी बन्न आएका थिए। 
यसक्रममा क्रामाकपा प्रार्थी किशोर प्रधानको समर्थनमा पार्टी कार्यालयबाट एउटा जुलुस निकालेको थियो। उक्त जुलुसमा अध्यक्ष आर.बी राई, उपाध्यक्ष जे.बी राई, महासचिव तारामणी राई आदिको विशेष उपस्थिति रहेको थियो। कालेबुङ नगरपालिका नजिक अवस्थित पार्टी कार्यालयबाट सुरू भएको उक्त जुलुस थाना डाँडा, मेनरोड हुँदै दसमाइल फाटक भएर शहर परिक्रमा गरेपछि महकुमा अधिकारीको कार्यलयमा पुगे पछि प्रार्थी किशोर प्रधानले कालेबुङ विधानसभा क्षेत्रबाट आफ्नो नामाङ्कन पत्र दर्ता गरे। 
यस क्रममा पार्टी कार्यकर्ताहरूले किशोर प्रधान जिन्दावाद र क्रामाकपा जिन्दावादको नाराबाजी लगाएको थियो। चुनावी जुलुसको साथमा महकुमा अधिकारीको कार्यलयमा पुगेका प्रार्थी किशोर प्रधानले आफ्नो नामाङ्कन पत्र दर्ता गरिसकेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपा पार्टी मात्र गोर्खाल्याण्ड मुद्दाप्रति ईमान्दार पार्टी रहेको दाबी गरे। 
‘क्रामाकपाले आफ्नो गठनकालदेखि गोर्खाल्याण्डको संघर्ष गर्दै आइरहेको छ। हामी अन्य टालटुले व्यवस्थामा सम्झौता गर्दैनौँ। यदि यस चुनावमा हाम्रो जित भए त्यो जनताको जित हुनेछ अनि हार भए सम्पूर्ण जनताको र गोर्खाल्याण्ड मुद्दाको हार हुनेछ’ – किशोर प्रधानले भने। उनले आजसम्म अन्य राजनैतिक दलहरूले गोर्खाल्याण्डको नाउँमा बारम्बार जनतालाई ठग्दै आइरहेको आरोप लगाउँदै क्रामाकपाले जनतालाई कहिल्यै धोका नदिने बताए। यसपालिको चुनावमा गोर्खाल्याण्डको मुद्दा पहिलो मुद्दा रहेको बताउँदै क्रामाकपाले पञ्चायत चुनाव, पर्चा-पट्टा, बेरोजगार समस्या लगायत अन्य समस्याहरूलाई पनि दह्रोसँग उठान गर्ने बताएका छन्। हाल जनतालाई विभिन्न प्रलोभनहरू देखाएर लोभ्याउने कार्यहरूबाट जनता सचेत र सजग बनेर ईमान्दार नेता र राजनैतिक दललाई चुन्नु आवश्यक रहेको बताएका छन्।
यता क्रामाकपा कालेबुङ विधानसभा क्षेत्रका प्रार्थी किशोर प्रधानको समर्थनमा आएका अध्यक्ष आर.बी राईले गोजमुमो अनि जाप दुवै ईमान्दार नरहेको बताएका छन्। उनले गोजमुमोलाई तारो बनाउँदै भने –‘गोर्खाल्याण्डको निम्ति भोट माग्ने गोजमुमोले अहिलेसम्म केहि गरेको छैन। विजयी बनाएर पठाएका नेताहरूलाई पनि केहि काम गर्न दिँदैन। आज फेरि उनीहरूलाई नै चुनेर पठाए भोलि विधानसभा छोडेर आइज भन्नुबेर छैन। यस्तो दललाई चुनाव लड्ने नैतिक अधिकार छैन’। 
क्रामाकपाले विगत दिनमा गोजमुमो पार्टीलाई गोरामुमो तानाशाही शाषणको विरूद्धमा सहयोग गरेको बताउँदै पछिबाट उनीहरूले जनतालाई धोका दिने कार्य गरेको आरोप लगाए। यस्तो अवस्थामा क्रामाकपाले गोर्खाल्याण्डको आवाजलाई विधानसभा अनि बङ्गालको बुद्धिजीवि समाजमा चर्चामा ल्याउन पनि चुनावमा सहभागिता जनाएको स्पष्ट पारेका छन्। 
अर्कोतर्फ उनले जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीको पनि आलोचना गर्दै कालेबुङ जिल्लालाई अहिलेघरी राजनैतिक मुद्दा बनाउने कार्य गरिरहेको आरोप लगाए। ‘जिल्ला गठनको प्रक्रिया प्रशासनिक प्रक्रिया हो। यसलाई चुनावमा राजनैतिक मुद्दा बनाउनु ठिक होइन’ आर.बी राईले भने।

Related Posts

0 Response to "क्रापाकपा प्रार्थी किशोर प्रधानले नामाङ्कन पत्र दर्ता गरे .... गोजमुमोलाई चुनाव लड्ने नैतिक अधिकार छैन – आर.बी. राई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.