
दिल्लीमा गोर्खाल्याण्डको मागमा गोरानिमोको धरना
राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 16 मार्च 2016। पहाडका बिभिन्न राजनैतिक पार्टीहरु विधान सभा चुनाउमा अलमलिइरहेको समय देशको राजधानी नयाँ दिल्लीमा भने गोरखाल्याण्डको आन्दोलनको नारा गुंजाउन व्यस्त थियो पहाडको दल गोर्खा राज्य निर्माण मोर्चा ।
आज नव राज्य निर्माण महासंघको तत्वधानमा नयाँ दिल्लीमा आयोजित एक दिने धरनामा गोर्खाल्याण्ड् राज्य निर्माण मोर्चाको पार्टी अध्यक्ष दावा पाखरीनको अगुवाइमा उनका समर्थकहरु अनि नव निर्माण राज्य महासंघको अध्यक्ष आर के तोमार लगायत विदर्भ राज्य माग समितिका कार्यकर्ताहरुको उपस्थिति थियो । दिल्ली, गुड़गांव अनि हरियानाको गोर्खाहरुले पनि यस धरनामा अंश ग्रहण गरे। यस अवसरमा गोर्खाल्याण्ड निर्माण राज्य मोर्चाको अध्यक्ष पाख्रिनले भने कि पहाड़मा अहिले गोर्खाल्याण्ड मांग गर्ने पार्टी केवल गोरानिमो मात्रै हो । पहाड़ तराई एवं डुवर्सलाई लिएर अलग राज्य गोर्खाल्याण्ड राज्यको निम्ति गठन भएको गोरानिमोले अब बृहत आन्दोलन गर्नेछ जसमा सबैले समर्थन दिनपर्छ ।
पार्टीको नाम नलिकन तिनले भने कि पहाडमा राजनैतिक दलले आन्दोलनको नाममा गोर्खाल्याण्डलाई केवल मागी खाने भाडो मात्र बनाइ रहेको छ तर गोरानिमोको लक्ष्य केवल गोर्खाल्याण्ड् मात्र हो । गोर्खा राष्ट्रीय मुक्ति मोर्चामा 1986 देखी अलग राज्यको निम्ति आफु खटिआएको बताउदै आज सम्म पनि अलग राज्य गोर्खाल्याण्डको निम्ति खटि रहेको छु भन्दै तिनले भने कि 2014को चुनावी सभामा सिलगड़ी आउदाँ गोर्खाको सपना मेरो सपना भन्ने सरकारले अब त्यो कुरा र आवाज पुरा गर्नु पर्नेछ् । अहिले पहाडमा सबै राजनैतिक पार्टी चुनाउको दौडमा दौड़ी रहेको छ भने तिनको पार्टी मात्र गोर्खाको सपना अनि जन्म सिध्द अधिकारलाई पुर्णगराउनको निम्ति समर्थकहरुलाई लिएर राजधानी दिल्लीमा धर्ना गरिरहेको छ । सांसदहरुको समर्थन जुटाउनको निम्ति संसदिय अधिवेशन चलिरहेको समय गोर्खाल्याण्डको आवाज दिल्लीमा उठाएको तिनले प्रष्ट् पारे । तिनले भने आउदो अप्रेलमा बंगालमा चुनाउ भइरहेको समय पनि दिल्लीमा नव निर्माण राज्य महा संघको नेत्रृत्वमा धरना हुनेछ।
संगम राईले आफ्नो भाषणमा बताए कि गोर्खाल्याण्ड्को निम्ति बंगाल सरकारसंग होइन अब केन्द्र सरकार समक्ष मांग राख्नु पर्छ। गोर्खाल्याण्डको साटो गोर्खाल्याण्ड क्षेत्रीय प्रसासन जस्तो प्रावधान दिएर गोर्खाहरुको जन्म सिद्ध अधिकारलाई हनन गर्ने प्रयास भएको छ् तथा बंगालमा वाभिन्न राजनैतिक पार्टीले गोर्खाहरुको एकतालाई टुक्राउने प्रयास गरिरहेको छ । नव राज्य निर्माण महासंघले गोर्खाल्याण्ड र विधर्ब राज्य गठन गर्ने मागमा जुन कदम उठाएको छ यसले गोरानिमो एक्लै छैन भन्ने बुझाउछ ।
यस अवसरमा बिसाल लामाले आफ्नो भाषणमा भने कि भाजपाले पहाड़मा चुनाउ जितेर आफ्नो सांसद बनाउने मात्र सोच बनाएर् हुदैन तर गोर्खाल्याण्डको निम्ति पनि सोचनू पर्छ ।
यस अवसरमा नव निर्माण राज्य महासंघको अध्यक्ष आर के तोमारले भने कि गोर्खाल्याण्ड राज्यको माग भारत स्वाधीन हुन भन्दा अघिदेखी शुरु भएको हो, अनि गोर्खाको योगदान र भुमिका देशको निम्ति ठूलो छ । तिनले भने सांसदहरुको समर्थन जुटाउनको निम्ति पूर्ण सहायता र समर्थन सबैको हुनु पर्छ । आजको यस धर्नामा एस के लामा, समिर विश्वकर्मा लगायत रिता थापा आदिको उपस्थिति थियो ।
0 Response to "दिल्लीमा गोर्खाल्याण्डको मागमा गोरानिमोको धरना "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.